सीधे मुख्य सामग्री पर जाएं

संदेश

जून, 2017 की पोस्ट दिखाई जा रही हैं

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

कतारले १३ बुँदे माग पुरा नगरे सँधैका लागि सम्बन्ध तोड्ने छिमेकी देशको चेतावनी

कतारले १३ बुँदे माग पुरा नगरे सँधैका लागि सम्बन्ध तोड्ने छिमेकी देशको चेतावनी लहान खबैर/असार १० – कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छिमेकी देशहरुले आफुहरुले राखेका १३ बुँदे माग पुरा नभए कतारसँग सँधैका लागि सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । सम्बन्ध सुधारका लागि शुक्रबार १३ बुँदे माग राखेका देशहरुले कतारले आफ्ना मागलाई गम्भिर रुपमा नलिएर उनीहरुकै शब्दमा ‘डिभोर्स’ गर्ने चेतावनी दिएका हुन् । युएईका परराष्ट्रमन्त्री अनवार गरगाशले कतारले आफुहरुले राखेका माग सम्बोधनमालागि चासो नदेखाए डिर्भोसका लागि तयार हुनु पर्ने बताउनुभएको अरब न्युजले उल्लेख गरेको छ । युएई, साउदी, बहराइन र इजिप्टले शुक्रबार कतारसँग १३ बुदे माग राखेका छन् । उनीहरुले कतारको टेलिभिजन च्यानल अल जजीरा बन्द गर्नुपर्ने, इरान र टर्कीसँगको सम्बन्धलाई घटाउनु पर्ने लगायतका माग राखेका हुन् । यस्तै उनीहरुले आफ्ना माग पुरा नभएसम्म कतारमाथि लगाएको प्रतिबन्ध पनि नफुकाउने बताएका छन् ।  छिमेकी देशहरुको पछिल्लो माग बारे कतारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कतारसँग युएई, साउदी, बहराइन लगायतका नौ देशले कतारले आतंकवादलाई...

ब्युटिसियनलाई अपहरण पश्चात सामुहिक वलात्कार गर्ने चारजना आरोपी १२औ दिनमा पक्राउ

ब्युटिसियनलाई अपहरण पश्चात सामुहिक वलात्कार गर्ने चारजना आरोपी १२औ दिनमा पक्राउ लहान खबैर/अषाढ ९ गते,महोत्तरी ।  महोत्तरीमा गत १२ दिन पहिले भएको सामुहिक बलात्कार घटनाका चारजना आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ । जिल्लाको औरही गाँउपालिकामा भएको सो सामुहिक बलात्कार घटनाको दोषीहरुलाई पक्राउ गरि हदैसम्मको सजाय दिन विगत १२ दिन देखि सौन्दर्य कला व्यवसायी संघ धनुषा तथा विभिन्न जिल्लाहरुले र्याली निकाली प्रहरीमाथी जनदवाव दिइएको तथा धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा समेत दवाव स्वरुप ज्ञापनपत्र बुझाएको थियो ।  यता महोत्तरीका प्रहरी उपरिक्षक राज कुमार लम्सालले विहिवार पत्रकार सम्मेलन गर्दै औरही गाँउपालिका २ का २२ वर्षिय सुनिल साह,२० वर्षिय अनिकेत यादव,२१ वर्षिय रमेश पंजियार र सोहि ठाउ वस्ने २० वर्षिय सुरेश यादवलाई सार्वजनिक गरेका छन । आरोपीहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरिक्षक लम्सालले २८ गते घटना भएकोमा २९ गते नै मुद्दा दर्ता गरि पिडितले पहिचान गरेको आरोपी सुनिल साहसंग अनुसन्धान गरि थप तिन जना आरोपीलाई विहिवार विहान समातेको बताए । उ...

भारतीय राजनीतिमा नयाँ तरङ्ग !

भारतीय राजनीतिमा नयाँ तरङ्ग ! सामान्य चर्चामा रहेका योगी आदित्यनाथलाई अचानक उत्तर प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकै शैलीमा भारतीय जनता पार्टी समर्थित एनडीए गठबन्धनले विहारका राज्यपाल रामनाथ कोविन्दलाई भारतको भावी राष्ट्रपतिको उमेदवार बनाएको छ । यो समाचारसँगै फेरि एक पटक भारतीय राजनीतिमा नयाँ तरङ्ग आएको देखिँदै छ । कोविन्द भाजपाभित्रका दलित चेहरा हुन् ।  उपेक्षित र दलित समुदायका रामनाथलाई हिन्दूवादी र दलितविरोधी पुरातनपन्थी भनेर आरोप लगाइने गरेको भाजपाले यसरी राष्ट्रपति पदको उमेदवार बनाउला भनेर कमैले विश्वास गरेका थिए । वास्तवमा राष्ट्रपतिका लागि सम्भावित उमेदवारहरूको ‘टप फाइभ लिस्ट’ मा रामनाथको नाम चर्चामै थिएन । सञ्चारमाध्यममा समेत रामनाथका बारेमा खासै चर्चा भैरहेको थिएन । तर सोमबार अचानक बीजेपी अध्यक्ष अमित शाहले भावी राष्ट्रपतिका रूपमा एनडीए (राष्ट्रिय जनतान्त्रिक गठबन्धन) का तर्फबाट रामनाथको नाम प्रस्तुत गरे र सबैलाई आश्चर्यमा पारे । रामनाथको उमेदवारीले आफूलाई निकै प्रगतिशील देखाउन चाहने कांग्रेस, वामपन्थी र समाजवादी पार्टीहरूको गठबन्धन युपीए (संयुक्त प्रगतिश...

प्रहरीसँगको झडपमा घाइते भएका राजपा कार्यकर्ताको मृत्यु, शहीद घोषणा गर्न माग

प्रहरीसँगको झडपमा घाइते भएका राजपा कार्यकर्ताको मृत्यु, शहीद घोषणा गर्न माग लहान खबैर/ उम्मेदवारी मनोनयनलाई अवरोध पुर्याउने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका राष्ट्रिय जनता पार्टी नेपालका एक कार्यकर्ताको आज उपचारका क्रममा मृत्यु भएको छ।  सुनसरीमा प्रहरीसँगको झडपमा घाइते भएका सुनसरी डुमराहाका ३८ वर्षीय दुखीलाल मेहताको उपचारका क्रममा आज मृत्यु भएको हो। घाइते भएका साहको धरानस्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकोमा आज मृत्यु भएको राजपाले जनाएको छ। राजपाले सरकारी दमनको विरोध गर्दै मेहतालाई शहीद घोषणा गर्न माग गरेको छ।

मधेशमा धरपकड रोक्न मानव अधिकारवादीहरुको आग्रह

मधेशमा धरपकड रोक्न मानव अधिकारवादीहरुको आग्रह लहान खबैर, विराटनगर ।  दोस्रो चरणको स्थानीय निकायको विरोधमा प्रदर्शन गरिरहेका मधेशीहरुमाथि धरपकड भएकोप्रति मानव अधिकारवादीहरुको ध्यानाकर्षण भएको छ । पूर्वी मधेशको मोरङ र सुनसरीमा निर्वाचनको विरोध गर्नेहरुलाई गैरन्यायीक रुपमा पक्राउ परिएको भन्दै मावन अधिकारवादीहरुले तत्काल रिहा गर्न माग गरेका छन् । तराई मानव अधिकार रक्षक सञ्जालले एक विज्ञप्ती जारी गर्दै मोरंगको बिराटनगरमा रास्ट्रिय जनता पार्टी(राजपा)का कार्यकर्ताहरुले शान्तिपूर्ण ढंगले तालावन्दी गर्नगएको बेला बिराटनगर प्रहरीले दुव्र्यवहार गर्दै हिरासतमा लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विराटनगरबाट पक्राउ परेका मो.कादिर, राधे कामत, रामानन्द साह, जगदिश अधिकारि, चन्द्र प्र. राजबंशी, सुरेश सिंह, राजिव केसी, लक्ष्मी रमण झा, मुन्नी कर्ण, बिपी मण्डल, विजय दास, दोना देवी मण्डल, निलम देवी यादव र श्रदानंद दासलाई थुनामा कुनै किसिमको अमानवीय ब्यबहार गर्न थर्ड एलायन्सले आग्रह गरेको छ । थर्ड एलायन्सका क्षेत्रीय संयोजक रन्धीर चौधरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘ हामी...

कतारमा अार्थिक नाकाबन्दी : नयाँ कामदार 'पर्ख र हेर' को अवस्थामा

कतारमा अार्थिक नाकाबन्दी : नयाँ कामदार 'पर्ख र हेर' को अवस्थामा लहान खबैर/ असार ३, २०७४: कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर ‘होल्ड’ मा राखेको छ। ‘जुन कम्पनीलाई कामदार पठाउँदै थियौं उसले रमजानपछि मात्रै काम अगाडि बढाउने भनेपछि हामीले श्रमस्वीकृति लिने कार्य होल्डमा राखेका छौं,’ प्रोडुन्सियलका सञ्चालक नारायण पराजुलीले भने, ‘रमजान महिना चलिरहेकोले काम सुस्त छ भन्ने सूचना मात्रै दिइएको छ।’ रमजान भनिएपनि कतारमा लागेको नाकाबन्दीका कारण धेरै कम्पनी 'पर्ख र हेर'को अवस्थामा छन्। जुन ५ देखि साउदी अरबको नेतृत्वमा युएई, बहराइनसहित ९ देशले कतारसँग कूटनीतिक सम्बन्धबिच्छेद गरेको छ। साउदी, युएई र बहराइनले जल, हवाइ र स्थल यातायातसमेत रोकेर कतारलाई नाकाबन्दी गरेको छ।  नाकाबन्दीपछि कतारमा कामदार पठाउँदै आएका दर्जनौ म्यानपावरको काम केही सुस्ताएको छ। रोजगारदाता कम्पनी विकसित घटनाक्रम हेरेर मा...

आइतबार पनि मधेश–थरुहट बन्दको घोषणा

आइतबार पनि मधेश–थरुहट बन्दको घोषणा लहान खबैर/ ।  राष्ट्रिय जनता पार्टी नेतृत्वको संघीय गठबन्धनले यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई यथाबत राख्दै आइतबार पनि आमहड्तालको घोषणा गरेको छ । थप कार्यक्रम अनुसार शनिबार साँझ पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म मसाल जुलुस प्रदर्शन गरिनेछ । निर्वाचनमा मनोनयनको दिन अर्थात आइतबार झापादेखि कञ्चनपुरसम्म  आमहड्तालको घोषणा गरेको छ । शुक्रबार बसेको राजपाको बैठकले माग सम्बोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान यथाबत राखेको छ । संघीय गठबन्धन र सरकारबीचको सम्झौता विपरीत सरकारले एकतर्फी रुपमा निर्वाचनको घोषणा गरेको भन्दै आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि घोषित कार्यक्रम अनुसार असार पाँच गते जिल्ला सदरमुकामहरुमा लाठी जुलुस, ६ देखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रमलाई अवरोध गर्ने, ८ गते मोटसाइकल रैली, ९ गते मसाल जुलुस र १० गतेदेखि अनिश्चितकालिन बन्दको आह्वान गरिएकै छ । यसबीचमा थप कार्यक्रमहरु सार्वजनिक गरिनेछ भने दुई नम्बर प्रदेशको कार्यक्रममा केही हेरफेर हुने राजपाका नेताहरुले  बताएका छन्

आक्रमक हुँदै आन्दोलन, थप कार्यक्रम घोषणा हुने

आक्रमक हुँदै आन्दोलन, थप कार्यक्रम घोषणा हुने  लहान खबैर/।  मधेशमा जारी आन्दोलन शुक्रबार आक्रमक बनेको छ । सरकारले आन्दोलनरत पक्षको सहमति विना दुई नम्बर प्रदेश निर्वाचन स्थगित गरेको र माग पुरा गर्ने विषयमा ध्यान नदिएको भन्दै आन्दोलन आक्रमक बनेको हो । विहीबार सरकारले आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका बाबजुद दुई नम्बरको निर्वाचन मात्र स्थगित गरेको छ । सरकारले मधेशको माग सम्बोधनका विषयमा कुनै चासो नदिएको भन्दै आन्दोलन थप शसक्त बन्ने राजपाका नेता राजेन्द्र महतोले बताए । यता शुक्रबार विहानदेखि राजपका नेताहरु छलफलमा जुटेका छन् । महन्थ ठाकुरको निवास सानोठिमी भक्तपुर राजपाका नेताहरुबीच छलफल भएको छ । शुक्रबार नै थप आन्दोलनका कार्यक्रम घोषणा हुने राजपाका नेताहरुले बताएका छन् । पाँच नम्बर प्रदेशको निर्वाचन स्थगित नगरी मधेशीहरुबीच विवाद ल्याउन खोजेको भन्दै आन्दोलनकारीहरु आक्रमक हुँदै विभिन्न स्थानमा तोडफोड गरेका छन् । राजपाका नेता हृदयेश त्रिपाठी शुक्रबार आन्दोलनलाई शसक्त बनाउन पश्चिमतिर लागेका छन् । राजपाका सचिव उपेन्द्र महतोका अनुसार बन्द, चौथों दिन Up...

राजपाका मोरङ संयोजकसहित १४ नेता पक्राउ

राजपाका मोरङ संयोजकसहित १४ नेता पक्राउ लहान खबैर/  २ असार– आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका एक दर्जन बढी नेता कार्यर्ता विराटनगरबाट पक्राउ परेका छन् । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा तालाबन्दी गर्न गएका राजपाका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । नाराबाजीसहित निर्वाचन कार्यालय पुगेका राजपा कार्यकर्ताले मुख्य प्रवेसद्वारमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले राजपाका मोरङ संयोजक मोहम्मद कादिरसहित १४ जना स्थानीय नेता, कार्यकर्तालाई पक्राउ गरेको हो ।

राजपाको दिशाहीनताले मधेश घेराबन्दीमा पर्दै : उपेन्द्र यादव

राजपाको दिशाहीनताले मधेश घेराबन्दीमा पर्दै : उपेन्द्र यादव लहान खबैर /२असार । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा असोज २ गते गर्ने सरकारको निर्णयप्रति तीव्र असन्तुष्टि जाहेर गरेका छन् । मधेशलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मिलेर षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको यादवले आरोप लगाएका छन् ।  गृहनगर विराटनगर आफ्नै निवासमा बिहिबार संचारकर्मीसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने,– ‘कांग्रेस र माओवादीले पहिलेदेखि नै चाहन्थे कि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा होस् । अन्य सबै ठाउँमा निर्वाचन सम्पन्न भइसकेपछि दुई नं. लाई घेराबन्दी गर्न सजिलो हुने योजनाले उनीहरुले यस्तो गरेका हुन् ।’  आठ जिल्लामा तेस्रो चरणमा निर्वाचन गर्ने सरकारी निर्णयले सिङ्गो मधेशको अस्तित्व माथि ठाडो प्रहार भएको यादवले टिप्पणी गरेका छन् । ‘मेचीदेखि महाकालीसम्म बीस जिल्लाको तराई मधेशलाई आठ जिल्ला सीमित पार्ने षड्यन्त्र भएको छ । आठ जिल्लाको भूभाग मात्रै मधेश ह...

तिलाठीवासीको निर्णयः संविधान संशोधन विना मतदान वहिष्कार (भिडियो हेर्नुहोस्)

तिलाठीवासीको निर्णयः संविधान संशोधन विना मतदान वहिष्कार (भिडियो हेर्नुहोस्) राजविराज, २ असार । सप्तरीको साबिक तिलाठी गाविसका वासिन्दाहरुले संविधान संशोधन गरेर मधेशी जनताको माग सम्वोधन नगरेसम्म आफुहरु कुनै पनि चुनावमा सहभागी नहुने निर्णय गरेका छन् । तिलाठी स्थित ग्राम स्थानमा विहीवार सम्पन्न सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टीसमेतका राजनीतिक दल, वुद्धिजिवीसमेतको सहभागिता रहेको उक्त बैठकले राष्ट्रिय जनता पार्टी नेपालले राखेको माग आम मधेशी जनताको माग भएको भन्दै माग पुरा नभएसम्म आफुहरु कुनै पनि निर्वाचनमा नजानेमा सहमत भएका छन् । वर्तमान अवस्थामा चुनावको माहौल समेत नरहेको तथा संविधान संशोधन मधेशी जनताकालागि आवश्यक रहेकोले आफुहरु यथास्थितिमा चुनाव वहिष्कारको निर्णयमा पुगेको तिलाठी गाउँ विकास समितिका पूर्व अध्यक्ष दिनेश्वर मिश्रले बताए । ‘म नेपाली कांग्रेसको पुरानो कार्यकर्ता हुँ, पार्टीले मधेशको मुद्दा सम्वोधन गर्नमा ठोस पहल गर्नेमा आशावादी छु’ उनले भने ‘पहिला म मधेशी हुँ, त्यसपछि अरु केही ।’ सर्वपक्षी...

प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सरकारको निर्णय एमाले आक्रोशित राजपा चुनाबमा नजाने

प्रदेश नम्बर २ मा असोज २ गते चुनाव गर्ने सरकारको निर्णय एमाले आक्रोशित राजपा चुनाबमा नजाने लहान खबैर /  असार, २ सरकारले निर्वाचन आयोगको असहमतिका बीच प्रदेश नम्बर २ को चुनाव सार्दै आगामी असोज २ गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश नम्बर २ को चुनाव राखेर असोज २ मा गर्ने निर्णय गरेको हो । यससँगै स्थानीय चुनाव तीन चरणमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ मा बैशाख ३१ गते चुनाव भएर भरतपुर महानगरपालिका बाहेकको परीणाम आइसकेको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते हुनेछ । प्रदेश नम्बर २ मा भने असोज २ गते हुनेछ । यसअघि सरकारले राष्ट्रिय जनता पार्टीसँग प्रदेश नम्बर २ को चुनाव सार्ने सहमति जनाएको थियो । तर, यो निर्णयमा निर्वाचन आयोगको असहमति कायमै छ । तीन पटक सर्‍यो चुनाव, राजपा आउने ग्यारेन्टी छैन सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई चुनाव सहभागी गराउन भन्दै पटकपटक चुनाव सारेको छ ।  प्रदेश नम्बर २ मा असोज २ गते मात्र चुनाव, तीन वटा प्रदेशमा असार १४ मै हुने प्रचण्ड नेतृत्वको सरकारले सुरुमा बैशाख ३१ गते देशभर चुनाव गर्ने निर्णय भएक...

घरदैलोमा जाँदा मतदाताबाट पनि धेरै सुझाव सल्लाह पाउँदै गरेको छु यादवले भने, ‘अवसर पाए नगरवासीको मन जित्ने गरी विकासका योजनाहरु अघि बढछु ।’

राजविराज । ‘नगरपालिका मेनरोडको अवस्था मासु नभएको नगर जस्तो छ, जताततै फोहोर हाड जस्तै छ । भित्री र सुँगुरको हुल देखिन्छ, सडकहरुको अवस्था त झन डरलाग्दो, अनि गल्लीहरुमा बढ्दो अतिक्रमण छ । यी सवै समस्याका कारण हो लामो समयदेखि स्थानीय निकायमा जनप्रतिनिधि नहुनु । उल्लेखित भनाई हो नेकपा एमालेका तर्फबाट राजविराज नगरपालिकाको मेयर पदका उम्मेदवार बनेका सुखराम यादवको ।जप्रतिनिधि नभएका बेला जिम्मेबारी पाएकाले पनि प्रभावकारी ढंगले कम गर्न नसक्दा ऐतिहासिक नगरी राजविराजको सुन्दरता र विकासमा बाधा पुगेको उनको भनाई छ। उनले यीनै समस्याहरुको समाधानका लागि आफु उम्मेदवार बनेको स्पष्ट पारेका छन् ।सम्पादक  कुरा गर्दै उनले नगरका मुख्य जीर्णा सडकहरु स्तरोन्नती, स्वच् छ खानेपानी, ढल, विजुली, सञ्चार लगायतका न्यूनतम पूर्वाधारको आवश्यकतालाई विगतका नेतृत्वले प्राथमिकता नदिँदा ऐतिहासिक नगरी सौन्दर्यता र विकासको मामिलामा पछाडी परेको दोहो¥याएका छन् ।उनले आफ्नो प्राथमिकतामा यीनै विकास निमार्णलाई पहिलो स्थानमा राखेको चर्चा गर्दै ज्येष्ठ नागरिक, अनाथ र सडक वालवालिका, प्रौढ तथा निरक्षरहरुका लागि पनि आफुले विशेष योजन...

११ जिल्लामा चुनाव कार्तिकमा हुने सकेत सरकार र राजपाबिच वार्ता जारी

११जिल्ला मा  चुनाव कार्तिकमा हुने सकेत सरकार र राजपाबिच वार्ता जारी  लहान खबैर/ जेठ ३१– स्थानीय तहको दोस्रो चरणको चुनावलाई लिएर सरकार र राजपाबीच अहिले वार्ता आज पनि शुरु भएको छ । हिजो मात्र प्रमुख राजनीतिक दल र राजपाबीच वार्ता भएको थियो । तर, त्यहाँ कुनै सहमति नभएपछि आज फेरि वार्ता भएको हो । अव सडक र तनावको तहमा आएपछि फेरि एक पटक वार्ता शुरु भएका छन् । वैठक सभामुखको कार्यकक्षमा वार्ता चलिरहेको छ ।  आफ्ना माग सम्बोधन नगरी सरकारले चुनावी तयारी अगाडि बढाएको भन्दै राजपाले आमहड्तालसम्मका कार्यक्रम गरेपछि सरकार अफ्ठारोमा परेको छ । यहीँ कारण हिजोको वैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश नम्वर २ र ५ मा चुनाव सार्ने प्रस्ताव गरेका छन् । तर, विपक्षी एमालेले यसलाई अस्वीकार गरेको छ । यस्तो अबस्थामा आज हुने भनिएको वैठकमा पनि सहमति जुटने सम्भावना कम छ ।  यति हुँदाहुँदै पनि चुनावमा सवै पक्षलाई सहभागी गराउन सत्तारुढ दलहरु चुनाव सार्ने विषयमा उदार देखिएका छन् । यसका लागि केही प्राविधिक कुरा मात्र मिलाउन वाँकी छ । त्यो भनेको राजपाले अव सार्ने मितिमा चुनाव...

नेपालका राष्ट्रिय झन्डा बोकेर आन्दोलनमा ओर्लिए मधेशी

नेपालका राष्ट्रिय झन्डा बोकेर आन्दोलनमा ओर्लिए मधेशी सरोज राय,लहान खबैर / जेठ ३० ,,अहिलेको आन्दोलन राजपा को मात्र होइन, संशोधन विना चुनाव हुनु हुँदैन मत राख्ने सम्पूर्ण मधेशी जनताको हो । विगतमा भएको हरेक मधेश जनान्दोलनमा मधेश मुद्धाको लागि संघर्षरत दलहरुले जसरी नेतृत्व गरेका थिए त्यसरी नै यसपालीको आन्दोलनको नेतृत्व राजपाले अवश्य लिएका छन् तर आन्दोलनमा मात्र राजपाको कार्यकर्ता होइन, आफ्नो अधिकार खोजिरेहेका आम जनता पनि सडकमा आएका छन् । यदि कसैले भन्छ कि यो आन्दोलन पारीबाट आएकाले गर्दै छन् भने त्यो मधेशको लागि दुर्भाग्य हो । आजसम्म मधेशमा भएका हरेक आन्दोलनको अपमान हो, बलिदानी दिएका हरेक शहिदको अपमान हो, मधेशी जनताको अपमान हो । बाहिरको ले यहि व्याख्या गर्छ कि मधेशको हरेक आन्दोलन पारीबाट आउनेहरुले गरेका रहेछ । नेपालका राष्ट्रिय झन्डा बोकेर आन्दोलनमा ओर्लिएका यी जनता पारीको होइन, नेपाली हुन् । राष्ट्रिय झन्डा बोक्नु जति प्रशंशीय हुन्, आन्दोलनलाई पनि त्यतिकै मर्यादित बनाउनु पर्छ । आन्दोलनमा कुनै किसिमको तोडफोड हुनु भएन र साथै कुनै पनि नेपालीले शहादत दिनु नपरोस खालको वातावरण कायम राख...

राजपाको बन्दले मध्य तराईको जनजीवन प्रभावित

राजपाको बन्दले मध्य तराईको जनजीवन प्रभावित लहान खबैर/ जेठ ३० । राष्ट्रिय जनता पार्टी नेपाल सहितको सङ्घीय गठबन्धनले आव्हान गरेको तराई–मधेस–थरुहट बन्दले यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बन्द कर्ताहरुले विहानैदेखि यस क्षेत्रका उद्योग कलकारखाना, बजार तथा शिक्षण संस्था बन्द गराएका छन् ।  बन्दका कारण जनकपुरसहित मध्य तराईको जनजिवन ठप्प भएको हो । यस क्षेत्रको बजार, पसल, व्यापारिक केन्द्र, शैक्षिक संस्थाहरु बन्द छन भने जनकपुरवाट चल्ने लामो तथा छोटो दूरीका सवारी साधन समेत चल्न सकेका छैनन् । बन्दकर्ताहरुले विहानै देखि नगरमा लाठी सहित मोटरसाइकल जुलुस प्रदर्शन गर्दै बजार बन्द गराएका छन् । बन्दकर्ताले मालवाहक ट्रक, ट्रिपर सहित करीव एक दर्जन सवारी साधनमा तोडफोड गरेका छन् ।  सरकारले संविधान संशोधन, मुद्दा फिर्ता, स्थानीय तहको सङ्ख्या थप लयायतका माग पूरा नगरेको भन्दै राजपाले दोस्रो चरणको स्थानीय तह बिथोल्ने गरि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि तराईको जनजीवन प्रभावित बनेको हो । 

महोत्तरीमा युवतीलाई सामुहिक बालात्कार गर्ने दोषीहरुलाई फाँसीको माग गर्दै महिलाहरु सडकमा

महोत्तरीमा युवतीलाई सामुहिक बालात्कार गर्ने दोषीहरुलाई फाँसीको माग गर्दै महिलाहरु सडकमा आरएन महतो- महोत्तरी, जेठ ३०गते । महोत्तरीको औरही गाउँपालिका—२ फूलबरीयामा अइतबार साँझ एक २०—२१ बर्षीय युवतीलाई सामुहिक बालात्कार गरेका दोषीहरुलाई पक्राउ गरेर फाँसी दिनु पर्नेे माग गर्दै टायर बालेर महिलाहरुले प्रर्दशन गरेका छन् । सडक बन्द गरेर गरिएको प्रदर्शनले बर्दिबास—औरही—जलेश्वर सडक खण्ड अवरुद्ध छ । प्रचण्ड घामसंगैको उखरमाउलो गर्मिमा गाउँ गाउँबाट प्रदर्शन गर्न आएका महिलाहरु छाता ओढेर प्रदर्शन गरेका थिए । सडकमा सवारी साधन र काठका मुढा तेस्रयाएर सडक अवरुद्ध पारिएको छ । औरही बजारमा ब्युटीपालर संचालन गरी साइकलमा घर फर्किने क्रममा आइतबार साँझ औरहीकै स्थानीय युवतीलाई शुनसान सडकको बीचबाटै युवाहरुको समुहले नजिकैको खेतमा लगेर सामुहिक बालात्कार गरेका थिए । बालात्कारपछि युवती बेहोस भएका थिए । आफुलाई युवाहरुले सामुहिक बालात्कार गरेको पीडितले प्रहरीमा व्यान दिएका छन् । ल्याब रिपोट आउन बाँकी छ । घटनाको विरोधमा सोमबार पीडित युवती गाउँका सयौं महिलाहरुले प्रदर्शन गर्दै बालात्कार गर्ने पीडकलाई सरका...

राजपाको मशाल जुलुसमा नेपाल प्रहरी को हस्तक्षेप

राजपाको मशाल जुलुसमा नेपाल प्रहरी को हस्तक्षेप लहान खबैर/ जेठ २९, २०७४ विराटनगर: राष्ट्रिय जनता पार्टीले विराटनगरमा निकालेको मसाल जुलुसमा प्रहरीले सोमबार साँझ हस्तक्षेप गरेको छ ।  विराटनगरको बुधहाट चौकमा आईपुगेपछि प्रहरीले जुलुसमा हस्तक्षेप गरेको राजपा नेता मोहम्मद कादिरले बताउनु भयो । उहाँका अनुसार पार्टीले घोषणा गरेको आमहड्ताल सफल पार्नका लागि भन्दै राजपाले विराटनगरमा जुलुस प्रदर्शन गरिएको थियो । प्रहरीले हस्तक्षेप गर्दै मसाल खोसेको हो । मसाल खोसेर प्रहरीले जुलुसमा सहभागी राजपा नेता कार्यकर्तालाई तितरवितर पारेको थियो । त्यस लगत्तै राजपाले विराटनगरमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा जुलुसका सहभागीले प्रहरी हस्तक्षेप बन्द गर्नु पर्ने माग गरेका छन् । उनीहरुले पार्टीले घोषणा गरेको आमहड्ताल सफल पार्नका लागि आब्हान समेत गरे । राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा सोमबार मशाल जुलुश प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै मंगलबारको बन्द आह्वान गरेको राजपा नेपालले बन्दको पूर्व सन्ध्यामा मशाल जुलुस प्रदर्शन गरेको...

प्रवासी मिथिला समाज कल्याण (दोहा कतार) द्वारा आर्थिक सहयोग र जनकपुरको अभियानि द्वारा विहेमा दाईको कर्तब्य निर्वाह:

प्रवासी मिथिला समाज कल्याण (दोहा कतार) द्वारा आर्थिक सहयोग र जनकपुरको अभियानि द्वारा विहेमा दाईको कर्तब्य निर्वाह: सरोज राय, लहान खबैर/ जेठ २९ गते --करिव सात-आठ दिन पहिला कतारबाट रविन्द्र उदासी माली मार्फत गोलबजार-५ हवेली टोल निवासी डोमा मोची चमारको अति दयनीय स्थिति वारे जानकारी पाए। सात-सात वोटा छोरी त्यसमा पनि माइलि छोरीको विहे हुन् लागेको तर विहेमा खर्च गर्न डोमा संग फुटी पैसा नरहेको जानकारी पाए। कतारमा मजदुरीको काम गरिरहेका रविन्द्र उदासीले जसरी भएपनि यस परिवारलाई सहयोग गर्नु पर्छ भनेर प्रस्ताव राखे। त्यति मात्र होइन दुई दिन भित्र यस परिवारको लागि २५०००/- सहयोग पनि मेरो जिम्मामा पठायो। यता म स्वंम काठमाडौँमा तराई मधेश राष्ट्रिय परिषद्को अभियानमा व्यस्त भएको हुनाले विहे भन्दा दुई दिन पहिले नै लुगा कपडा किन्न रु. १५०००/- नगद मनी ट्रान्सफर मार्फत डोमालाई पठाए । डोमा त्यहि दिन चाहिने जति लुगा कपडा खरिद गरे र राती मलाई फोनबाट बिहेमा आउन निम्तो पनि दियो । यो मेरो लागि राम्रो मौका थियो। हाम्रो नेपाली समाजमा छुवा-छुतको निकै प्रभाव रहेको छ । यसलाई समाप्त गर्न हामी #TMNC बाट उपयुक...

कतारलाई सबै सहयोग गर्न इरान तयार, दक्षिणी बन्दरगाह प्रयोग गर्न दिने

कतारलाई सबै सहयोग गर्न इरान तयार, दक्षिणी बन्दरगाह प्रयोग गर्न दिने काठमाडौं, २६ जेठ — इरानले कतारलाई आयातनिर्यातका लागि आफ्नो दक्षिणी बन्दरगाहहरू प्रयोग गर्न दिने भएको छ । कतारका अरब छिमेकीहरूले उसलाई एक्ल्याएपछि इरानले उसलाई यो सहयोग गरेको हो । कतारका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल–थानीले यसको घोषणा गरेका हुन् । इरानले दोहालाई आफ्ना तीनवटा बन्दगरगाह प्रयोग गर्न दिने भएको छ । यसबाट कतारले आफूलाई चाहिने सबै मालमत्ता आयात गर्न सक्नेछ । साउदी अरब, इजिप्ट, युएई र बहराइनले आफूमाथि लगाएको प्रतिबन्ध सामूहिक सजाय भएको भन्दै शेख मोहम्मदले चिन्ता व्यक्त गरे । ‘हामीहरू सफल र प्रगतिशील भएकाले एक्ल्याइयौं । हामी शान्तिको वाहक हौं, आतंकवादको होइन,’ उनले पत्रकारहरूलाई बताए । कतारले लगभग सबै सामान आयात गर्छ तर शेख मोहम्मदका अनुसार नाकाबन्दी लगाउने मुलुकहरूबाट १६ प्रतिशत सामान मात्र कतार भित्रिने गरेको छ । इरानको एक मालवाहक विमानले कतारमा खानेकुरा आपूर्तिका लागि बिहीवार उडान भरेको त्यहाँका सञ्चारमाध्यमले बताएका छन् । एजेन्सी

कतारको सङ्कट कहाँ पुग्यो ? (शुक्रवारसम्मको पछिल्लो अपडेट)

कतारको सङ्कट कहाँ पुग्यो ? (शुक्रवारसम्मको पछिल्लो अपडेट) लहान खबैर/ कतारलाई छिमेकी देशहरूले लगाएको नाकाबन्दीको आज पाँचौ दिन पुरा भएको छ । यसपछि के हुने भन्ने आशंका सबैमा छ । नेपालीहरूलाई कसरी असर गर्छ वा गर्दैन भन्ने खाले पनि धेरै कुराहरू भइरहेका छन् । अहिले भर्खरैसम्म के के भइरहेका छन् त त्यहाँ ? समस्या समाधानको लागि के के पहलहरू भइरहेका छन् ? हामीले यहाँ सङ्ग्रह गरेका छौ  । यूएईको मन्त्रीले छिमेकीसँग वार्ता गर्नुको साटो इरान र टर्कीसँग सहयोग खोजेको भनेर कतारको आलोचना गरेका छन् । यसो गर्नु दुखद् हुनसक्ने चेतावनी पनि दिएका छन् साउदी अरेबियाले त ५९ मान्छे र १२ आतङ्कवादी सङ्गठनलाई कतारले  सहयोग गरेको भनेर बिज्ञप्तीनै निकालेको छ कतारले आफ्ना नागरिकहरूलाई सामाजिक सञ्जालहरूमा कतारलाई गाली गर्नेगरी आएका सबै सन्देशहरूमा कुनै उत्तेजक प्रतिक्रिया नदिन भनेको छ । उसले भनेको छ ‘हामी यस्तो कुरा पचाउन सक्छौ किनकि हामीलाई यथार्थ के हो थाहा छ’ संयुक्त राष्ट्रसंघले समस्या समाधानको लागि पहल  गर्न तयार रहेको बताएको छ यूएईले खाडी मुलुकमा नयाँ सङ्कटको उदय हुने सम्भावना हुन...

सर्लाही – सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन्

सर्लाही – सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् लहान खबैर/ सर्लाही – सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् । बालक अपहरण गरेर भारत पुर्याउने तीन जनालाई पक्राउ गरी ९ दिन पछि ७ वर्षीय बालकलाई भारतको घोडासान स्थित रेल्वे स्टेशनबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए। जेठ १५ गते रौतहट गढिमाई नगरपालिका–१ घर भइ हाल बरहथवा–६ मा बासोबास गर्दै आएका गोरु व्यापारी रामपुकार यादवका ७ वर्षीय छोरा राकेश कुमार यादवलाई बरहथवा स्थित घर अगाडिबाट खेलिरहेका अवस्थामा अपहरण गर्ने दुई जान छिमेकी सहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुर्मीले बताए । बलाक अपहरण आरोपमा रौतहट, गढिमाई नगरपालिका–१ का २२ वर्षीय अशोक यादव, १८ वर्षीय विक्की यादव र रौतहट देवाहीगुना गाउँपालिका–३ का ३३ वर्षीय मोहन शाह कानुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरेका गढीमाई–१ का यादव द्वय अपहरित बालकको छिमेकी हुन । बालक अपहरणमा प्रयोग भएको बिआर ०५ एफ ७३८१ नम्बरको भार...