सीधे मुख्य सामग्री पर जाएं

राजपाको मशाल जुलुसमा नेपाल प्रहरी को हस्तक्षेप

राजपाको मशाल जुलुसमा नेपाल प्रहरी को हस्तक्षेप




लहान खबैर/ जेठ २९, २०७४ विराटनगर: राष्ट्रिय जनता पार्टीले विराटनगरमा निकालेको मसाल जुलुसमा प्रहरीले सोमबार साँझ हस्तक्षेप गरेको छ । 
विराटनगरको बुधहाट चौकमा आईपुगेपछि प्रहरीले जुलुसमा हस्तक्षेप गरेको राजपा नेता मोहम्मद कादिरले बताउनु भयो । उहाँका अनुसार पार्टीले घोषणा गरेको आमहड्ताल सफल पार्नका लागि भन्दै राजपाले विराटनगरमा जुलुस प्रदर्शन गरिएको थियो । प्रहरीले हस्तक्षेप गर्दै मसाल खोसेको हो ।


मसाल खोसेर प्रहरीले जुलुसमा सहभागी राजपा नेता कार्यकर्तालाई तितरवितर पारेको थियो । त्यस लगत्तै राजपाले विराटनगरमा प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा जुलुसका सहभागीले प्रहरी हस्तक्षेप बन्द गर्नु पर्ने माग गरेका छन् । उनीहरुले पार्टीले घोषणा गरेको आमहड्ताल सफल पार्नका लागि आब्हान समेत गरे ।

राष्ट्रिय जनता पार्टी नेपालले राजविराजमा सोमबार मशाल जुलुश प्रदर्शन गरेको छ । संविधान संशोधन नगरी स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै मंगलबारको बन्द आह्वान गरेको राजपा नेपालले बन्दको पूर्व सन्ध्यामा मशाल जुलुस प्रदर्शन गरेको हो । सरकार र तीन ठूला दलविरुद्ध चर्को नाराबाजी गर्दै स्थानीय महादेव मन्दिरको प्राङ्गणबाट निक्लिएको जुलुृश नगरपरिक्रमा पश्चात सहिद दशन चोकमा कोणसभामा परिणत भएको थियो ।
सरकारले संविधान संशोधनलगायतको माग सम्बोधन नगरेपछि निर्वाचनमा जाने वातावरण नबनेकोले आन्दोलनमा उत्रिनु परेको राजपा नेपाल, सप्तरीका संयोजक सुनिलकुमार झाले बताउनु भयो । सभाका वक्ताहरुले असार १४ गते सरकारले गर्न लागेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुन नदिने चेतावनी दिदै जर्वजस्ती चुनाव गर्न खोजे कडा प्रतिकार गर्ने बताए । राजपा नेपालले निर्वाचन विथोल्ने चेतावनी दिदै बन्दसहितको आन्दोलन थालेपछि स्थानीयबासी अन्यौलमा परेका छन् ।।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...