सीधे मुख्य सामग्री पर जाएं

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा



जिबछ उदाशी
लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ । 
आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै प्रचार प्रसारमा मतदाताहरुलाई आफूतिर तान्न एउटै मञ्चवाट हामी तिनै जना मध्येवाट कोहि उम्मेदवार भएपनि एमालेलाई जिताउन लहान नगरपालिकाको उत्तरी भेग विकट गाँउ भसुवा बरदमारदेखि प्रचार प्रसार सुरु गरि दक्षिणको सोनमति मझौरा लहान –१९ र लहान नगरपालिका भदैया –१८ र लहान ढोडना –१५ मा चुनावी सभा गरि सकेको छ । 
नेपाली काँग्रेस लहान नगरपालिकाको मेयररको लागि दावेदार उम्मेदवारहरु क्रमशः अच्चमित लाल चौधरी ,महेश चौधरी , राम सुन्दर चौधरी र सुनिल महतो नेपाली काँग्रेसको पक्षमा जनमत सृजना गर्न लहान नगरपालिकाको २४ वटै वाडामा मोटर सायकल रयाली गरि सकेको छ । संचारकर्मी समेत रहेको फिरोज सिद्धिकी भन्नुहुन्छ –लहान नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेविच कडा प्रतिस्पर्धा हुने देखिएको छ । एमालेले लहान नगरपालिकाको पूर्व मेयर समेत रहि सक्नु भएको मुनि साहलाई उम्मेदवार बनाउने निश्चित जस्तै रहेकोले काँग्रेसले कसलाई उम्मेदवार बनउाउने हो प्रतिस्पर्धा त्यसमा भर पर्ने अवस्था रहेको छ । 
यता संघिय समाजवादी फोरमले एमाले परित्याग गरि संघिय समाजवादी फोरम प्रवेश गरेको यूवा नेता सत्य नारायण यादव , सदभावना पार्टीको सह महासचिव समेत भैसकेको राज कुमार गुप्ता संघिय समाजवादी प्रवेश गरेपछि मेयरको पदमा उम्मेदवारी दिने चर्चा रहेको छ भन्ने राप्रपा परित्याग गरेरे दोश्रो संविधान सभामा फोरममा प्रवेश गरेको वैजनाथ साह मध्ये कसलाई उम्मेदवार बनाउन तय नभए पनि प्रचार प्रसारलाई तिव्रता दिएको त्यस पार्टीको यूवा नेता दिपेश यादवको भनाई रहेको छ । यता नेकपा माओवादी केन्द्रले लोकतान्त्रिक फोरम परित्याग गरि प्रवेश गरेको खडग नारायण चौधरीलाई उम्मेदवार बनाउन लागेको त्यस पार्टीको जिलला नेता राम पृत रामको भनाई रहेको छ । 
यस्तै धनगडी माई नगरपालिकामा नेपाली काँग्रेस , नेकपा एमाले र माओवादी केन्द्रविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने स्थानीय विनय डोटेलको भनाई रहेको छ । यस नगरपालिकामा पनि नेपाली काँग्रेस र एमालेले आफनो प्रचार प्रसारलाई तिव्रता दिएको छ । नेपाली काँग्रेसवाट जोगी साह , पञ्चलाल महतो मेयर पदको उम्मेदवारको लागि अगाडि देखिएको छ भन्ने नेकपा एमालले शिव शंकर महतोलाई उम्मेदवार बनाउनने निश्चित रहेको एमाले कार्यकर्ता गंगा प्रसाद यादवले बताउनु भएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हरि नारायण चौधरीलाई मेयरको उम्मेदवार बनाउन लागेको छ ।  धनगडीमाई नगरपालिकासंगै टाँसिएको गोलवजार नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एमालेविच कडा प्रतिस्पर्धा रहने यस नगरपालिकामा माओवादी केन्द्रले देव नाथ साह , राम चन्द्र महतो र जगत यादवमध्ये एक जनाले पाउने माओवादी केन्द्रले जनाएको छ । यता नेकपा एमालेवाट जिल्ला सचिव योगेन्द्र महतो श्याम श्रेष्ठको चर्चा रहेको छ । यो नगरपालिका नेकपा माओवादी केन्द्रको अध्यक्ष तथा प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित भएको सिरहा –५ मा पर्दछ । 
यस्तै सिरहा नगरपालिकामा नेपाली काँग्रेस , नेकपा एमाले र संघिय समाजवादी फोरमको चुनावी प्रचार प्रसार निकै अगाडि देखिएको छ । नेपाली काँग्रेसवाट संसद चुनिनु भएको शान्ति मन्त्री सिता देवी यादवको छोरा सुभाष यादव , पूर्व उपमेयर रहि सक्नु भएको उपेन्द्र यादवको चर्चा रहेको छ भने एमालेवाट जिल्ला पार्टी अध्यक्ष प्रमोद कुमार यादव , माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका पूर्व  सांसद हेम नारायण यादवको छोरा नविन यादव र शिव शंकर यादवको नाम अगाडि देखिएको छ । संघिय समाजवादी फोरमले उम्मेदवारको चर्चा वाहिर नलियाएपनि व्यापक गृहकार्य गर्दै चुनावी तयारीमा पार्टीको केन्द्रिय कोषाध्यक्ष समेत रहेको पूर्व मन्त्री विजय यादवको नेतृत्वमा चुनावी अभियान चलाएको छ । 
सिरहा –५ मा पर्ने मिर्चैया नगरपालिकामा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरमको वलियो पक्कड रहेको यस नगरपालिकामा माओवादीले दिलिप साहलाई मेयरको उम्मेदवार बनाउने संभावना प्रवल रहेको छ भन्ने नेकपा एमाले उम्मेदवारको तय एक दुई दिनमै टुङो लाग्ने एमालेले जनाएको छ ।    




























































 यस्तै सुखीपुर , कर्जन्हा र कल्याण नगरपालिकामा एमाले काँग्रेस , माओवादी केन्द्र र संघिय समाजवादी फोरम विच नै चुनावी प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेसको जिल्ला सभापति राम चन्द्र यादवका अनुसार नेपाली काँग्रेसको प्रतिस्पर्धा एक आध ठाँउवाहेक सवै ठााउमा एमालेसंग हुने र काँग्रेस अधिकांश गाँउपालिका र नगरपालिकामा विजय हुने दावी गर्नु भएको छ । यस्तै नेकपा एमालेको केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठका अनुसार नौ स्थानमा काँग्रेससंग पाँच स्थानमा संघिय समाजवादीसंग र तिन स्थानमा माओवादी केन्द्रसंग एमालेको प्रतिस्पर्धा हुने निश्चित रहेको ठोकुवा गर्दै एमाले सिरहा जिल्लाको पहिलो पार्टी बन्ने दृढता व्यक्त गर्नु भएको छ । ,

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...