सीधे मुख्य सामग्री पर जाएं

संदेश

मई, 2017 की पोस्ट दिखाई जा रही हैं

शहीद परिवारको यस्तो बीचल्ली... (सहयोग को लागि हार्दिक अपील )

शहीद परिवारको यस्तो बीचल्ली... (सहयोग को लागि हार्दिक अपील ) =================== लहान खबैर /कमसेकम छाप्रो निर्माण मा सहयोग गरेर बरखा मा ओत लाग्ने उपाय त गरौँ, सहयोगको अपील सहित... “डर लाग्छ, घरको अवस्था हेरेर....पानी पर्दा रात भरी सुत्दैनौ हामी...बाबुलाई सुरक्षा दिन्छौ हामी...हाम्रो हिफाज्त यही हो” आखाँको आसु पुछदै स्व. हिफाज्तकी आमाले भने ! मियाँको परिवार बर्षा हुन साथ त्रसित हुने गर्छन.... “श्रीमान वित्दा धेरैले सहानुभुती प्रदान गर्थे मान्छेहरु...तर आजकल हाम्रो समस्यामा कसले साथ दिएको छ र ? छोरीलाई पनि अल्लाहले लग्नु भो....बावुको सहाराले बाच्ने आधार भएको छ” सहिद हिफाज्त मियाँकी पत्नी रुदै भन्न्.ि...... आउनुहोस बर्षा लाग्नु पुर्ण मियाँको छाप्रो निमार्णमा जुटौ.....सहिद हिफाजत मियाँको घरको छाप्रो निमार्ण कार्यमा धेरै सहयोगी हातहरु जुटदै छ.... यो पुण्यको कार्यमा तपाईको आवश्यकता छ.....  सहयोगका लागी ००९७७ ९८६२२१५०५६ मा सम्पर्क गर्नूहोला l Post by : Raju Sah Kanu via Sima Srivastav

अफगानिस्तानको राजधानीमा बम विस्फोट, ८० मारिए ३ सय ५० घाइते

अफगानिस्तानको राजधानीमा बम विस्फोट, ८० मारिए ३ सय ५० घाइते लहान खबैर/ जेठ १७, २०७४ अफगानिस्तानको राजधानी काबुलमा गराइएको बम विस्फोटमा ८० जना मारिएका छन्। जर्मन दुतावास नजिकै बुधबार बिहान गरिएको विस्फोटमा ३ सय ५० घाइते भएको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। उक्त विस्फोट लरि वा पानी ट्यांकरमा विस्फोटक पदार्थ राखेर गरिएको हुनसक्ने बताइएको छ। बम विस्फोटका कारण काबुलको आकाशमा ठूलो मात्रामा कालो धुवा फैलिएको छ भने क्षतविक्षत भएका सवारी साधन यत्रतत्र छरिएका छन्।  दुर्घटनास्थललाई सेना र प्रहरीले नियन्त्रणमा लिएको छ। बम विस्फोटले १ सय मिटर वरपरका घरमा क्षति भएको बताइएको छ। विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन। काबुलमा भएका पछिल्ला बम विस्फोटमा तालिवान र आइएसको संलग्नता रहेकोले यसमा पनि उनीहरुको संलग्नता रहेको आशंका गरिएको छ। बुधबार बिहान गराइएको विस्फोटमा मर्नेको संख्या बढ्न सक्ने अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता स्माइल कवसीले भने, 'अहिलेसम्म पनि मृत्यु भएकाको शव संकलन गरिरहेका छन् भने घाइतेलाई अस्पताल भर्ना ग...

सिरहा कारागारका २३ जनाको बाँकी कैद मिनाहा

सिरहा कारागारका २३ जनाको बाँकी कैद मिनाहा  फाइल फोटो लहान खबैर /१५, २०७४ लहानः विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेकामध्ये १०औँ गणतन्त्र दिवसको अवसरमा सिरहामा २३ जनाको बाँकी कैद सजाय मिनाहा भएको छ।  सिरहा कारागारका जेलर शंकरलाल कर्णका अनुसार मन्त्रीपरिषद्को निर्णयअनुसार गृहमन्त्रालयमार्फत् कारागार व्यवस्थापन विभागबाट आएको परिपत्रअनुसार २३ जनाको बाँकी कैद सजाय मिनाहा गरिएकाले सोमबार अपराह्न रिहा गरिएको छ। कैद सजाय मिनाहा भई रिहा हुनेहरूमा दुई महिला र २१ जना पुरुष कैदी रहेका छन्।  कारागारका जेलर कर्णका अनुसार गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान, सवारी ज्यान, डाका, हातहतियार तथा खरखजाना, कुटपिट, लेनदेन तथा बिगो, गर्भपतन र बहुविवाहको अपराधमा कैद सजाय भुक्तान गरिरहेकाहरूको बाँकी कैद सजाय मिनाहाा भएकाले सोमबार अपराह्न रिहा गर्दै घरपरिवारका सदस्यलाई जिम्मा लगाइएको छ।   कर्तव्य ज्यान र सवारी ज्यान मुद्दाका बराबर कैद सजाय मिनाहा भई रिहा हुनेहरूमा  कर्तव्य ज्यान मुद्दाका बिन्दी सदा मुसहर, विनोद सदा मुसहर, मो. सहमत मियाँ, बुधन भनिने शेख हमिद रेजा, दुर्गानन्द...

स्थानीय तहलाई १० करोडदेखि १२४ करोडसम्मको बजेट, ७८ करोडसम्मको ससर्त अनुदान

स्थानीय तहलाई १० करोडदेखि १२४ करोडसम्मको बजेट, ७८ करोडसम्मको ससर्त अनुदान लहान खबैर /१५ जेठ,। सरकारलेे स्थानीय तहलाई जनसंख्या, विकासको अवस्था, क्षेत्रफल र लागत समयोजनका आधारमा अनुदान उपलब्ध गराउने भएको छ । आज ब्यवस्थापिका संसदमा सम्बोधन गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहलाई १० करोडदेखि १ अर्ब २४ करोडसम्म निशर्त अनुदान बजेट दिने घोषणा गरे । अब गाउँपालिकालाई न्युनतम् १० करोडदेखि ३९ करोडसम्म बजेट दिइने भएको छ । गाउँपालिकालाई १ करेाड २० लाखदेखि १७ करोडसम्म ससर्त अनुदान पनि दिइने भएको छ । त्यसैगरी नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म बजेट दिइने भएको छ । नगरपालिकाले ३ करोड ९५ लाखदेखि ३१ करोड २७ लाखसम्म ससर्त अनुदान दिइने भएको छ । उपहमहागरपालिकालाई ४० करोड देखि ६३ लाखसम्म बजेट दिइनेछ । उपमहानगरपालिकालाई १५ करोड देखि ३१ करोडसम्मे ससर्तअनुदान उपलब्ध गराइने अर्थमन्त्री महराले जानकारी दिए । महानगरपालिकाले ५६ करोड देखि १ अर्ब २४ करोडसम्म बजेट दिइनेछ । महानगरपालिकालाई २८ करोडदेखि ७८ करोडसम्म ससर्त अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री कृष्णबहादुर महराबाट बजेट प्रस्तुत हुँदै (लाइभ)

अर्थमन्त्री कृष्णबहादुर महराबाट बजेट प्रस्तुत हुँदै (लाइभ) अर्थमन्त्री कृष्णवहादुर महरा आगामी आर्थिक वर्ष २०७४÷७५ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ। बजेट ब्रिफकेस बोकेर संसद् भवन पुगेका अर्थ मन्त्री बजेट बजेट प्रस्तुतिको अन्तिम तयारीमा जुटेका छन्। उहाँ अहिले बजेट प्रस्तत गर्ने तयारी गर्दै हुनुहुन्छ। सरकारले आगामी आवको लागि १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्दैछ। बजेट प्रस्तुतीका क्रममा आमन्त्रित महानुभावहरू यस अघि नै संसद् भवन प्रवेश गरिसक्नु भएको छ। सरकारले प्रत्येक गणतन्त्र दिवसका दिन प्रत्येक वर्ष आगामी आवको बजेट बस्ने संवैधानिक व्यवस्था गरेको छ।

यो सविधान होइन, जंगली राज्यको विधान हो ( डॉ. सीके लाल)

यो सविधान होइन, जंगली राज्यको विधान हो –डॉ. सिके लाल ‘चिराग इस अन्धेरेमे जलाइए रखिए सुवह होनेके है, समा जलाए रखिए ।’ विहान (सुवह) त हुनु नै छ । आजसम्म यस्तो रात छैन, त्यसको विहान (सुवह) नभएको होस् । कुन रात लामो हुन्छ कुनै रात सानो हुन्छ, त्यो अलग कुरा हो तर रात हुन्छ नै रात भएपछि विहान पनि हुन्छ । अन्ध्यारो छ त्यसमा कुनै शंका छैन तर त्यो अन्ध्यारोलाई दीप (समा) जलाएर उज्यालो बनाउन सकिन्छ, त्यो काम मधेशका विभिन्न संघ संगठनहरुले गरिरहेछन् । जंगल राज्यमा र मानव राज्यमा धेरै फरक हुँदैन । त्यसमा केही मात्र फरक हुन्छ । जंगलमा शेरलाई जे मन लाग्छ त्यो गर्छ तर मानव राज्यमा त्यस्तो हुँदैन । किन हुँदैन ? किनभने जंगलमा कुनै लिखित कानुन हुँदैन तर मानव राज्यमा लिखित कानुन हुन्छ । कुनै जमानामा कुनै ऋषिले कानुन लेख्नुभयो, कुनै जमानामा जेसिसले कानुन लेख्नुभयो, कुनै जमानामा अल्लाहले कानुन लेख्नुभयो, कुनै जमानामा बुद्धले बाटो देखाउनुभयो । यो सबै आआफ्नो जमानाको सविधान हो । सविधानको मुख्य उद्देश्य के हुन्छ भने जंगल राज्यको मानवीय बनाइयोस् । परोपकराय पुन्यः पापायचः परपिरनमः ।...

राजपाका लागि चुनाव दश दिनसम्म सार्ने तयार

राजपाका लागि चुनाव दश दिनसम्म सार्ने तयार लहान खबैर /जेठ १४ गते आइतबार  । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सत्तारुढ दलले दश दिनसम्म चुनाव सार्न तयार भएका छन् । जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको दोस्रो चरणको निर्वाचन मिति सार्ने विषयमा सोमबार संविधान विद र मौसम विदहरुसँग छलफल गरी अर्को मिति तय गरिनेछ । तर निर्वाचनको मिति सारे पनि संविधान संशोधन नभएम्म आन्दोलनका कार्यक्रम नरोकिने राजपाले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अबेर राती सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), नेपाल लोकतान्त्रिक फोरम तथा प्रतिपक्षी नेकपा एमाले र आन्दोलनरत राजपाबीच भएको छलफलमा निर्वाचन सार्ने विषयमा दलहरु सहमत भएका छन् । राजपाका नेता राजेन्द्र महतोका अनुसार एक सातादेखि दश दिनसम्म निर्वाचनको मिति सार्न सबै दल तयार भएका छन् । तर संविधान संशोधन नभएसम्म राजपा निर्वाचनमा सहभागी नहुने अडान राखेको छ ।  महतोले भने,‘चुनाव नविथोलियोस् भन्ने डरले प्रमुख दलका नेताहरु दश दिनसम्म चुनावको मिति सार्न तयार भएका छ...

संविधान संशोधनको माँग गर्दै राजपाद्वारा जनकपुरमा लाठी जुलुस ।।

जुलुसका सहभागिहरुको चेतावनीमुलक नारा – मधेशमा उम्मेदवारी दिए कालोमोसो दल्ने लहान खबैर/जनकपुरधाम, जेठ १४ । संविधान संशोधनको माँग गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको छ । स्थानीय जनक चोकबाट निस्केको सो जुलुस शिव चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालयको अगाडी हुँदै भैरव चोक, पुरानो बजारको परिक्रमा गरेको थियो । जुलुसका सहभागिहरुले चुनाब हुन्न दिन्नका साथै सरकार र प्रमुख विपक्षी दल नेकपा एमाले विरुद्ध नारावाजी गरेका थिए । अन्य दलका उम्मेदवारहरुलाई उम्मेदवारी दिए कालोमोसो दल्ने चेतावनी मुलक नारापनि सहभागिहरुले लगाएका छन । स्थानीय तहका दोस्रो चरणको चुनाब वहिस्कारको निर्णय गरेका राष्ट्रिय जनता पार्टीले तराइमा अहिले आन्दोलन गरिरहेका छन । यसैगरी महोत्तरीको जलेश्वरमा पनि लाठी जुलुस निकालिएको छ । सो जुलुसमा केन्द्रिय नेताहरुपनि सहभागि थिए ।

आज बाराको कलैया मा बिशाल लाठि जुलुस (फोटो फीचर)

आज बाराको कलैया मा बिशाल लाठि जुलुस  पिंकी यादव ,लहान खबैर / बारा: जेठ १४ गते आइतबार , स्थानिय निर्वाचन धोखा हो नारा को साथ बारा को कलैया मा निकालियो बिसाल लाठी जुलुस ।                     निर्वाचन  समबन्धी  कुनै काम व गताबिधी को जोडदार प्रतिकार गर्ने उदधोष । आज को केहि फोटो साभार - पिंकी यादब  बारा, कलैया 

तीन अंकमा झारेपछि भरतपुरमा देवीलाई रेणुको झट्का

तीन अंकमा झारेपछि भरतपुरमा देवीलाई रेणुको झट्का लहान खबैर/ १४ जेठ,। अब तीनवटा मात्र वडा गन्न बाँकी रहँदा भरतपुर महानगरपालिका मतपरिणाम रोचक बन्न पुगेको छ । पछिल्लो मत परिणाममा एमालेका उम्मेदवादर देवी ज्ञवाली रेण दाहालभन्दा ९ सय ९ मतले अघि छन् । देवी ४० हजार ५ सय ८८ ल्याएका छन् भने रेणुले ३९ हजार ६ सय ७९ मत ल्याएपछि अन्तिमतिर नतिजा रोचक बन्न पुगेको हो । ९०९ अहिलेसम्मकै कम अन्तर हो । अब वडा १९ २० र २१ कांग्रेस प्रभावित क्षेत्र भएको हुनाले अन्तिमतिर परिणाम रोचक बन्दै जाने देखिएको हो । ती दुई वडामा वडामा १९ मा २८६०, २० मा ३३०२ मत खसेको छ । यी दुई वडामा खसेको मतले अन्तिम टुंगो लगाउने छ । यी मध्ये २० वडा अन्तिम हो । २१ वडामा अझै एक हजार सात सय मत गन्न बाँकी छ । २१ वडाको गणनापछि १९ को गणना हुनेछ । त्यसपछि अन्तिम वडाको रुपमा २० को गणना हुनेछ ।

निर्वाचनको विरोधमा वीरगञ्जमा दिउँसै निस्कियो मशाल जुलुस

निर्वाचनको विरोधमा वीरगञ्जमा दिउँसै निस्कियो मशाल  जुलुस लहान खबैर / वीरगंज, जेठ १३– राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको स्थानीय तहको निर्वाचन सक्रिय बहिष्कार गर्ने घोषणा गरेपछि मधेसमा आन्दोलन चर्किने संकेत देखिएको छ । राजपाले शुक्रबार पत्रकार सम्मेलन गरी बन्द लगायत आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । आन्दोलनको पहिलो दिन राजपाले पर्साको सदरमुकाम वीरगञ्जमा शनिवार दिउँसो मशाल जुलुस निकालेको छ । घण्टाघरबाट शुरु भएको मसाल जुलुस माइस्थान, आदर्शनगर पुगेर पुनः घण्टाघरमा आई कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेताहरुले सरकारले जबर्जस्ती निर्वाचन गराउन खोजेकाले विरोधमा उत्रिनु परेको बताएका छन् । जनसंख्याको आधारमा समानुपातीक समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्र हुनुपर्ने विगतमा सरकारस“ग सहमति गरिएको भएपनि त्यसो नगरी सरकारले निर्वाचनको मिति तोकेकोले चरणबद्ध आन्दोलनको कार्यक्रम शुरु गरिएको राजपाका नेता नेजामुद्धिन समानीले बताए । राजपाले घोषणा गरेको आन्दोलन कार्यक्रम अनुसार आइतबार लाठी जुलुस प्रदर्शन गर्ने, सोमवार अन्तरक्र्रिया, निर्वाचन कार्यालय घेराउ गर्ने तथा...

राजपाको मशाल जुलुस प्रदर्शनमा राजविराज यस्तो देखियो (फोटो फिचर)

राजपाको मशाल जुलुस प्रदर्शनमा राजविराज यस्तो देखियो (फोटो फिचर) लहान खबैर/ जेठ १३ गते,, दोस्रो चरणको चुनावलाई लक्षित गरी राष्ट्रिय जनता पार्टी नेपालद्वारा शनिवार राजविराजमा विशाल मशाल जुलुस प्रदर्शन गरिएको छ । हज्जारौंको सहभागीता रहेको जुलुस नगर परिक्रमा पश्चात शहिद दशन चौकमा पुगी सभामा परिणत भएको थियो । उक्त सभामा बोल्दै राजपाका नेताहरुले संविधान संशोधन गरी मधेशको माग सम्वोधन नगरिए कुनै पनि हालतमा चुनाव हुन नदिने चेतावनी दिएका छन् । साभार - न्यूज टुडे  श्यामसुन्दर यादब 

मधेशमा आन्दोलन सुरु आज मशाल जुलुश (फोटो पिक्चर)

मधेशमा आन्दोलन सुरु आज मशाल जुलुश (फोटो पिक्चर) लहान खबैर/ जेठ १३ गते --आज राजपा नेपाल द्वारा बारा को कलैया मा बृहद आन्दोलन को लागि भन्दै मसाल जुलुस निकाले को छ  । आजको केहि फोटोहरू फोटो  साभार '- पिंकी यादब जी  कलैया, बारा

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत

अवरुद्ध संसद खोल्न प्रमुख प्रतिपक्ष सहमत लहान खबैर/ जेठ १३गते । व्यवस्थापिका संसद्को अवरुद्ध भएको बैठक सुचारु गराउनका लागि आज बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकमा सहमति भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाएको मागहरु वैशाख ३१ को पहिलो चरणको निर्वाचनमा विभिन्न ठाउँमा भएका धाँधलीबारे संसदीय छानबिन समिति गठन गर्न, प्रधानन्यायाधीशमाथि लगाइएको महाअभियोगको प्रस्ताव फिर्ता गर्न र टिकापुर घटनाका दोषीलाई उन्मुक्ति नदिन सत्तापक्ष सहमत भएपछि संसद बैठक अघि बढाउने सहमति भएको हो । बैठकमा सहभागी नेकपा एमालेका नेता माधवकुमार नेपालले आफ्नो पार्टीको माग सम्बोधन गर्न सत्तापक्ष तयार भएकाले आजैदेखि संसद्को बैठक सुचारु हुने बताए । उनले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा पनि छलफल भएको बताए । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दोस्रो चरणको स्थानीय निर्वाचन सुनिश्चित गराउन र सरकारको नीति तथा कार्यक्रम पारित गराउनलगायत विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच सहमति भएको जानकारी दिए । बैठकमा प्रधान...

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

राजपाका नेताहरु देउवा निवासमा

राजपाका नेताहरु देउवा निवासमा लहान खबैर /शनिवार, जेठ १३, २०७४ : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरु नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठ पुगेको छन् । आफूहरुलार्ई निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गर्नका लागि मधेस केन्द्रित दलका नेताहरु देउवासँग छलफल गर्न जानुभएको राजपाका नेता केशव झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो-‘समसामयिक विषयमा छलफल गर्न गएका हौं' जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको भोलिपल्टै देउवासँग छलफलका लागि नेताहरु देउवानिवास पुगेका छन् । ६ वटा मधेस केन्द्रित दलको एकता पछि भनेको राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव, कुमार झा देउवानिवास जानुभएको हो । राजपा निर्वाचन आयोगमा दर्ता छैन् । राजपाले शनिबारदेखि एक सातासम्म आन्दोलनको कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।

'मधेश विरोधी सर्वोच्च अदालत'

'मधेश विरोधी सर्वोच्च अदालत'  लहान खबैर/ १२ जेठ २०७४: मधेशमा आधारित राजनीतिक दलको माग सम्बोधन गर्ने भन्दै सरकारले गरेको स्थानीय तहको संख्या थप्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र ईश्वर खतिवडाको इजलासले दिएको अन्तरिम आदेशसँगै निर्वाचन अघि नै स्थानीय तहको संख्या बढाउने सरकारी निर्णयमा 'ब्रेक' लागेको छ। यससँगै राजनीतिक दललाई स्थानीय तह निर्वाचनमा सहभागी गराउने सरकारी प्रयास पनि अन्तिम फैसला नआउँदासम्म रोकिएको छ। सरकारी प्रयासमा लागेको ब्रेकलाई उसले अन्तिम फैसला अघि सर्वोच्चमा दिने जवाफ र त्यसमा उसको पक्षले गर्ने बहसले कुन मोडमा पुर्याउँछ भन्न सकिन्न। तर, यसको सरोकारवाला पक्ष मधेश केन्द्रित दलले कसरी ग्रहण गरेको छ त? मधेश केन्द्रित दलमध्ये सबैभन्दा ठूलो दल राष्ट्रिय जनता पार्टीले यसलाई 'मधेश विरोधी निर्णय' भएको टिप्पणी गरेको छ। मधेशकै राजनीति गर्ने अर्को दल संघीय समाजवादी फोरमले भने सर्वोच्चले राजनीतिक निर्णय रोक्न नसक्ने भन्दै अन्तरिम आदेशमा 'टिप्पणी गर्नु भन्दा राज...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...