सीधे मुख्य सामग्री पर जाएं

यो सविधान होइन, जंगली राज्यको विधान हो ( डॉ. सीके लाल)

यो सविधान होइन, जंगली राज्यको विधान हो











–डॉ. सिके लाल
‘चिराग इस अन्धेरेमे जलाइए रखिए सुवह होनेके है, समा जलाए रखिए ।’ विहान (सुवह) त हुनु नै छ । आजसम्म यस्तो रात छैन, त्यसको विहान (सुवह) नभएको होस् । कुन रात लामो हुन्छ कुनै रात सानो हुन्छ, त्यो अलग कुरा हो तर रात हुन्छ नै रात भएपछि विहान पनि हुन्छ । अन्ध्यारो छ त्यसमा कुनै शंका छैन तर त्यो अन्ध्यारोलाई दीप (समा) जलाएर उज्यालो बनाउन सकिन्छ, त्यो काम मधेशका विभिन्न संघ संगठनहरुले गरिरहेछन् ।

जंगल राज्यमा र मानव राज्यमा धेरै फरक हुँदैन । त्यसमा केही मात्र फरक हुन्छ । जंगलमा शेरलाई जे मन लाग्छ त्यो गर्छ तर मानव राज्यमा त्यस्तो हुँदैन । किन हुँदैन ? किनभने जंगलमा कुनै लिखित कानुन हुँदैन तर मानव राज्यमा लिखित कानुन हुन्छ । कुनै जमानामा कुनै ऋषिले कानुन लेख्नुभयो, कुनै जमानामा जेसिसले कानुन लेख्नुभयो, कुनै जमानामा अल्लाहले कानुन लेख्नुभयो, कुनै जमानामा बुद्धले बाटो देखाउनुभयो । यो सबै आआफ्नो जमानाको सविधान हो ।

सविधानको मुख्य उद्देश्य के हुन्छ भने जंगल राज्यको मानवीय बनाइयोस् । परोपकराय पुन्यः पापायचः परपिरनमः । हरेक पुरानमा यही कुरा भनेको छ कि जो परोकार हो त्यो धर्म हो । जो परपिरक हो त्यो अधर्म हो ।

हामीले जुन सविधानको कुरा गर्छौ, त्यो सविधानले जंगलको कानुनलाई मानवको कानुन भन्दैछ । सविधानको काम हो, बलियो (शासक) लाई बाँध्ने र कमजोर (शोषित) लाई अधिकार दिने । यदि सविधानमा शेरलाई जे मन लाग्छ त्यही गरोस् भनि लेखि दिए भने त्यो के सविधान हुन्छ ? त्यो त सविधान हुनै सक्दैन । त्यसलाई मनमानी भन्छन् ।

अहिले जुन सविधान निर्माण भएको छ त्यसमा मनमानी भएको छ र त्यसलाई संस्थागत गर्ने प्रयोग भइरहेको छ । त्यसले यसलाई सविधान भन्न सकिदैन । यसलाई जे पनि नाम दिन सकिन्छ । पद्मशम्शेरले पनि एक सविधान निर्माण गर्नुभएको थियो । त्यसलाई सविधान भनिएन । नेपाल राज्यको विधान भनियो । यसलाई पनि यस्तै केही नाम राखि दियौं । माओवादी, माले, मसाले र मण्डलेको विधान हो भन्न सकिन्छ के फरक पर्छ । स्वस्थानी व्रत कथा, सत्यनारायण कथाको विषेज्ञ तीन जना बस्यो सविधान लेख दिनुभयो र त्यसमा भनिएको छ तपाईको आमालाई अधिकार दिइन्न, बुवालाई मात्र अधिकार दिन्छु ।

कोशिश

उहाँहरु (गैरमधेशी दलका नेता) भन्नुहुन्छ, ‘तपाईको चार भोट र हाम्रो एक भोट बराबर हो, किन ? किनभने उहाँहरु भन्नुहुन्छ, हामी उच्चकुलका हौं, हामी शासक हौं र तिमीहरु शासित हौं अनि कहाँबाट अधिकार दिन्छौ, तिमीले त स्वास्थानी व्रत कथा पढेका छैनौ ।’ यहाँसम्म कि उहाँहरु भन्नुहुन्छ, विहे गरेर ल्याउनुस् तर हामी अधिकार दिँदैनौ, कोशिश गर्ने अधिकार पनि दिदैनौ ।’ यस्तोलाई सविधान भन्न सकिदैन ।
त्यसपछि के के गर्ने त्यसलाई च्यातेर फ्याल्ने हो कि जलाई दिने हो, के गर्ने अनेक प्रश्नहरु दिमागमा आउनसक्छ । त्यसका लागि विभिन्न प्रयासहरु भएका छन् पनि । तर सन्तोषजनक सफलता हात लागेन । भन्ने गरिन्छ, जति पनि आन्दोलन गर्नुस् टेबल (वार्ता) मा बस्न त पर्छ नै । तर मेरो विचारमा टेबलमा बस्नु अघि केही तयारीको आवश्यकता पर्छ, केही शक्तिको आवश्यकता पर्छ जो बन्द कोठाबाट प्राप्त हुँदैन । त्यो सडकबाट मात्र प्राप्त हुन्छ । त्यही सडकको शक्ति हेरेर नै उहाँहरु कुनै अधिकार दिने पक्षमा हुनुहुन्न ।

मानव अधिकार त्यसको हुन्छ, जसलाई मानव मानिएको हुन्छ । जब यहाँ मानव मान्नलाई तयार छैन भने कहाँको मानव अधिकार ? छातीमा गोली हान्छन् नै । खिल्ली उडाउँछन् नै । ‘आप करो तो सत्यनारायण कथा, हम करे तो तामाशा’ । यसको लागि आफूलाई बलियो बनाउनुपर्छ । आफूलाई सशक्त रुपमा सडकमा देखाउनु पर्छ अनि मात्र उपलब्धि प्राप्त हुन्छ ।

बुद्ध जस्तो व्यक्ति जन्मन्छन्, मर्दैनन् । अहिले पनि छदैछन् । संसारभरमा छन् । तर विश्वका लागि बुद्ध भगवान होला तर हाम्रो लागि कसैको दाजु (भैया) हुन्, कसैको काका हुन् । हामी त अवधका हौ (बुद्ध पनि अवधमा जन्मेको) । मधेशमा दुईटा सभ्याता मात्र रहेका छन्, एउटा मिथिलाको सभ्यता र अर्को अवधको सभ्यता । मिथिलको सभ्याताको कुरा गरौं भने जानकीजी विश्वका लागि आमा (माँ) हुनसक्छ तर हाम्रो त छोरी हुन्, हाम्रो बहिनी हुन्, फुपु हुन् । त्यस्तै दुनियाँका लागि बुद्ध भगवान होला तर हाम्रो लागि सिद्धार्थ भैया (दाजु) हुन् ।

अधिकार
सिद्धार्थ दाजुले राम्रो गर्नुभयो कि उहाँले चीन, जपानका लागि हिडी दिनुभयो नत्र भने उहाँ यहाँ बसेको भए धेरै बेइज्जति हुन्थ्यो । किनभने शासन त उहाँको आफ्नो भाइको रहदैन्थ्यो । जंगल राज्य हुन्थ्यो । जंगल राज्यमा बुद्धको के काम ? त्यहाँ त बचाउने बलाको अधिकार हुँदैन, मार्नेबालाको अधिकार हुन्छ । यहाँ त मधेशीको अधिकार छैन । यहाँ त गोली चलाउनेबालाका अधिकार छ । गोली चलाउन आदेश दिनेको अधिकार छ । त्यसले बुद्धले राम्रो गर्नुभएको थियो । नेपालबाट निस्केपछि फर्केर आउनु भएन । उतै टहल्नुभयो । राम्रो गर्नुभयो । आएको भए सायद नागरिकता पनि प्राप्त गर्नुहुन्थेन होला ।

बुद्धले भनेको सबै कुरा ठिक छ त्यसमध्ये एउटा उहाँले आफै ज्योति बन्नुस् अरुको ज्योतिबाट धेरै टाढासम्म जान सकिदैन भन्नुभएको छ । त्यो ज्योतिलाई हासिल गर्नुपर्छ । यदि त्यो ज्योति हासिल गर्न सकिएन भने त्यसलाई जुन सविधान भनिदैछन् त्यो खस आर्यको विधान बन्छ र त्यसमा हामी तेस्रो दर्जाको नागरिक भएर बस्छौ ।

ज्योति 
राजेन्द्र महतो मन्त्री बन्नुभयो के के गर्नुभयो । महन्थ ठाकुर नेपाली काँग्रेसको कोषाध्यक्ष बन्नुभयो के के गर्नुभयो । हामीमा एउटा समस्या छ कि हामीले आफ्नो अन्तर मनमा गहिरिएर हेर्दैनौ कि हामीले के गर्दैछौ ? जसले हाम्रो लागि कुर्वानी (बलिदानी) दिनुभएको छ त्यसका लागि हाम्रो मनमा कही नकही त यो छ कि उहाँले हाम्रो भोलीका लागि आफ्नो भोली (भविष्य) लाई बलिदानी दिनुभएको छ ।

उहाँ कुन जातको हुनुहुन्थ्यो, कुन लिगंका हुनुहुन्थ्यो, कुन समुदायका हुनुहुन्थ्यो र उहाँले किन र केका लागि बलिदानी दिनुभयो यी सबै कुरा एकपटक सोच्नुस् । हामीमाथि एउटा ऋण छ । त्यो ऋण यो जुनीमा नै तिर्ने हो कि अर्को जुनीमा तिर्ने हो यसको बारेमा सोचौ । मनन गरौं । हिसाब किताब त गर्नैपर्छ ।

मानवअधिकार
मानव अधिकारको कुरा छोड्नुस् । तपाईले कुनै जनावरलाई लठ्ठीले हिर्काउनु हुन्छ भने भाग्छ, हिर्काउन (लात हान्ने) पनि खोज्छ । हामी त त्यो भन्दा पनि गएगुजरेका भयौं । हामीलाई त हिर्काउने हैसियतमा छैन । रुन पनि दिँदैन । एक्कासौं शताब्दीका कस्तो नागरिक हौं हामी जो हामीलाई रुन, हाँस्न, प्रतिकृया दिने अधिकार पनि छैन । हाम्रो आमाले कस्तो दुध खुवाउनु भयो जसको इज्जत हामी राख्न सक्छौ कि सक्दैनौ । यो हाम्रो कुरा मात्र होइन ।

जब कसैमाथि उत्पीडन हुन्छ, बहिष्करण हुन्छ त्यो अपराध हो । जसले अपराध गर्छन्, त्यो अपराधी त हो नै तर जसले अपराध सहन्छन् त्यो त झन अपराधी । किनभने त्यसले त्यसको प्रतिकार गर्न सकेन । जसले अपराध गर्छन्, त्यो त आफैमा अपराधी हुन् । हामीले जुन अधिकारका कुरा गर्छौ, त्यो एक्काइसौं शताब्दीमा सभ्यराज्य स्थापनाका लागि हो । जंगल राज्यबाट आधुनिक राज्य बनाउनका लागि हो । यो त कुनै गलत काम होइन ।

मानव राज्य 
सुशिल कोइराल त जानु भयो । गइसकेकाको गल्ती के भन्नौं । जानेहरुसँग सबै गल्तीहरु राख (खरानी) भएर जान्छ । ओलीजी त हुनुहुन्छ । ओलीजीलाई हामी मानव बनाउन चाहन्छौ । ओलीजीले आफ्नो इन्सानियत बिर्सिनु भएको छ । उहाँलाई इन्सानियत याद (सम्झाना) गराउन चाहन्छौ । पुष्पकमल दहाल इन्सान बन्न लाग्नु भएको थियो तर पुनः पछाडि फर्किनुभयो । हामीले उहाँलाई भन्न चाहन्छौ कि अझै तपाईमा इन्सान बन्ने क्षमता बाँकी रहेको छ । तपाई इन्सान बन्नुभयो भने सबैलाई सम्मान प्राप्त हुन्छ । सबैलाई सम्मान प्राप्त भयो भने तपाई झन सम्मानित हुनुहुन्छ । तपाई पूर्वप्रधानमन्त्री हुनुहुन्छ, यति ठूलो क्रान्ति गरेर आउनु भएको छ । लामो समयसम्म जंगलमा बसेर आउनु भएको छ । इतिहासमा तपाईको नाम लेखिएको छ । यो भन्दा बढी के चाहियो ?

यो भन्दा बढी त यही हो कि यो देशलाई जंगल राज्यबाट मानव राज्यमा रुपान्तरण गरियोस् । यति मात्र चाहियो, हामीले रामराज्यको कुरा गरेका छैनौ । गान्धीवादको पनि कुरा गरेका छैनौ । माउसेतुगंको पनि कुरा गरेका छैनौ । मानव राज्यको मात्र कुरा गरेका छौ । हामी गरिब छौ, हामी कमजोर छौ भने एकसाथ मिलेर प्रयत्न गरौं कि गरिबीभन्दा केही माथी जाउँ, कमजोरी भन्दा केही माथि जाउँ । यो त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला सबैको साथ हुन्छ । यहाँ त दुई तिहाईको हात नै काटिएको छ । अधिकार नै काटिएको छ भने माथि उठ्न कसरी सम्भव हुन्छ ? सम्भव छैन । सबैले आआफ्नो ठाउँबाट कोशिश गर्नुपर्छ । गान्धीले भन्नुहुन्थ्यो, ‘जसले हामीमाथि शोषण गरिरहेका छन्, शासन गरिरहेका छन् । त्यसैका तरिका हामीले पनि अपनाउन थालियो भने त्यसमा र हामीमा फरक रहदैन ।’

मुस्किल त छ । कुनै पनि परिवर्तन असानि (सजिलो) तरिकाले भएको छैन । यदि परिवर्तन गर्न सजिलो तरिकाले भएको भए १७ हजार व्यक्तिको बलिदानी प्रदान गरेपछि पुष्पकमल दहाल इन्सान भइसकेका हुन्थे । काठमाडौमा उहाँ (प्रचण्ड) हार्नुभयो, मधेशबाट जिताएर ल्यायौं । उहाँले के गर्दिनुभयो ? माधव नेपालमाथि भरोस गरियौं के गर्नुभयो उहाँले ?

नश्लवाद
यो त भयो टाढाको कुरा हामी आफ्नैतिरको कुरा गर्ने हो भने एकदिन सिता देवी यादव (काँग्रेसका कोषाध्यक्ष) सँग एकपटक भेट हुँदा मैले भने, सविधानमा हस्ताक्षर गर्न तपाईलाई अलिकति पनि शर्म लागेन ? तपाई त आफ्नो प्रदेशको मुख्यमन्त्रीसम्म बन्नसक्नु हुन्न । प्रधानमन्त्रीको कुरा त छोड दिनुस् । मेरा मामा पनि नेपालको, मेरो ससुराल पनि नेपालमा तर मेरो बच्चा त हुन्छ नि । त्यसले त भारत वा अन्य देशमा विहे गर्न सक्छ अनि के मेरो बुहारीले नेपालमा आफ्नो अधिकार पाउँदैन ? सविधान त उहाँमाथि पनि लागु हुन्छ । उहाँको पनि विहे हुन्छ । उहाँको पनि बच्चा हुन्छ ।

अब त यस्तो सविधान आयो कि परिवारको ठाउँमा वंशले लिएको छ । नश्लले लिएको छ । परिवारवादलाई हटायो नश्लवाद ल्यायो । यसलाई न लोकतन्त्र भन्न सकिन्छ न गणतन्त्र भन्नसकिन्छ । यसलाई के शब्दमा भन्न सकिन्छ मनपरितन्त्र । यो हाम्रो देश हो, यहाँ बस्नु छ भने बस्न नभए जाउँ भन्नु मनपरि तन्त्र हो । यो मनपरि तन्त्रालाई हटाउनका लागि हामीले बाटो खोज्नुपर्छ । निराश हुने अवश्यकता छैन ।

निष्कर्ष
विश्वमा कसैले सोचेका थिएन कि विश्वका सबैभन्दा ठूलो शक्ति सोभियत संघ विघटन हुँदैन, तर भयो । कसैले सोचेका थिएन कि अंग्रेजको सम्राज्य समाप्त हुन्छ, तर भयो । कसैले सोचेका थिएन कि साउथ अफ्रिकाबाट नश्लवादको अन्त्य हुन्छ, तर भयो । विश्वमा यस्तो धेरै उदाहरणहरु छन् जो असम्भवलाई सम्भव बनाएको छ । त्यो एकताले मात्र भएको छ । यदि सबै तन मन धनले एक ठाउँमा आएर परिवर्तनका लागि संघर्ष गर्यो भने अवश्य प्राप्ति हुन्छ ।
(मधेशी मानवअधिकार (अमेरिका) र नेपाल यादव सेवा समितिले आयोजना गरेको कार्यक्रममा लालले राख्नु भएको मन्तव्यको भावानुवाद) 
-सहारा टाइम्स पत्रिकाबाट




इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...