रुकुमका दुईओटा मतदान केन्द्रमा १५ गते निर्वाचन अपन मिथिला न्यूज मंसिर १३ । रुकुमका दुईओटा मतदान केन्द्रमा गत मंसिर १० गते स्थगित चुनाव आगामी मंसिर १५ गते हुने भएको छ । पश्चिम रुकुमका आठबिसकोट, वडा नम्बर–११ स्थित नेपाल राष्ट्रिय मावि ‘ख’ केन्द्र र बाँफिकोट गाउँपालिका–५ स्थित रत्न निमावि काँडा ‘क’ केन्द्रमा स्थगित भएको चुनाव १५ गते गरिने सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेल जानकारी दिए । यस्तै, दुवै मतदान केन्द्रमा मतदान अधिकृतसहित ६/६ जनाको निर्वाचन टोली खटाइएको मुख्य निर्वाचन अधिृकतको कार्यालय पश्चिम रुकुमले जनाएको छ ।