इजिप्टको मस्जिदमा आक्रमण, कम्तिमा १८४ जनाको मृत्यु
अपन मििथिला / इजिप्टको उत्तरी सिनाइ प्रान्तस्थित एउटा मस्जिदमा बम र बन्दूक आक्रमण हुँदा कम्तिमा १ सय ८४ जनाको मृत्यु भएको त्यहाँको सरकारी मिडियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
एपी समाचार एजेन्सीका अनुसार चार वटा अफ रोड गाडीबाट शुक्रबारे प्रार्थनामा रहेका मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाइएको थियो।
इजिप्टमा सन् २०१३ देखि मुस्लिम विद्रोहीहरुविरुद्ध कारबाही चर्किएको छ। सिनाइ प्रायद्विपमा नियमित रुपमा आक्रमण भइरहे पनि यो अहिलेसम्मकै सबैभन्दा भयङ्कर आक्रमण हो। घटनामा कम्तिमा १२५ जना घाइते छन्।
आक्रमण कुन समूहले गरेको भन्ने बारे स्पष्ट भइसकेको छैन।