सीधे मुख्य सामग्री पर जाएं

पहिलो चरणको अग्निपरीक्षामा पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’सम्मआइतबार मतदान हुने ३२ जिल्लामा 'चर्चित अनुहार' को हुन् ?


पहिलो चरणको अग्निपरीक्षामा पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’सम्मआइतबार मतदान हुने ३२ जिल्लामा 'चर्चित अनुहार' को हुन् ?



अपन मिथिला न्यूज ,८ मंसिर, आइतबार पहिलो चरणको आम निर्वाचन हुँदैछ । र, चुनाव हुने ३२ जिल्लामा मौन अवधि सुरु भइसकेको छ । पहिलो चरणको यो चुनावले पूर्वप्रधानमन्त्रीदेखि ‘भावी प्रधानमन्त्री’सम्मको राजनीतिक भाग्य एवं भविश्यको रेखा कोर्दैछ । उनीहरुको भाग्य आइतबार मतपेटिकामा कैद हुनेछ र मंसिर २१ पछि खुल्नेछ ।


पहिलो चरणको चुनावमा भाग लिइरहेका ठूला नेताहरुको चर्चा गर्दा सिन्धुपाल्चोक, गोरखा र नुवाकोटलाई सम्झनुपर्ने हुन्छ । त्यसैगरी ताप्लेजुङले पनि ठूला नेताको भविश्यबारे आइतबार हिसाब किताब गर्दैछ ।

पहिलो चरणको चुनावमा सबैभन्दा बढी चर्चा गोरखाको छ । जहाँ नयाँशक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । चुनावमा होमिएका ५ पूर्वप्रधानमन्त्रीमध्ये पहिलो चरणमा बाबुराममात्रै एक्लै छन् ।

गोरखामा बाबुराम भट्टराईको प्रभाव राम्रो रहेको बताइए पनि पछिल्लो चरणमा आइपुग्दा नारायणकाजी श्रेष्ठले उनीमाथि दबाव दिएको अवस्था छ ।

माओवादी नेता श्रेष्ठले माओवादी, एमाले र नेपाली कांग्रेसको समेत भोट पाएर जित्ने दाबी गरेका छन् ।

गोरखामै नेपाली कांग्रेसका अर्का राष्ट्रिय नेता चीनकाजी श्रेष्ठ पनि क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन् । उनले एमाले माओवादी गठबन्धनको सामना गर्दैछन् ।

राप्रपा प्रजातान्त्रिकका अध्यक्षसमेत रहेका बरिष्ठ राजनीतिज्ञ पशुपतिसमशेर राणा सिन्धुपाल्चोक २ मा वाम गठबन्धनका उम्मदेवार शेरबहादुर तामाङसँग आफ्नो भाग्यको परीक्षा लिँदैछन् । पशुपतिसमशेरको जितहारलाई उसको गठबन्धन पार्टनर नेपाली कांग्रेसले महत्वका साथ हेरेको छ । तर, वाम गठबन्धनको चुनौती पार गर्नुपर्ने राणासँग चुनौती छ ।

सिन्धुपाल्चोक १ मा माओवादी नेता एवं पूर्वमन्त्री अग्नी सापकोटा र बहालवाला मन्त्री मोहनबहादुर बस्नेतको अग्निपरीक्षा आइतबारको मतदानबाट हुनेछ ।

पहिलो चरणको निर्वाचनमा अर्को हेभीवेट भिडन्त हुने ठाउँ भनेको नुवाबोट हो । सो जिल्लामा कांग्रेस नेता अर्जुननरसिंह केसीले आफूलाई भावी ‘प्रधानमन्त्री’ बताउँदै भोट मागिरहेका छन् । नुवाकोटमै डा. रामशरण महत अर्का कांग्रेसका हस्ती उठेका छन् । महत कांग्रेसको सरकारका अर्थमन्त्रीमा एकल दाबेदार हुन् । तथापि उनले विगतमा कहिलेकाँहि आफूलाई प्रधानमन्त्रीको दाबेदारका रुपमा समेत प्रस्तुत नगरेका होइनन् ।

तथापि कांग्रेसका यी दुबै हस्तीहरुले नुवाकोटमा वाम गठबन्धनका मझौला कदका नेताहरुलाई जित्नुपर्ने चुनौती छ । आइतबार हुने मतदानले यसको हिसाब-किताव गर्ने भए पनि मंसिर २२ गतेबाट मतगणना नभएसम्म महत र केसीको भाग्य र भविश्यको फैसला हुने छैन ।

नुवाकोट, गोरखा र सिन्धुपाल्चोकपछि आइतबार मतदान हुने अर्को ठाउँ ताप्लेजुङ हो, जहाँ एमालेका केन्द्रंीय सचिव योगेश भट्टराईको भाग्य परीक्षा हुँदैछ ।

त्यसो त पाँचथरमा कांग्रेसका भीष्मराज आङदेम्बे र एमालेका बसन्त नेम्वाङको राजनीतिक भविश्य पनि आइतबार नै फैसला हुनेछ ।

पहिलो चरण अन्तरगत आइतबार हुने मतदानले संखुवासभामा एमालेका पुराना नेता राजेन्द्र गौतम र कांग्रेसका पूर्वमन्त्री दीपक खड्काको भाग्य परीक्षा गर्नेछ ।

सोलुखुम्बुमा कांग्रेसका पुराना नेता बलबहादुर केसीलाई सामान्य नेताले चुनौती दिँदैछन् । खोटाङमा भने दुबै गठबन्धनबाट मझौला कदका नेताहरु चुनावी प्रतिस्पर्धामा छन् ।

पहिलो चरणमा मतदान हुने भोजपुरमा प्रतिनिधिसभामा सामान्य नेता उठे पनि प्रदेशमा चर्चित युवा उम्मेदारको भाग्य परीक्षा हुँदैछ । पूर्वसञ्चारमन्त्री शेरधन राई, पूर्वअखिल अध्यक्ष राजेन्द्र राई र संघीय समाजवादीबाट कांग्रेसको साथ लिएका युवा नेता अजम्बर काङमाङ राईको उपस्थितिले भोजपुरमा केन्द्रंको भन्दा प्रदेशको चुनावलाई रोचक बनाएको छ ।

आइतबार हुने मतदानको अर्को रोचक पाटो भनेको ओखलढुंगाको निर्वाचन हो । जहाँ एमाले र कांग्रेसका झर्झराउँदा नेताहरु यज्ञराज सुनुवार र रामहरि खतिवडाको भाग्य परीक्षा हुनेवाला छ ।

रसुवामा पनि पहिलो चरणमा चुनाव हुँदैछ । जहाँ एमाले र कांग्रेस दुबै दलबाट ठूला व्यापारीहरुवीच प्रतिस्पर्धा हुँदैछ ।

मुस्ताङमा रोमी गौचन कांग्रेसका ठूला नेताको भाग्य परीक्षा आइतबारको चुनावले गर्नेछ । मनाङ र मुस्ताङको चिसोलाई मंसिर १० को राजनीतिले तातो बनाएको छ ।

त्यसैगरी लमजुङका मतदाताले पनि आइतबार ठूला नेताहरुको भाग्यको परीक्षा लिँदैछ । लमजुङबाट प्रतिनिधिसभामा माओवादी नेता देव गुरुङ र कांग्रेस नेता दिलबहादुर घर्तीको परीक्षा हुँदैछ भने प्रदेशमा मुख्यमन्त्रीका दाबेदार रहेका पृथ्वीसुब्बा गुरुङको परीक्षा हुँदैछ ।

पहिलो चरणमा आइतबार मतदान चुनाव हुने धादिङ जिल्ला

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...