सीधे मुख्य सामग्री पर जाएं

सिरहा कारागारका २३ जनाको बाँकी कैद मिनाहा

सिरहा कारागारका २३ जनाको बाँकी कैद मिनाहा 
फाइल फोटो



लहान खबैर /१५, २०७४ लहानः विभिन्न अपराधमा कैद सजाय भुक्तान गरिरहेकामध्ये १०औँ गणतन्त्र दिवसको अवसरमा सिरहामा २३ जनाको बाँकी कैद सजाय मिनाहा भएको छ।  सिरहा कारागारका जेलर शंकरलाल कर्णका अनुसार मन्त्रीपरिषद्को निर्णयअनुसार गृहमन्त्रालयमार्फत् कारागार व्यवस्थापन विभागबाट आएको परिपत्रअनुसार २३ जनाको बाँकी कैद सजाय मिनाहा गरिएकाले सोमबार अपराह्न रिहा गरिएको छ। कैद सजाय मिनाहा भई रिहा हुनेहरूमा दुई महिला र २१ जना पुरुष कैदी रहेका छन्।  कारागारका जेलर कर्णका अनुसार गणतन्त्र दिवसको अवसरमा कर्तव्य ज्यान, सवारी ज्यान, डाका, हातहतियार तथा खरखजाना, कुटपिट, लेनदेन तथा बिगो, गर्भपतन र बहुविवाहको अपराधमा कैद सजाय भुक्तान गरिरहेकाहरूको बाँकी कैद सजाय मिनाहाा भएकाले सोमबार अपराह्न रिहा गर्दै घरपरिवारका सदस्यलाई जिम्मा लगाइएको छ।  

कर्तव्य ज्यान र सवारी ज्यान मुद्दाका बराबर कैद सजाय मिनाहा भई रिहा हुनेहरूमा 

कर्तव्य ज्यान मुद्दाका बिन्दी सदा मुसहर, विनोद सदा मुसहर, मो. सहमत मियाँ, बुधन भनिने शेख हमिद रेजा, दुर्गानन्द यादव र सुलेनादेवी महरा रहेका छन्।

 त्यस्तै, सवारी ज्यानअन्तर्गत उपेन्द्र भनिने आपेन्द्रकुमार ठाकुर, विनोद ठाकुर, मुकेश पासवान, दीपेन्द्रकुमार सिंह, सिकम सिंह, उमेशकुमार यादव पनि बाँकी कैद सजाय मिनाहा भई रिहा भएका छन्। 

 डाका मुद्दा र गर्भपतनका अपराधी पनि 

कल्लु भनिने लेखनाथ यादव, राजकुमार यादव डाका मुद्दा तथा जोगेन्द्र राय कुर्मी चोरी मुद्दा, सद्दाम दफाली हातहतियार तथा खरखजाना, चन्देश्वर चौधरी कुटपिट, शिवचरण मोची लेनदेन तथा बिगो, महिनारायण महतो गर्भपतन, किशोरकुमार चौधरी बहुविवाह, मुन्निदेवी जोगी गोसाइँ र हरिनारायण चमार लेनदेन तथा बिगोअन्तर्गतको मुद्दामा बाँकी कैद सजाय मिनाहाा भएपछि रिहा भएका छन्। 


 के छ कानुनी व्यवस्था?

 ‘सजाय माफी, मुल्तवी, परिवर्तन तथा कम गर्नेसम्बन्धी कार्यविधि २०७१’ अनुसार भ्रष्टाचार, जबरजस्ती करणी, सरकारी लिखत कीर्ते, राज्यविरुद्धको अपराध, मानव बेचबिखनसहित २४ वटा अपराधसम्बन्धी मुद्दाको सजाय माफी हुन सक्दैन। त्यसबाहेकका अपराधसँग सम्बन्धित मुद्दाका कसूरदारहरूको कसूरको प्रकृति, कसूर गर्दाको परिस्थिति वा आशय, कसूरदारको उमेर, कैदीको चालचलन, कसूरदारको विगतको चरित्र, कैदीको स्वास्थ्य र कैद सजाय भुक्तान गरेको अवधि तथा बाँकी कैद अवधिको आधारमा कैदीको बाँकी सजाय माफी गर्ने वा नगर्ने आधार निर्क्योल गरिने कार्यविधिमा उल्लेख छ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...