राजपाका लागि चुनाव दश दिनसम्म सार्ने तयार
लहान खबैर /जेठ १४ गते आइतबार । आन्दोलनरत राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी गराउन प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सत्तारुढ दलले दश दिनसम्म चुनाव सार्न तयार भएका छन् ।
जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको दोस्रो चरणको निर्वाचन मिति सार्ने विषयमा सोमबार संविधान विद र मौसम विदहरुसँग छलफल गरी अर्को मिति तय गरिनेछ । तर निर्वाचनको मिति सारे पनि संविधान संशोधन नभएम्म आन्दोलनका कार्यक्रम नरोकिने राजपाले जनाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अबेर राती सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी (केन्द्र), नेपाल लोकतान्त्रिक फोरम तथा प्रतिपक्षी नेकपा एमाले र आन्दोलनरत राजपाबीच भएको छलफलमा निर्वाचन सार्ने विषयमा दलहरु सहमत भएका छन् ।
राजपाका नेता राजेन्द्र महतोका अनुसार एक सातादेखि दश दिनसम्म निर्वाचनको मिति सार्न सबै दल तयार भएका छन् । तर संविधान संशोधन नभएसम्म राजपा निर्वाचनमा सहभागी नहुने अडान राखेको छ ।
महतोले भने,‘चुनाव नविथोलियोस् भन्ने डरले प्रमुख दलका नेताहरु दश दिनसम्म चुनावको मिति सार्न तयार भएका छन् । संविधान संशोधन बाहेकका सम्पूर्ण माग पुरा गर्ने पक्षमा एमाले अध्यक्ष ओली पनि छन् । तर हामीले संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय निकायको संख्या बृद्धि नभए निर्वाचन हुन नदिने अडान राख्यौं ।’
बैठकमा एमाले अध्यक्ष ओलीले राजपा निर्वाचनमा सहभागी हुने र स्थानीय निकायको निर्वाचन पछि संविधान संशोधन गर्ने सर्वपक्षीय लिखित सहमति गर्न आग्रह गरेका थिए । तर राजपाका नेताहरुले अस्वीकार गरेको नेता अनिल झाले बताए ।
राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आफुहरुको मुख्य माग नै संविधान संशोधन र जनसंख्याको आधारमा स्थानीय निकायको संख्या बृद्धि रहेको भन्दै संविधान संशोधन नभएसम्म निर्वाचनमा सहभागी नहुने अडान राखेका थिए । ठाकुरले आफुहरुसँग ६ वटा पार्टी र ६ वटा चुनाव चिन्ह रहेको भन्दै जुनसुकै पार्टी वा चुनाव चिन्हबाट चुनावमा जान सक्ने तर संविधान संशोधन र स्थानीय निकायको संख्या बृद्धि हुनु पर्ने बताए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजपाको माग सम्बोधनका लागि थप छलफल गरी सोमबार पुनः बैठक बस्ने भन्दै बैठक स्थगित गरे ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय