सीधे मुख्य सामग्री पर जाएं

संविधान संशोधनको माँग गर्दै राजपाद्वारा जनकपुरमा लाठी जुलुस ।।

जुलुसका सहभागिहरुको चेतावनीमुलक नारा – मधेशमा उम्मेदवारी दिए कालोमोसो दल्ने


लहान खबैर/जनकपुरधाम, जेठ १४ ।
संविधान संशोधनको माँग गर्दै राष्ट्रिय जनता पार्टीले जनकपुरमा लाठी जुलुस प्रदर्शन गरेको छ । स्थानीय जनक चोकबाट निस्केको सो जुलुस शिव चोक, कदम चोक, जिल्ला प्रशासन कार्यालयको अगाडी हुँदै भैरव चोक, पुरानो बजारको परिक्रमा गरेको थियो ।
जुलुसका सहभागिहरुले चुनाब हुन्न दिन्नका साथै सरकार र प्रमुख विपक्षी दल नेकपा एमाले विरुद्ध नारावाजी गरेका थिए ।

अन्य दलका उम्मेदवारहरुलाई उम्मेदवारी दिए कालोमोसो दल्ने चेतावनी मुलक नारापनि सहभागिहरुले लगाएका छन ।
स्थानीय तहका दोस्रो चरणको चुनाब वहिस्कारको निर्णय गरेका राष्ट्रिय जनता पार्टीले तराइमा अहिले आन्दोलन गरिरहेका छन ।


यसैगरी महोत्तरीको जलेश्वरमा पनि लाठी जुलुस निकालिएको छ । सो जुलुसमा केन्द्रिय नेताहरुपनि सहभागि थिए ।