सीधे मुख्य सामग्री पर जाएं

'मधेश विरोधी सर्वोच्च अदालत'

'मधेश विरोधी सर्वोच्च अदालत'



 लहान खबैर/ १२ जेठ २०७४: मधेशमा आधारित राजनीतिक दलको माग सम्बोधन गर्ने भन्दै सरकारले गरेको स्थानीय तहको संख्या थप्ने निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र ईश्वर खतिवडाको इजलासले दिएको अन्तरिम आदेशसँगै निर्वाचन अघि नै स्थानीय तहको संख्या बढाउने सरकारी निर्णयमा 'ब्रेक' लागेको छ।

यससँगै राजनीतिक दललाई स्थानीय तह निर्वाचनमा सहभागी गराउने सरकारी प्रयास पनि अन्तिम फैसला नआउँदासम्म रोकिएको छ।
सरकारी प्रयासमा लागेको ब्रेकलाई उसले अन्तिम फैसला अघि सर्वोच्चमा दिने जवाफ र त्यसमा उसको पक्षले गर्ने बहसले कुन मोडमा पुर्याउँछ भन्न सकिन्न। तर, यसको सरोकारवाला पक्ष मधेश केन्द्रित दलले कसरी ग्रहण गरेको छ त?

मधेश केन्द्रित दलमध्ये सबैभन्दा ठूलो दल राष्ट्रिय जनता पार्टीले यसलाई 'मधेश विरोधी निर्णय' भएको टिप्पणी गरेको छ। मधेशकै राजनीति गर्ने अर्को दल संघीय समाजवादी फोरमले भने सर्वोच्चले राजनीतिक निर्णय रोक्न नसक्ने भन्दै अन्तरिम आदेशमा 'टिप्पणी गर्नु भन्दा राजनीतिक निकासमा निरन्तर लाग्नुपर्ने' बताएको छ।

अन्तरिम आदेश निकास रोक्ने खालको :  लक्ष्मणलाल कर्ण
वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले सर्वोच्च अदालत मधेश विरोधी भएको बताए। स्थानीय तहको संख्या थप्ने सरकारी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेशप्रति टिप्पणी गर्दै कर्णले मुख्य राजनीतिक दलजस्तै न्यायालय पनि मधेश विरोधी भएको बताए। 

'यो देशमा राजा मधेश विरोधी थिए, कांग्रेस एमाले र माओवादी त मधेश विरोधी छँदैछन्,' कर्णले भने, 'अब सर्वोच्च अदालत पनि मधेश विरोधी भएर निस्कियो।' 

कर्णले सरकारी निर्णयप्रति आफ्नो विमति रहे पनि सर्वोच्चको अन्तरिम आदेश भविष्यमा पनि मधेशको हितमा निर्णय गर्न रोक्ने गरी आएको भन्दै चिन्ता व्यक्त गरे। 

'यो संख्या थप्ने निर्णय पनि जनसंख्याका आधारमा थिएन र त्यो मधेशको हितमा पनि थिएन। त्यसैले हामी त्यसको विरोधमा नै थियौं,' कर्णले भने, 'तर, आज सर्वोच्चले भविष्यमा पनि छुन पाउँदैनौं भन्ने शैलीमा सरकारी निर्णय कार्यान्वयनमा रोक लगाएको छ। यो चिन्ताको विषय हो।'

कानुनले एक वर्षसम्म वडा विभाजन नगर्ने भनेको छ, हिजो पारित गरेर आज संशोधन गर्दा अदालतले रोक लगाउनु कसरी मधेश विरोधी? भन्ने प्रश्नमा कर्णले एक वर्ष कहिलेदेखि सुरु हुन्छ? भन्दै प्रतिप्रश्न गरे।

'कुनै निर्णय कार्यान्वयन नै भएको छैन भने कहिलेबाट प्रारम्भ हुन्छ त्यो एक वर्ष?,' कर्णले प्रश्नमाथि प्रश्न थप्दै भने, 'फेरि यहाँ कहाँ भयो वडा विभाजन?'

सर्वोच्चले राजनीतिक निर्णय रोक्नै सक्दैन :  डा. शिवजी यादव
संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा शिवजी यादवले सर्वोच्चले राजनीतिक निर्णयमा रोक लगाउनै नसक्ने भन्दै अन्तरिम आदेशमा बहस गर्नुको तुक नभएको बताए। 

'अहिले चुनाव गर्नुछ। त्यसैले सर्वोच्चको अन्तरिम आदेशमा बहस गर्नुको कुनै तुक नै म देख्दिन,' यादवले भने, 'राजनीतिक निर्णयलाई सर्वोच्चको आदेशले रोक्नै सक्दैन।' उनले एमालेले प्रतिष्ठाको विषय बनाएर संसद् अवरुद्ध पारिरहेक बेला आएको अन्तरिम आदेश निकासका लागि राजनीतिक उपयोग गर्न सकिने खालको भएको बताए।

'अन्तरिम आदेशले संसद अवरोध गरिरहेको एमालेलाई संसद खोल्न बाध्य पारिदएको छ,' यादवले थपे, 'अब अन्तिम फैसला आउँदासम्म एमाले र राष्ट्रिय जनता पार्टीसहितको सहमतिमा एउटा निर्णयमा पुग्नुपर्छ। सर्वोच्चको अन्तिम आदेश राजनीतिक सहमति अनुकुल नै आउने वातावरण बन्नसक्छ।' 

उनले अहिले अदालतको आदेशमा टिप्पणी गर्ने समय नभए र चुनाव गर्ने समय भएको भन्दै राजनीतिक समस्या राजनीतिक हिसाबले नै समाधान गर्नुपर्ने बताए। 'हामीले त थपिएको स्थानीय तह पनि समाधान हैन भनेर मानेकै थिएनौं, तर यो समाधान खोज्ने एउटा सुरुवात चैं पक्कै पनि थियो,' यादवले भने। उनले भविष्यमा समाधानको बाटो रोक्न अदालत वा राजनीतिक दल कसैले पनि नहुने बताए।

साभार - रमेश वाग्ले/पहिलोपोस्ट

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...