राजपाका नेताहरु देउवा निवासमा
लहान खबैर /शनिवार, जेठ १३, २०७४ : राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरु नेपाली कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानिलकण्ठ पुगेको छन् ।
आफूहरुलार्ई निर्वाचनमा सहभागी हुने वातावरण बनाइदिन आग्रह गर्नका लागि मधेस केन्द्रित दलका नेताहरु देउवासँग छलफल गर्न जानुभएको राजपाका नेता केशव झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो-‘समसामयिक विषयमा छलफल गर्न गएका हौं'
जेठ ३१ गतेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको भोलिपल्टै देउवासँग छलफलका लागि नेताहरु देउवानिवास पुगेका छन् ।
६ वटा मधेस केन्द्रित दलको एकता पछि भनेको राजपाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राय यादव, राजकिशोर यादव, कुमार झा देउवानिवास जानुभएको हो ।
राजपा निर्वाचन आयोगमा दर्ता छैन् । राजपाले शनिबारदेखि एक सातासम्म आन्दोलनको कार्यक्रम शुक्रबार सार्वजनिक गरेको छ ।