सीधे मुख्य सामग्री पर जाएं

भारतीय राजनीतिमा नयाँ तरङ्ग !

भारतीय राजनीतिमा नयाँ तरङ्ग !




सामान्य चर्चामा रहेका योगी आदित्यनाथलाई अचानक उत्तर प्रदेशको मुख्यमन्त्री नियुक्त गरेकै शैलीमा भारतीय जनता पार्टी समर्थित एनडीए गठबन्धनले विहारका राज्यपाल रामनाथ कोविन्दलाई भारतको भावी राष्ट्रपतिको उमेदवार बनाएको छ । यो समाचारसँगै फेरि एक पटक भारतीय राजनीतिमा नयाँ तरङ्ग आएको देखिँदै छ । कोविन्द भाजपाभित्रका दलित चेहरा हुन् । 
उपेक्षित र दलित समुदायका रामनाथलाई हिन्दूवादी र दलितविरोधी पुरातनपन्थी भनेर आरोप लगाइने गरेको भाजपाले यसरी राष्ट्रपति पदको उमेदवार बनाउला भनेर कमैले विश्वास गरेका थिए ।
वास्तवमा राष्ट्रपतिका लागि सम्भावित उमेदवारहरूको ‘टप फाइभ लिस्ट’ मा रामनाथको नाम चर्चामै थिएन । सञ्चारमाध्यममा समेत रामनाथका बारेमा खासै चर्चा भैरहेको थिएन । तर सोमबार अचानक बीजेपी अध्यक्ष अमित शाहले भावी राष्ट्रपतिका रूपमा एनडीए (राष्ट्रिय जनतान्त्रिक गठबन्धन) का तर्फबाट रामनाथको नाम प्रस्तुत गरे र सबैलाई आश्चर्यमा पारे ।
रामनाथको उमेदवारीले आफूलाई निकै प्रगतिशील देखाउन चाहने कांग्रेस, वामपन्थी र समाजवादी पार्टीहरूको गठबन्धन युपीए (संयुक्त प्रगतिशील गठबन्धन) सामु गम्भीर चुनौती खडा भएको छ । यस्तो लाग्दैछ, अब राष्ट्रपति पदको प्रत्यासीका रूपमा विपक्षी गठबन्धनले जसलाई अगाडि सारे पनि उनीहरूको उमेदवारीको सान्दर्भिकता समाप्त भएको छ र उनीहरूका तर्कलाई पनि पूर्णविराम लागेको छ । रामनाथको उमेदवारीसँगै राष्ट्रपति पदलाई लिएर सुरु हुन लागेको भारतीय राजनीतिको चुनावी लडाइँ भारतीय जनता पार्टीले जितिसकेको अनुभव धेरैले गरेका छन्, भलै रामनाथको जय पराजयको घोषणा हुन अझै केही दिन लाग्नेछ । 
त्यसो त भाजपाले रामनाथको नाम घोषणा गरेर विपक्षलाई समेत मनाउने प्रयास गरेको देखिन्छ । विपक्षी पार्टीहरूले राष्ट्रपतिमा पहिले भाजपाले नै उमेदवार घोषणा गरोस् भन्ने चाहिरहेका थिए र भाजपाको उमेदवारी हेरेर आफ्नो उमेदवार घोषणा गर्ने रणनीतिमा थिए । अब विपक्षीहरूले २२ जूनमा बैठक गरेर आफ्नो उमेदवार घोषणा गर्दैछन् ।
तर रामनाथको उमेदवारीले विहारका मुख्यमन्त्री नीतीशकुमार र उत्तर प्रदेशका सपा एवं बसपा नेताहरूको सहानुभूतिसमेत उनैतिर तानिन सक्ने सम्भावना बढेपछि युपीए गठबन्धन निकै दबाबमा परेको र तत्कालै प्रतिक्रिया व्यक्त गर्नसमेत अनिच्छुक रहेको देखिएको छ ।
राष्ट्रपति पदको उमेदवार बनेसँगै रामनाथ कोविन्द प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहसँग भेटघाट गर्न दिल्ली पुगिसकेका छन् । बीजेपीका प्रमुख नेताहरूसँग दिल्लीमा उनको भेटघाट समेत भैसकेको छ । उनी दिल्ली पुग्दा भाजपाका केही वरिष्ठ नेताहरू उनलाई स्वागत गर्न विमानस्थलमै पुगेका थिए ।
यसअघि विहारका राज्यपाल रहेका रामनाथ कोविन्द एनडीएका तर्फबाट राष्ट्रपतिको उमेदवार बनेपछि विहारका मुख्यमन्त्री नीतीशकुमार राजभवन पुगेर उनीसँग भेटघाट गरेका थिए । नीतीशकुमारले रामनाथलाई समर्थन गर्छन् वा गर्दैनन् भन्ने कुरा अझै स्पष्ट भैसकेको छैन । तर केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीको निम्तोमा नीतीशकुमार उनको आवासमा खाना खान पुगेको र उनीहरूबीच गोप्य छलफल भएको समाचार बाहिर आउनुको रहस्य यतिबेला आएर खुलेको महसुस सबैतिर भैरहेको छ । रामनाथलाई उमेदवार बनाउने काम मोदीले नीतीशकुमारसँग सल्लाह गरेरै गरेका रहेछन् कि भन्ने आशंकालाई पछिल्लो घटनाक्रमले पर्याप्त पुष्टि गरेको छ ।
‘‘रामनाथलाई भोट दिनुहुन्छ त ?’’ भन्ने प्रश्नमा जनता दल युनाइटेडका नेता नीतीशकुमारले भनेका छन्, ‘‘यो प्रश्नको उत्तर अहिले दिनु उचित छैन । मेरो लालुजीसँग कुराकानी भएको छ । सोनियाजीसँग पनि फोनवार्ता भएको थियो । मैले आफ्नो भावना उहाँहरूलाई अवगत गराएको छु । तर यसबारेमा पछि पनि कुराकानी हुन्छ । मेरा लागि व्यक्तिगत तवरमा विहारका राज्यपाल देशको राष्ट्रपतिका उमेदवार घोषित हुनु प्रसन्नताको कुरा हो ।’’
कोविन्द वरिष्ठ अधिवक्ताका रूपमा सार्वजनिक छवि बनाएका राजनेता हुन् । उनले १६ वर्षसम्म सर्वोच्च अदालत र दिल्ली उच्च अदालतमा वकालत गरेका थिए । उनी भाजपाका तर्फबाट राज्यसभा सांसद बनिसकेका छन् । उनी राष्ट्रपतिमा चुनिए भने के.आर. नारायणन्पछि दलित समुदायबाट भारतको राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुनेछन् । उनी उत्तर प्रदेशको कानपुर जिल्लाअन्तर्गत परौंखा गाउँका बासिन्दा हुन् । उनी राष्ट्रपतिको उमेदवार बनेपछि उनको गृहनगर कानपुरमा खुसीयाली छाएको र उनका छिमेकीले मिठाई बाँडेको खबर केही भारतीय सञ्चार माध्यमले दिएका छन् ।
रामनाथले आगामी २३ जूनमा मनोनयनपत्र दाखिल गर्ने बताइएको छ ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...