नेपालका राष्ट्रिय झन्डा बोकेर आन्दोलनमा ओर्लिए मधेशी
सरोज राय,लहान खबैर / जेठ ३० ,,अहिलेको आन्दोलन राजपा को मात्र होइन, संशोधन विना चुनाव हुनु हुँदैन मत राख्ने सम्पूर्ण मधेशी जनताको हो । विगतमा भएको हरेक मधेश जनान्दोलनमा मधेश मुद्धाको लागि संघर्षरत दलहरुले जसरी नेतृत्व गरेका थिए त्यसरी नै यसपालीको आन्दोलनको नेतृत्व राजपाले अवश्य लिएका छन् तर आन्दोलनमा मात्र राजपाको कार्यकर्ता होइन, आफ्नो अधिकार खोजिरेहेका आम जनता पनि सडकमा आएका छन् ।
यदि कसैले भन्छ कि यो आन्दोलन पारीबाट आएकाले गर्दै छन् भने त्यो मधेशको लागि दुर्भाग्य हो । आजसम्म मधेशमा भएका हरेक आन्दोलनको अपमान हो, बलिदानी दिएका हरेक शहिदको अपमान हो, मधेशी जनताको अपमान हो । बाहिरको ले यहि व्याख्या गर्छ कि मधेशको हरेक आन्दोलन पारीबाट आउनेहरुले गरेका रहेछ ।
नेपालका राष्ट्रिय झन्डा बोकेर आन्दोलनमा ओर्लिएका यी जनता पारीको होइन, नेपाली हुन् । राष्ट्रिय झन्डा बोक्नु जति प्रशंशीय हुन्, आन्दोलनलाई पनि त्यतिकै मर्यादित बनाउनु पर्छ । आन्दोलनमा कुनै किसिमको तोडफोड हुनु भएन र साथै कुनै पनि नेपालीले शहादत दिनु नपरोस खालको वातावरण कायम राख्न नेतृत्वकर्ता संग आग्रह गर्न चाहन्छु ।
लेखक - सरोज राय

![]() |
| लेखक - सरोज राय जी |