महोत्तरीमा युवतीलाई सामुहिक बालात्कार गर्ने दोषीहरुलाई फाँसीको माग गर्दै महिलाहरु सडकमा
आरएन महतो-
महोत्तरी, जेठ ३०गते ।
महोत्तरी, जेठ ३०गते ।
महोत्तरीको औरही गाउँपालिका—२ फूलबरीयामा अइतबार साँझ एक २०—२१ बर्षीय युवतीलाई सामुहिक बालात्कार गरेका दोषीहरुलाई पक्राउ गरेर फाँसी दिनु पर्नेे माग गर्दै टायर बालेर महिलाहरुले प्रर्दशन गरेका छन् । सडक बन्द गरेर गरिएको प्रदर्शनले बर्दिबास—औरही—जलेश्वर सडक खण्ड अवरुद्ध छ । प्रचण्ड घामसंगैको उखरमाउलो गर्मिमा गाउँ गाउँबाट प्रदर्शन गर्न आएका महिलाहरु छाता ओढेर प्रदर्शन गरेका थिए । सडकमा सवारी साधन र काठका मुढा तेस्रयाएर सडक अवरुद्ध पारिएको छ ।
औरही बजारमा ब्युटीपालर संचालन गरी साइकलमा घर फर्किने क्रममा आइतबार साँझ औरहीकै स्थानीय युवतीलाई शुनसान सडकको बीचबाटै युवाहरुको समुहले नजिकैको खेतमा लगेर सामुहिक बालात्कार गरेका थिए । बालात्कारपछि युवती बेहोस भएका थिए । आफुलाई युवाहरुले सामुहिक बालात्कार गरेको पीडितले प्रहरीमा व्यान दिएका छन् । ल्याब रिपोट आउन बाँकी छ ।
घटनाको विरोधमा सोमबार पीडित युवती गाउँका सयौं महिलाहरुले प्रदर्शन गर्दै बालात्कार गर्ने पीडकलाई सरकारले फाँसीको सजाय दिनु पर्ने सरकारसंग माग गरेका छन् । औरहीको स्कूल चोकमा महिलाहरुले प्रदर्शन गर्दै पीडकलाई प्रहरीले २४ घण्टा भित्र पक्राउ गर्नु पर्ने माग अघि सारेर सडक जाम गरेर धर्ना समेत दिएका छन् ।
‘ चेलीबेटीको इज्जत लुट्नेलाई फाँसिको सजाय हुनु पर्छ,’ पीडित युवतीको न्यायको लागि सडकमा प्रर्दशन गरिरहेकी ३५ बर्षीय सुनिता देवीको कुरामा मिथिला देवीले थप्नु भयो,‘हाम्रो देशमा महिलाको इज्जत लुटनेहरुलाई कडा कारवाहीको व्यवस्था छैन । बालात्कारीलाई लिंग काटेर चौराहामा जीउँदै जलाउनु पर्छ ।’ युवतीको सामुहिक बालात्कारको घटनाले गाउँलेहरु त्रसित बनेका छन् ।
सामुहिक बालात्कारीमा संलग्न सबैलाई प्रहरीले पक्राउ गरेर कारवाही गर्नु पर्ने स्थानीय सुरजकला सहनीले प्रहरीप्रशासनसंग माग गर्नुभयो । ‘ अपराधीलाई कारवाही हुनै पर्छ । निर्दोष चेलीलाई इन्साफ दिनै पर्छ,’ प्रदर्शनमा नारा लगाउँदै भन्नुभयो,‘ अपराधी पक्रिएन भने बालात्कार जस्ता महिला हिंसाका घटना बढ्न सक्छ ।’ बालात्कारीलाई प्रहरीले समयमा पक्रिएन भने महिलाहरु आन्दोलन गन बाध्य हुने प्रहरीप्रशासनलाई रामवत्ति देवीले चेतावनी दिनुभयो ।
आइतबारको युवतीमाथि भएको सामुहिक बालात्कारको हमलाले गाउँलेहरु त्रसित भएका छन् । आइतबार साँझ ८ बजेदेखि १२ बजेसम्म गाउँलेहरुले प्रहरी चौकीमा धर्ना समेत दिएका थिए । सडकमा भेटेएकी इन्दु देवी महतोले भन्नुभयो,‘गाउँबाट स्कूल टाढा छ । चोउरीचाँचर(शुनसान ठाउँ)को बाटो भएर हाम्रो छोरीहरु पढ्न जान्छन् । हामीलाई छोरीलाई एकलै स्कूल पठाउन पनि सोच्न पर्ने अवस्था आयो हजुर ।’
बालात्कार गरेको आरोपमा औरहीका २२ बर्षीय सुनिल साह प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरी एसपी राजकुमार लम्सालले बताउनुभयो ।
‘पीडकलाई पक्राउ गरेर कानुन अनुसार कारवाही हुन्छ,’ एसपी लम्सालले भन्नुभयो,‘प्रहरीले गर्ने काम गरिरहेका छ । सामुहिक बालात्कार भएको कुरा पीडितले हामीलाई मौखिक व्यान दिएको छ । स्वास्थ्य चेकजाँचको रिपोट आउँन बाँकी छ । आरोपीहरुलाई पक्राउन गर्न प्रहरी खटाएका छौं । ’ स्थानीयले सो समुह मध्येका एक युवकलाई स्थानीयले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका उहाँले बताउनुभयो ।
‘युवतीको राती उद्धार गरेर हामीले जनकपुर अञ्चल अस्पताल पठाएका छौं,’ इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर शम्भू पोखरेलले भन्नुभयो ।
आफ्ना व्यपारी साथी बालात्कार गर्ने युुवा समुहलाई पक्राउ गरेर कारवाहीको माग गर्दै सोमबार बिहानै देखि उद्योग वाणिज्य संघ औरहीले औरही बजार दिनभर बन्द गराएका छन् । बिहान १० बजेदेखि १ बजे सम्म बर्दिबास—औरही —जलेश्वर सडक खण्ड बन्द गराएका छन् । दोषीलाई काडा कारवाहीको माग गर्दै बजार र सडक बन्द गरिएको उद्योग वाणिज्य संघ औरहीका अध्यक्ष राजकिशोर चौधरीले बताउनुभयो
।