ब्युटिसियनलाई अपहरण पश्चात सामुहिक वलात्कार गर्ने चारजना आरोपी १२औ दिनमा पक्राउ
लहान खबैर/अषाढ ९ गते,महोत्तरी । महोत्तरीमा गत १२ दिन पहिले भएको सामुहिक बलात्कार घटनाका चारजना आरोपीहरुलाई प्रहरीले नियन्त्रणमा लिइ सार्वजनिक गरेको छ । जिल्लाको औरही गाँउपालिकामा भएको सो सामुहिक बलात्कार घटनाको दोषीहरुलाई पक्राउ गरि हदैसम्मको सजाय दिन विगत १२ दिन देखि सौन्दर्य कला व्यवसायी संघ धनुषा तथा विभिन्न जिल्लाहरुले र्याली निकाली प्रहरीमाथी जनदवाव दिइएको तथा धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत गृह मन्त्रालयमा समेत दवाव स्वरुप ज्ञापनपत्र बुझाएको थियो ।
यता महोत्तरीका प्रहरी उपरिक्षक राज कुमार लम्सालले विहिवार पत्रकार सम्मेलन गर्दै औरही गाँउपालिका २ का २२ वर्षिय सुनिल साह,२० वर्षिय अनिकेत यादव,२१ वर्षिय रमेश पंजियार र सोहि ठाउ वस्ने २० वर्षिय सुरेश यादवलाई सार्वजनिक गरेका छन । आरोपीहरुलाई सार्वजनिक गर्दै प्रहरी उपरिक्षक लम्सालले २८ गते घटना भएकोमा २९ गते नै मुद्दा दर्ता गरि पिडितले पहिचान गरेको आरोपी सुनिल साहसंग अनुसन्धान गरि थप तिन जना आरोपीलाई विहिवार विहान समातेको बताए । उनले घटना कै दिन देखि आरोपीहरुको खोजी भैरहेको तर औरहीमा घटनालाई लिएर भएको तनावका कारण अनुसन्धान गर्न केहि समय लागेपनि आफुहरु सफल भएको बताए । आरोपीहरुलाई हदैसम्मको सजाय हुनेमा विश्वस्त रहन समेत प्रउ लम्सालले बताए । हाल चारैजनालाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान सुरु भईसकेको उहाले बताए ।
यस्तो थियो घटना ः
औरहीमै सानो व्यवसाय संचालन गरि वसेकि २० वर्षिय पिडिता अन्दाजी ७ः३० साझमा आफ्नो घर तर्फ गईरहेको वेला हालको औरही गाउपालिका २ स्थित औरही देखि फुलवरीया गाउ तर्फ जाने बाटो सडकसंग जोडिएको जोतेको खेतमा प्रतिवादी सुनिल साह तथा अन्य आरोपीहरुले लगि लडाई दिएको र उनी रोई कराई गर्दा जवरजस्ती कुटपिट गरि पालै पालो बलात्कार गरेको प्रहरीको भनाई छ ।
स्थिति नियन्त्रणमा लिन पाच राउण्ड हवाइ फायर ः
पिडितालाई न्याय दिन तथा घटना स्थलमै पक्राउ गरेका आरोपी सुनिल साहलाई आफुहरुको जिम्मा लगाउन स्थानियहरुले प्रहरीमाथी नै घटना भएकै दिन प्रहरीलाई घेराउ गरि ढुंगा मुढा गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाच राउण्ड हवाइ फायर गरेको थियो । स्थानियहरुले भने आरोपीलाइ आफुहरुले भौतिक कार्यवाही गर्ने भनेर आरोपी हस्तान्तरण गर्न ढुंगामुढा गरेको थियो ।
सौन्दर्य कला व्यवसायीहरुले गरे आन्दोलन ः
पिडितालाई न्याय दिन र दोषीलाई कार्यवाही गर्न विगत १२ दिन देखि सौन्दर्य कला व्यवसायी संघ धनुषा तथा अन्य जिल्लाले समेत कार्यवाही गर्न विभिन्न विरोधका कार्यक्रम तथा र्यालीहरु निकालेका थिए । त्यसतै सौन्दर्यकला व्यवसायी संघ महोत्तरीले पिडितालाई चौध हजार सात सय रुपया आर्थिक सहयोग समेत गरेको थियो ।
दोषीलाई हदैसम्मको कार्यवाही होस ः
सौन्दर्यकला व्यवसायी संघ धनुषा कि अध्यक्ष कल्पना थापाले दोषीलाई हदैसम्मको सजाय हुनु पर्ने बताएकि छिन । पिडितालाई न्यायको लागि घटनाको भोली पल्ट देखि नै र्याली तथा जनदवाव को लागि संघर्ष गर्दै आएकि उनले महिलालाई स्वतन्त्रता पुर्वक वाच्न र काम गर्न पाउने अधिकार कुण्ठित गर्न गरिएको दुस्प्रयालाई निस्तेज पार्न हदैसम्मको कार्यवाही हुनु पर्ने बताईन । उनले साझ पर्ने वितिक्कै यस्ता नरपिपाशुको शिकार भईन्छ कि भन्ने डरले महिलाको स्वतन्त्रता खोसेकोले यसवारे सरोकारवाला सवै गम्भिर हुनु पर्ने बताए । उनले महोत्तरी प्रहरीले घटनामा देखाएको सकृयता प्रशंसनिय रहेको भन्दै प्रहरीले यस्ता घटना हुनै नदिन झनै सतर्क हुनु पर्ने बताईन ।
अपराध गर्नेलाई छोडदैनौ ः प्रहरी उपरिक्षक
महोत्तरीका प्रहरी उपरिक्षक राजकुमार लम्सालले जस्तो सुकै अपराधी भएपनि कानुन भन्दा टाढा नभएको र त्यसता अपराधीहरुलाई हदैसम्मको सजाय दिलाउन आफुहरु प्रतिवद्ध रहेको बताए । उनले यस आर्थिक वर्षमा महोत्तरीमा दर्जन भन्दा वढी बलात्कारका घटनाहरु भएकोमा अधिकांशका आरोपीहरु प्रहरीको गिरफ्तमा रहेको र फरार रहेका एकाध आरोपीहरु समेत चाडै नियन्त्रणमा आउने बताए । महिलालाई सम्मान गर्न नसक्ने अपराधी कुनै पनि हालतमा नछुट्ने र आफ्नो प्रहरीको टिम महिलाको आत्म रक्षा तथा अस्मिता रक्षाको लागि सदैव तयारी अवस्थामा रहेकोले यस्ता अपराधीहरुसंग नडराउन र त्यसतो अपराधको सम्भावना वा शंका लागे तुरुन्त हामीलाई खवर गर्न सवैलाई आग्रह गरे ।
सामुहिक बलात्कारीलाई यस्तो छ सजाय ः
बलात्कार गर्नेलाई पाच देखि सात वर्षको सजाय तथा उचित क्षतिपुर्तिको कानुनी व्यवस्था रहेको जिल्ला अदालत महोत्तरीमा कानुन व्यवसाय रहेका अधिवक्ता विकरु यादवले बताए । उनले सामुहिक वलात्कारका दोषीलाई भने थप पाच वर्ष कैदको व्यवस्था रहेको बताए । अधिवक्ता यादवले यस सामुहिक बलात्कारको मुद्दामा समेत आरोपीहरु उम्किन सक्ने अवस्था नरहेको बताए ।