सीधे मुख्य सामग्री पर जाएं

आक्रमक हुँदै आन्दोलन, थप कार्यक्रम घोषणा हुने



आक्रमक हुँदै आन्दोलन, थप कार्यक्रम घोषणा हुने

 लहान खबैर/। मधेशमा जारी आन्दोलन शुक्रबार आक्रमक बनेको छ । सरकारले आन्दोलनरत पक्षको सहमति विना दुई नम्बर प्रदेश निर्वाचन स्थगित गरेको र माग पुरा गर्ने विषयमा ध्यान नदिएको भन्दै आन्दोलन आक्रमक बनेको हो ।
विहीबार सरकारले आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका बाबजुद दुई नम्बरको निर्वाचन मात्र स्थगित गरेको छ । सरकारले मधेशको माग सम्बोधनका विषयमा कुनै चासो नदिएको भन्दै आन्दोलन थप शसक्त बन्ने राजपाका नेता राजेन्द्र महतोले बताए ।
यता शुक्रबार विहानदेखि राजपका नेताहरु छलफलमा जुटेका छन् । महन्थ ठाकुरको निवास सानोठिमी भक्तपुर राजपाका नेताहरुबीच छलफल भएको छ ।
शुक्रबार नै थप आन्दोलनका कार्यक्रम घोषणा हुने राजपाका नेताहरुले बताएका छन् ।
पाँच नम्बर प्रदेशको निर्वाचन स्थगित नगरी मधेशीहरुबीच विवाद ल्याउन खोजेको भन्दै आन्दोलनकारीहरु आक्रमक हुँदै विभिन्न स्थानमा तोडफोड गरेका छन् ।
राजपाका नेता हृदयेश त्रिपाठी शुक्रबार आन्दोलनलाई शसक्त बनाउन पश्चिमतिर लागेका छन् ।
राजपाका सचिव उपेन्द्र महतोका अनुसार
बन्द, चौथों दिन Update
-२ अषाढ, २०७४
६. मोरंग – बिराटनगरमा झड़प, थप ६ आन्दोलनकारी प्रहरी हिरासतमा जम्मा २० आन्दोलनकारी प्रहरी हिरासतमा
५. मोरंग – बिराटनगरमा झड़प, १४ आन्दोलनकारी प्रहरी हिरासतमा
४. सुनसरी – गाँउ गाँउमा टायर बाली बिरोध प्रदर्शन
३. नवलपरासी – गाँउ गाँउमा टायर बाली बिरोध प्रदर्शन
२. नवलपरासी – काँग्रेसको झण्डा तथा प्रचार सामग्री टीसर्ट आन्दोलनकारी ले जलाए
१. सिरहा – गोलबजार आन्दोलनकारीले प्रहरीले प्रयोग गरिरहेको बसमा तोड़फोड़।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...