सीधे मुख्य सामग्री पर जाएं

सर्लाही – सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन्

सर्लाही – सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन्



लहान खबैर/ सर्लाही – सर्लाहीको बरहथवाबाट बालक अपहरण गर्ने छिमेकी सहित तीन जनालाई प्रहरीले सार्वजनिक गरेका छन् । बालक अपहरण गरेर भारत पुर्याउने तीन जनालाई पक्राउ गरी ९ दिन पछि ७ वर्षीय बालकलाई भारतको घोडासान स्थित रेल्वे स्टेशनबाट सकुशल अपहरण मुक्त गराउन सफल भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक ललन कुर्मीले बताए। जेठ १५ गते रौतहट गढिमाई नगरपालिका–१ घर भइ हाल बरहथवा–६ मा बासोबास गर्दै आएका गोरु व्यापारी रामपुकार यादवका ७ वर्षीय छोरा राकेश कुमार यादवलाई बरहथवा स्थित घर अगाडिबाट खेलिरहेका अवस्थामा अपहरण गर्ने दुई जान छिमेकी सहित तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक कुर्मीले बताए ।
बलाक अपहरण आरोपमा रौतहट, गढिमाई नगरपालिका–१ का २२ वर्षीय अशोक यादव, १८ वर्षीय विक्की यादव र रौतहट देवाहीगुना गाउँपालिका–३ का ३३ वर्षीय मोहन शाह कानुलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गरेका गढीमाई–१ का यादव द्वय अपहरित बालकको छिमेकी हुन । बालक अपहरणमा प्रयोग भएको बिआर ०५ एफ ७३८१ नम्बरको भारतीय नम्बर प्लेटको १८० सीसीको पल्सर मोटर साइकल समेत प्रहरीले बरामद गरेको छ ।

बालक अपहरण आरोपमा ५ जनालाई भारतीय प्रहरीले समेत पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक उतमराज सुवेदीले बताए । नेपालबाट भारत सम्म बालक अपहरण गरी पुर्याउने योजनाकार यादव संगै अपहरणमा संलग्न दुई जनालाई पक्राउ परेको छ, प्रहरी उपरीक्षक सुवेदीले भने,‘अपहरणमा संलग्न केही व्यक्ति भारतीय प्रहरीको हिरासतमा छन् । अनुसन्धान जारी छ । बालक अपहरणका मुख्य योजनाकार पहिचान भएको छ । चाँडै पक्राउ पर्छन ।’रौतहट लक्ष्मिपुरका बारुद सिंह भनिने सुरेन्द्र यादवको मुख्य योजनामा पक्राउ परेका अशोक यादवको योजनामा फिरौती असुल्नका लागि बालकको अपहरण भएको प्ररम्भिक अनुसान्धनबाट खुलेको प्रहरीले जनाएको छ। नेपालको रौतहटबाट अशोक यादवले विक्की यादव र मनमोहन यादवलाई परिचालन गरेका थिए भने भारतको घोडासानबाट सुरेन्द्र यादवले भारत बैरगिनियाका नरेन्द्र चौधरी र परंहस यादवलाई परिचालन गरी बालकलाई लुकाएको अनुसन्धानबाट खुलेको छ । पीडित परिवारलाई धम्की दिएर फिरौती माग्ने काम सुरेन्द्र आफैले गरेको प्रहरीले जनाएको छ ।
बालकलाई सकुशल अपहरण मुक्त गराउन क्षेत्रीय प्रहरी कार्यालय हेटौडा, अञ्चल प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय बरहथवा, जिल्ला प्रहरी कार्यालय रौतहट, भारतको सितामढी र मोतिहारी जिल्लाका प्रहरीले संयुक्त रुपमा अनुसन्धान अनुसन्धान गरी अप्रेशन सफल बनाएको प्रहरीले जनाएको छ । नागरिक न्युज

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...