कतारले १३ बुँदे माग पुरा नगरे सँधैका लागि सम्बन्ध तोड्ने छिमेकी देशको चेतावनी
लहान खबैर/असार १० – कतारसँग कुटनीतिक सम्बन्ध तोडेका छिमेकी देशहरुले आफुहरुले राखेका १३ बुँदे माग पुरा नभए कतारसँग सँधैका लागि सम्बन्ध तोड्ने चेतावनी दिएका छन् ।
सम्बन्ध सुधारका लागि शुक्रबार १३ बुँदे माग राखेका देशहरुले कतारले आफ्ना मागलाई गम्भिर रुपमा नलिएर उनीहरुकै शब्दमा ‘डिभोर्स’ गर्ने चेतावनी दिएका हुन् ।
युएईका परराष्ट्रमन्त्री अनवार गरगाशले कतारले आफुहरुले राखेका माग सम्बोधनमालागि चासो नदेखाए डिर्भोसका लागि तयार हुनु पर्ने बताउनुभएको अरब न्युजले उल्लेख गरेको छ ।
युएई, साउदी, बहराइन र इजिप्टले शुक्रबार कतारसँग १३ बुदे माग राखेका छन् । उनीहरुले कतारको टेलिभिजन च्यानल अल जजीरा बन्द गर्नुपर्ने, इरान र टर्कीसँगको सम्बन्धलाई घटाउनु पर्ने लगायतका माग राखेका हुन् । यस्तै उनीहरुले आफ्ना माग पुरा नभएसम्म कतारमाथि लगाएको प्रतिबन्ध पनि नफुकाउने बताएका छन् ।
छिमेकी देशहरुको पछिल्लो माग बारे कतारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । कतारसँग युएई, साउदी, बहराइन लगायतका नौ देशले कतारले आतंकवादलाई सहयोग गरेको आरोप लगाउँदै कुटनीतिक सम्बन्ध तोडेका छन् । तर कतारले यो आरोपको खण्डन गरिसकेको छ ।