सीधे मुख्य सामग्री पर जाएं

प्रवासी मिथिला समाज कल्याण (दोहा कतार) द्वारा आर्थिक सहयोग र जनकपुरको अभियानि द्वारा विहेमा दाईको कर्तब्य निर्वाह:

प्रवासी मिथिला समाज कल्याण (दोहा कतार) द्वारा आर्थिक सहयोग र जनकपुरको अभियानि द्वारा विहेमा दाईको कर्तब्य निर्वाह:


सरोज राय, लहान खबैर/ जेठ २९ गते --करिव सात-आठ दिन पहिला कतारबाट रविन्द्र उदासी माली मार्फत गोलबजार-५ हवेली टोल निवासी डोमा मोची चमारको अति दयनीय स्थिति वारे जानकारी पाए। सात-सात वोटा छोरी त्यसमा पनि माइलि छोरीको विहे हुन् लागेको तर विहेमा खर्च गर्न डोमा संग फुटी पैसा नरहेको जानकारी पाए। कतारमा मजदुरीको काम गरिरहेका रविन्द्र उदासीले जसरी भएपनि यस परिवारलाई सहयोग गर्नु पर्छ भनेर प्रस्ताव राखे। त्यति मात्र होइन दुई दिन भित्र यस परिवारको लागि २५०००/- सहयोग पनि मेरो जिम्मामा पठायो। यता म स्वंम काठमाडौँमा तराई मधेश राष्ट्रिय परिषद्को अभियानमा व्यस्त भएको हुनाले विहे भन्दा दुई दिन पहिले नै लुगा कपडा किन्न रु. १५०००/- नगद मनी ट्रान्सफर मार्फत डोमालाई पठाए । डोमा त्यहि दिन चाहिने जति लुगा कपडा खरिद गरे र राती मलाई फोनबाट बिहेमा आउन निम्तो पनि दियो ।


यो मेरो लागि राम्रो मौका थियो। हाम्रो नेपाली समाजमा छुवा-छुतको निकै प्रभाव रहेको छ । यसलाई समाप्त गर्न हामी #TMNC बाट उपयुक्त उपायहरु खोजी रहेको थिए । ठुला-ठुला भाषण दिएर, ठुला-ठुला होटलमा कन्फरेन्स गरेर यो समस्या कदापि समाधान हुने छैन । यसले NGO INGO को पैसा मात्र बैलेंस हुन्छ, जमिनमा केहि फरक पर्ने वाला छैन । यो भन्दा फरक उपाय खोजि रहेको थिए र यसका लागि सर्लाहीको १७ दलित बस्तीमा गएर करिव तिन महिना रिसर्च गरे र तत्काल दुई वटा विकल्प हामीलाई सुझियो । पहिलो शिक्षा र दोस्रो यिनीहरुको बराबरमा आफुलाई उभाउने। छुवा-छुत हटाउने अभियानको शुरुवात गर्न यो मेरो लागि धेरै राम्रो मौका थियो ।



आज विहान नै काठमाडौँ बाट जनकपुर आई पुगे। जनकपुरबाट युवा अभियानी रियाज साफी, मासको संयोजक सरोज मिश्रा र पत्रकार तथा बाँसुरी वादन घनश्याम मिश्रा आज विहान चिया खाएर विहेमा शामिल हुन् गोलबजारको लागि रवाना भए । करिव ११ बजे हामी डोमको घरमा थिए र जुन स्वागत हामीलाई गर्यो त्यो ठुला बडाको विहेमा पनि पाउन गाह्रो हुन्छ । दिउँसो विहे भए पनि बरातिको अतोपतो थिएन। स्वम्वर स्टेज र मरवा सजाउन काम भईरहेको थियो । हामी पनि सजाउन हात बटाउन थाले । र बराती आउनु पुर्व डोमालाई प्रवासी मिथिला समाज कल्याण (दोहा कतार) ले पठाएको सहयोगबाट वाकी रहेको १० हजार पनि डोमा लाई जिम्मा लगाए र केहि फोटोहरु पनि लिए । करिव दुई बजे पछि बारात आइ पुग्यो । विभिन्न रितिरिवाज पछि स्वंमवरको कार्यक्रम शुरु भयो । स्टेजमा चढ़ेर आशिर्वाद दिने रिवाज घरको मान्छे वा करिवी आफन्तले मात्र गर्छ तर डोमाले मलाई स्टेजमा बोलायो । स्टेजमा चढ़ेर विहुलिलाई बहिनी मान्दै आशिर्वाद दिए । रिति रिवाज चल्दा चल्दै ४:३० बज्न थाल्यो, विहान देखि हामी चारै जना भोखै थिए । स्वंमवरको कार्यक्रम सकेर मात्र खान खुवाउने चलन रहेको थियो, तर भोखले बर्दास्त गर्न छोडे पछि डोमा संग मुखै खोलेर खाना मांगे । सुन्न वितिकै तुरन्त डोमाले खानाको इन्तजाम गर्यो र हामी अघाए।



उता स्वंमवरको सबै रिवाज सकेर वेहुला-विहुली पराम्परगत विहेको लागि मरवामा बसीसकेको थियो । हाम्रो यता प्राय जुन पनि विहेमा शुरुवात वेहुला-वेहुलीको गांठ बाँधेर अरु रिवाज शुरु हुन्छ । गांठ बाँध्ने रिवाज बेहुलीको दाईले गर्नुपर्छ तर वेहुली सात बहिनी मात्र थिए, भाई थिएन। केटीपक्ष आफन्त दाइलाई खोज्न थाले। मेरो लागि यो राम्रो मौका थियो, तुरन्त वेहुलिको बुवा डोमा निर गएर मैले प्रस्ताव राखे कि यो रिवाज दाजुको हैसियत बाट म निभाउन चाहन्छु। केटी पक्ष आश्चर्यमा परे, पछि उनीहरु आपसमा कुरा गरेर गांठ बाँध्ने मौका मलाई दियो। तुरन्त मरवा भित्र पसेर बेहुलाको धोती र बेहुली साडीको किनार समातेर गांठ बाँधे। यस पछिको रिवाजहरु एक-एक गरि चल्न थाल्यो तर दुर्भाग्य हामी सित रहेको मोवाइलको बैट्री डिस्चार्ज भईसकेको थियो। केहि महत्वपूर्ण पलहरु कैद गर्न पाइन् । अन्तमा एकजना बरातिको मोवाइल बाट हामी विदा हुनलागेको केहि फोटो लिन सफल भए ।


तर, कहानी याँहा समाप्त हुँदैन। डोमाको घरमा हामी पुगेको थिए, यसले पनि छुवा-छुत हटाउन खासै मद्दत गर्दैन। तब म बेहुली जसलाई सामाजिक बहिनी बनाइ सकेको थिए लाई रक्षा-बन्धनमा आफ्नो घर आउन निम्तो दिए। उसले निम्तो स्वीकार गर्यो तर मलाई थाहा छ कि जबसम्म म स्वंम पहल गर्दिन, उ  आउँदैन। अब मलाई आफ्नो वाचा निभाउनु छ!!


अन्तमा, सहयोग राशी पठाएका प्रवासी मिथिला समाज कल्याण (दोहा कतार) र रविन्द्र उदासी माली तथा आफ्नो अमुल्य समय दिएर गोलबजार संगै आएका सरोज मिश्रा, घनश्याम र रियाज भाईलाई धेरै-धेरै आभार र धन्यवाद दिन चाहन छु ।यस विहेको विडियो अर्को पोस्टमा शेयर गर्ने छु ।
यो कथा पढिदिनु भएमा धन्यवाद!



#सरोज_राय

#DomaMochi #SRSocialSister #SRSocialPost #Sirha #Golbazar #Marriage

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...