राजपाद्वारा आन्दोलनलाई निरन्तरता, थप कार्यक्रम २८ गते
लहान खबैर/ राजपाजनतापार्टी नेपाल नेतृत्वको संघीय गठबन्धनले आन्दोलनका कार्यक्रमलाई थप दुई दिन निरन्तरता दिने जनाएको छ ।
दोस्रो चरणमा घोषणा भएको आन्दोलनका कार्यक्रमहरु अन्तरगत बिहीबार चक्का जाम कार्यक्रम पछि सकिएको हो ।
विहीबार साँझ संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरले प्रेस विज्ञप्ति जारी गर्दै दोस्रो चरणको आन्दोलनलाई दुई दिन अझै निरन्तरता दिने जनाएका हुन् । २६ र २७ गते प्रत्येक गाउँपालिका, नगरपालिकासहित प्रत्येक वडाहरुमा आन्दोलन परिचालन समितिलाई सघन रुपमा निर्माण गर्न निर्देशन दिएका छन् ।
प्रेस विज्ञप्ती अनुसार गठबन्धनको आगामी कार्यक्रमहरु २८ गते सार्वजनिक गरिनेछ ।
