सीधे मुख्य सामग्री पर जाएं

खाधान्न सामानको अभाव नहुने,भाउ पनि नबढ्ने : क़तार मन्त्रालय

खाधान्न सामानको अभाव नहुने,भाउ पनि नबढ्ने : मन्त्रालय




लहान खबैर/अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयले कतारमा हाल खाधान्न तथा अन्य उपभोक्ता सामान १२ महिना सम्मका लागि स्टक रहेको जानकारी दिएको छ । साथै हाल उत्पन्न भएको कुटनीतिक सम्बन्धको समस्याले अगामी दिनमा पनि कुनै सामानको अभाव नहुने स्पष्ट पारेको छ । त्यस्तै कतारमा धेरै मात्रामा पशुधन अष्ट्रेलिया र तरकारी भारत र बङ्गलादेश बाट आयात हुनेगरेको जानकारी दिएको छ । आम जनतामा उत्पन्न भ्रमहरुलाई  हिजो मन्त्रालयले विभिन्न भाषाहरुमा प्रश्नोत्तर विज्ञप्ती सार्वजनिक गर्दै हाल बजारको अवस्था सामान्य रहेको र भाउ पनि स्थिर अवस्थामा रहेको कुरा स्पष्ट पारेको छ ।
के कतारी बजार छिमेकी राष्ट्रहरुले गरेको कुटनीतिक सम्बन्ध तथा सिमा बन्दले प्रभावित होला?
कतारमा खाधसामाग्रीको व्यापक भण्डार उपलब्ध रहेको हुँदा यसले कुनै असर पार्नेछैन् । कतार छिमेकी मुलुकहरुमा मात्र निर्भर नभएको र विश्वभर बाट नै उपभोक्ता सामाग्रीहरुको आयात हुने क्रम सामान्य रुपमा जारी रहेको छ ।
के सरकारले यस्तो परिस्थितीको सामना गर्न कुनै आपतकालिन योजना तयार पारेको थियो ?
कतारको छिमेकी राष्ट्रहरु संगको खटपट अहिले मात्रै नभएर पछिल्लो इतिहास देखि नै रहेको छ । यस्ता परिस्थितीको सामना गर्न कतार सदैव तत्पर रहँदै आएको छ । त्यसैले बजारमा प्रचुर मात्रामा खाना तथा अन्य उपभोक्ता सामानहरु उपलब्ध रहेका छन् ।
के यस घटनाले कतारमा खाधान्न र अन्य सामानहरुको भाउमा असर पर्ला ?
उपभोक्ताका सम्पूर्ण सामानहरुको मुल्य सरकारले पहिल्यै तोकेको हुन्छ र यो अहिले बजारमा स्थिर रुपमा रहेको छ । साथै अर्थव्यवस्था तथा वाणिज्य मन्त्रालयको समन्वय बिना मुल्य बढाउन नपाउने नियम रहेको छ । त्यसैले आम मानिसमा यसको असर पर्ने छैन र बजारको स्थिती सामान्य रहेको मन्त्रालयले जोड दिन चाहान्छ ।
सामान १२ महिना सम्मका लागि स्टक  छ 
हाल कतारमा चाहिने दैनिक उपभोक्ताको सामान १२ महिना सम्मका लागि स्टक रहेको कतार च्याम्बरले स्पष्ट पारेको छ।साखै कतार संग खाधान्न तथा अन्य उपभोक्ता सामानहरुको भण्डार गर्ने प्रयाप्त रणनीति रहेको कतारी व्यवसायीहरुले जानकारी दिएको छ । कतार च्याम्बरले सोमबार आयोजना गरेको खाधान्न आयात गर्ने स्थानिय कम्पनीका प्रतिनिधीहरु संगको छलफल कार्यक्रममा ४० भन्दा बढी कम्पनीका व्यवसायीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बढेको कुटनीतिक सम्बन्धको समस्यामा मुलुकमा खाधान्न सामान आयात गर्ने वैकल्पिक प्रक्रियाहरुमा छलपल भएको थियो । त्यस्तै व्यापारीहरुले देशमा सरल आयात प्रवाह गर्न विभिन्न वितरक माध्यमहरु संग नयाँ करार सम्झौता सुरु भइसकेको कुराको जानकारी दिएका थिए ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...