सीधे मुख्य सामग्री पर जाएं

कतारसँग साउदी सहित चार छिमेकीले नाता तोडे, अर्थतन्त्रमा चोट, नेपालीको रोजगारी के होला ??

कतारसँग साउदी सहित चार छिमेकीले नाता तोडे, अर्थतन्त्रमा चोट, नेपालीको रोजगारी के होला ??



 ३६ बर्षदेखी कायम खाडी मुलुकहरुको एकता भंग भएको छ। साउदी अरेबिया, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले कतारलाई एक्ल्याउँदै नाता तोडेका हुन्। कतारले आतंककारीलाई सहयोग पुर्याएको आरोप सहित चार देशले सबै कुटनीतिक सम्बन्ध अन्त्यको समेत घोषणा गरेका छन्।

सोमवार विहान साउदी अरबको स्टेट न्युज एजेन्सीले खाडी क्षेत्रलाई आतंकबाद र मुस्लिम अतिबादमा फस्नबाट जोगाउन ३६ बर्षदेखीको गल्फ स्टेट युनियन तोडिएको र कतारसँगको कुटनीतिक सम्वन्ध भंग भएको घोषणा गरेको छ।
साउदि, युएई, बहराइन, ओमान र कतार मिलेर क्षेत्रीय ‘अलाइन्स’- ‘गल्फ कोअपरेसन काउन्सिल’को स्थापना गरेका थिए। इजिप्ट काउन्सिलको सदस्य नरहेपनि नजिकको मित्र देश थियो। अब कतारसँग कुटनीतिक सम्वन्ध ओमानकोमात्र बाँकी रहेको छ।
अघिल्लो महिना देखि बढेको तनाव
अघिल्लो महिना साउदी, युएई, बहराइन र इजिप्टले कतारका धेरैजसो मिडियामाथि सेन्सर गर्दै आफ्नो देशमा ‘ब्लक’ गरेका थिए। जसमा कतारको सरकार द्वारा सञ्चालित समाचार च्यानल अल जजिरा लगायत सरकारले लगानी गरेका अन्य आउटलेट थिए। कतारका आमिर शेख तमिम अल हमाद अल थानीले आफ्नो मुलुकबारे दिएको ‘नकारात्मक’ अभिव्यक्ति प्रचार प्रसार गरेको भन्दै सञ्चार माध्यममा प्रतिबन्ध लगाइएको थियो।
तर, कतारले भने आफ्नो मुलुकका सञ्चार माध्यम छिमेकीहरुको वेव साइट ह्याक गरेर साउदीले ‘फेक न्युज’ प्रकाशित गरेर आफुमाथि लान्छना लगाएको बताउँदै आएको थियो।
साथै कतारी शेखले इरानलाई इस्लामिक पावर भनेर सम्वोधन गर्दै आएका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि आलोचना गरेका थिए। अरब ‘एलाइन्स’  टुट्ने गुह्य यहि नै भयो।


अरबमा साउदी र इरानबीच क्षेत्रीय सुपरपावरमा को अगाडि हुने भन्ने होड चलि रहेको छ। यसअघि साउदीले इरानको परमाणु कार्यक्रमलाई लिएर चिन्ता व्यक्त गरेको थियो। परमाणु कार्यक्रम तत्काल बन्द गर्नु पर्ने उसको धारणा थियो। साउदीले इरानलाई रुससँग मिलेर सिरिया, लेबनान र यमनमा आफ्नो प्रभुत्व जमाउन खोजेको आरोप लगाएको छ।
हालैमात्र अमेरिकी राष्ट्रपति ट्रमले साउदी अरेबियामा खाडी क्षेत्रका ५५ जना मुस्लिम नेतालाई सम्वोधन गर्दै कतारलाई आतंकबादको नेतृत्व गरेको आरोप लगाएका थिए। आतंकबादी संगठन  ‘आइएस’लाई कतारको सहयोग रहेको उनको दावी थियो। कतारले ‘लिड’ गरिरहेको ‘कम्ब्याट टेरोरिजम’लाई रोक्न लागि साउदीले भूमीका खेल्नु पर्ने धारणा समेत उनले राखेका थिए।
ट्रम्प अमेरिका फर्किएसँगै सम्बन्धमा थप चिसोपना आयो। र, सोमबार एकाएकै छिमेकी देशले कतारसँग सम्बन्ध तोडेको घोषणा गर्न थाले। यसैबीच युएईले कतारका कुनै पनि नागरिकलाई दुई साता भित्र आफ्नो देश छाड्न समेत उर्दि जारी गरि सकेको छ। युएईले कतारले आफ्नो राष्ट्रिय सुरक्षामा खलल पुग्ने गतिविधी गरेको र यसअघिका सन्धि सम्झौताको समेत उल्लङ्घन गरेको आरोप लगाएको छ। युएईले कतारसँगको हवाईसेवा पनि बन्दको घोषणा गरि सकेको छ।
त्यस्तै बहराइनको परराष्ट्र मन्त्रालयले राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै कतारसँगको कुटनीतिक सम्वन्ध भंग गरेको छ। बहराइनले कतारी कूटनीतिक अधिकारीलाई ४८ घण्टाको समय दिएर देश छोड्न भनेको छ भने कतारसँग जोडिएको समुद्री बन्दरगाह र हवाई क्षेत्र २४ घण्टाभित्र बन्द गर्ने निर्देशन दिएको छ। उसले कतारले आतंककारी समूह आइएस तथा अन्य संगठनलाई फाइनान्सिङ गरेको आरोप समेत लागएको छ।
छिमेकीहरुले एकसाथ आफुलाई एक्ल्याउने घोषणा गरेपछि कतारले आफूमाथि लगाएका सबै आरोप अनुचित र आधारहिन भएको दाबी गरेको छ। कतारको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा गल्फ राष्ट्रले गरेको निर्णय अनुचित भएको र लगाइएका सबै आरोपलाई आधारहिन भनिएको कतारी सञ्चारमाध्यम अल जजिराले जनाएको छ।
अमेरिकी चासो
अमेरिकालाई कतारले इरान तथा रुससँग सम्वन्ध बढाएको मन परेको थिएन। सो विषयलाई अन्यन्त गम्भिर प्रकृतिको भन्दै ट्रम्पले उनको पहिलो बिदेश भ्रमण नै साउदीमा गरे। कतारको गतिविधीलाई अति 'संवेदनशील' संज्ञा दिँदै ट्रम्पले गल्फ एलाइन्स भत्काउन अरु मुलुकलाई प्रेरित गरे।



इरानी राष्ट्रपति हसन रुहानीले ट्रम्पले सिरिया लगायत अरब राष्ट्रमा रुस र इरानको प्रभाव कम गर्न बिभिन्न हत्कण्डा अपनाएको आरोप लगाउँदै आएका थिए। उनले शुक्रबारनै अमेरिकी कुटनीति प्रभावहीन रहेको र त्यसले अरब क्षेत्रमा द्वन्द निम्त्याउन सक्ने चेतावनी दिएका थिए।
कतारले सन् २०२२ को विश्वकप फुटवल खेल आयोजना गर्दैछ। जसलाई असफल बनाउन अमेरिका सुरुदेखि नै लागेको थियो। आफुले विश्वकप आयोजनाका अनेक प्रयास गरे पनि असफल भए पछि अमेरिका कुटनीतिक माध्ययमवाट कतारमाथि जाई लागेको विश्लेषण समेत गरिएको छ।
अरब अलाइन्स टुटेको विषयमा प्रतिक्रिया दिदै अमेरीकि विदेश मन्त्री रेक्स टेलरसनले साउदी नेतृत्वका मुलुकले सोमबार गरेको निर्णय सहि भएको बताएका छन्। उनले कतारसँग सम्बन्ध तोड्ने मुलुकलाई अमेरिकाले सहयोग गर्ने समेत बताएका छन्।
छिमेकीबाट एक्लिएपछि कतारको अर्थतन्त्र प्रभावित हुने विश्लेषण गर्न थालिएको छ। सोमबार दिउँसो दुई बजेसम्म शेयर बजार सात प्रतिशतले घटि सकेको छ। कतारमा पाँच लाख बढी नेपाली काम गर्न पुगेका छन्। अब उनीहरुको रोजगारी के हुने भन्ने चिन्ता समेत थपिएको छ। 

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...