सीधे मुख्य सामग्री पर जाएं

निर्वाचन आयोगको ठहरः भरतपुरको मतगणना स्थल अनधिकृत कब्जा (प्रतिवेदन सहित)

निर्वाचन आयोगको ठहरः भरतपुरको मतगणना स्थल अनधिकृत कब्जा (प्रतिवेदन सहित)







लहान खबैर/२० जेठ– निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्लथ अनधिकृत कव्जा भएको ठहर गर्दै भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगले शनिवार सार्वजनिक गरेको आयोगको निर्णयमा ‘मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ ।

‘प्रस्तुत विषयमा आयोगले उल्लेखित प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने’ आयोगको निर्णयमा भनिएको छ ।

आयोगको शनिवार बसेको बैठकले भरतपुर महानगरमा पुनः मतदान गर्न निर्देशन दिइएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । नेकपा एमालेले भने मतगणना स्थल कसैको अनधिकृत कव्जामा नरहेको बताउँदै आएको छ । यसअघि मतगणना स्थलमा खटिएका माओवादी केन्द्रका दुइ कार्यकर्ताले जेठ १४ गते राती ९० मत च्यातेका थिए । सो स्थानमा पुनः मतदानको मिति भने महानगरका निर्वाचन अधिकृतले गर्नेछन् ।


प्रेस विज्ञप्ति
मिति: २०७४।२।२०
संवत् २०७४ साल बैशाख ३१ गते सम्पन्न स्थानीय तह अन्तर्गत गाउँपालिका÷नगरपालिका निर्वाचनमा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा मतपत्र च्याती मतगणना स्थगन भएको सन्दर्भमा आयोगको मिति २०७४/२/२० गते बसेको बैठकले देहाय अनुसार गर्न मुख्य निर्वाचन अधिकृत, भरतपुर महानगरपालिका, चितवनलाई निर्देशन दिने निर्णय गरेको छ ।

आयोगको निर्णय
“२०७४ बैशाख ३१ गते पहिलो चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचन मध्ये प्रदेश नं. ३ अन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिकाको मतगणना जारी रहेको अवस्थामा वडा नं. १९ को मतगणनाको क्रममा मतगणना स्थलमा उपस्थित उम्मेदवारका प्रतिनिधिहरू मध्ये केहिले मतगणना स्थलमा प्रवेश गरी गणना भएका र नभएका गरी सयौं मतपत्र च्यात्ने काम गरी मतगणना स्थल रणभूमितुल्य बनाई असामान्य अवस्था सिर्जना भएकोले काबु बाहिरको परिस्थिति परी तत्काल मतगणना कार्य स्थगन राखी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४९ र ५० बमोजिम प्रतिवेदन पेश गरेको व्यहोरा जानकारी गराउँदै भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतबाट २०७४/२/१५ मा पत्र पठाएको ।
आयोगको मिति २०७४/२/१५ को निर्णयानुसार उपरोक्त घटना सम्बन्धमा स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणना स्थलमा खटिएका सशस्त्र प्रहरीका टोली प्रमुख र सम्भव भएसम्म राजनीतिक दलहरूसँग समेत छलफल गरी के कसो भएको हो ? सत्य तथ्य बुझी २०७४/२/१७ गतेभित्र आयोगमा प्रतिवेदन पेश गर्न स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (३) बमोजिम आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाको नेतृत्वमा अनुगमन टोली पठाइएको ।
आयोगको च.नं. ०७३/७४ नि.२.२/२२६ मिति २०७४/२/१७ को पत्रबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई गणनाको क्रममा रहेका मतपत्र मध्ये च्यातिई नोक्सान भएका मतपत्र सङ्ख्या एकिन गरी प्रतिवेदन पठाउनु भनी निर्देशन दिएकोमा चितवनका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुख समेतलाई रोहवरमा राखी मतपत्र जाँच गरी च्यातिई नोक्सान भएका मतपत्र संख्या ९० रहेको भनी मिति २०७४/२/१८ को पत्रबाट उल्लेख भइआएको ।
प्रस्तुत विषयमा आयोगले उल्लेखित प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको हुँदा सोही दफाको उपदफा (४) बमोजिम कब्जाबाट असर परेको चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १९ को मतदान केन्द्रको सम्पूर्ण मतपत्रहरू अवैध घोषित गरी मतदान रद्द गर्ने ।
सोही ऐनको दफा ५० को उपदफा (५) बमोजिम मतदान रद्द गरिएका मतदान केन्द्रको मतदान हुने स्थान, मिति र समय तोकी पुनः मतदान गराउने व्यवस्था मिलाउन भरतपुर महानगरपालिका चितवनका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने ।”

सूर्यप्रसाद शर्मा
सहसचिव एवं प्रवक्ता

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...