सीधे मुख्य सामग्री पर जाएं

स्थानीय जनप्रतिनिधिमा भत्ता बाँड्ने होड ! मन्त्रालयले लगायो अंकुश

स्थानीय जनप्रतिनिधिमा भत्ता बाँड्ने होड ! मन्त्रालयले लगायो अंकुश



।लहान खबैर/१८ जेठ,। स्थानीय जनप्रतिनिधिहरुले सामाजिक सुरक्षा भत्ता वितरणलाई प्राथमिकता दिन थालेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चासो देखाएको छ । साथै केन्द्र सरकारले बजेट भाषणमार्फत दिएको बजेटबाट यो खर्च गर्न नमिल्ने समेत बताएको छ ।


सरकारले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारलाई समेटेर स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी आदेश नै जारी गरेको छ ।

तर, जनप्रतिनिधिहरुले भने सामाजिक सुरक्षा भत्ताका निर्णयहरु गरिरहेका छन् । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले वार्षिक १२ हजार भत्ता दिने निर्णय गरे । पोखराका मेयर मानबहादुर जिसीले १० प्रतिशत बृद्धभत्ता बृद्धिको निर्णय गरेका छन् । स्थानीय तह प्रमुखले मात्र होइन, वडाध्यक्षहरुले पनि सामाजिक सुरक्षा भत्ताबारे नै निर्णय गरेका छन् ।

पोखरा महानगर वडा नम्बर १ का निर्वाचित जनप्रतिनिधिहरुले गर्भवती महिलालाई पौष्टिक आहारका लागि १० महिनासम्म मासिक ५०० रुपैयाँ दिने निर्णय गरेको छ ।

अधिकारीहरुका अनुसार कस्तोसम्म देखिएको छ भने गाउँपालिका, नगरपालिकाका प्रमुखहरु स्थानीय तहको खाता पनि मैले नै चलाउने हो भन्ने बुझेका रहेछन् । प्रशासनिक र खाता चलाउने काम तपाईंको होइन । यो प्रशासनको कार्यकारीले गर्छ, लेखाको प्रमुखले गर्छ भन्ने गरिएको छ ।

अधिकांश स्थानीय जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता बृद्धि जस्ता कार्यक्रममा केन्दि्रत भएपछि स्थानीय विकास मन्त्रालयले चासो देखाएको छ ।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले अनलाइनखबरसँग भने, ‘जनतालाई कर लगाएर त्यहीँका जनतालाई सुविधा दिन्छु भन्न पाउनुहुन्छ । तर, लोकपि्रयताको नाममा भोलिका दिनमा राज्यले धान्नै नसक्ने गरी केन्द्रबाट गएको बजेटबाट जाने पैसाबाट पाउनुहुन्न ।’

अधिकारीहरुका अनुसार अधिकार क्षेत्रका हिसावले स्थानीय तह स्थानीय सरकार नै हो । एउटा स्थानीय सरकारले सामाजिक सुरक्षा भत्ता दिन सक्दैन भन्ने प्रश्नै होइन ।

प्रश्न, निर्णय गर्दा धान्न सक्छ कि सक्दैन ? आन्तरिक श्रोत कति छ ? भन्ने हेरेर निर्णय भयो वा चुनाव प्रचारमा गरेको लोकप्रिय बाचा पूरा गर्न मात्र भन्ने हो ।

हरेक स्थानीय सरकारको ढुकुटीमा सीमित पैसा छ । संविधानले दिएको अधिकार अनुसार अहिले नै स्थानीय तहमा करहरु लगाएर स्रोत जुटाउने अवस्था पनि छैन । जनताको अपेक्षासँगै माग र आवश्यकता भने असिमित छन् । यदि यो सबै पूरा गर्दै सामाजिक सुरक्षा भत्ता दिए लोकल्याणकारी राज्यका रुपमा स्थापित गराउन सकिन्छ भने राम्रो होला । तर, निर्णय गर्नु अघि हरेक जनप्रतिनिधिले यो सम्झनुपर्छ कि पोखरा महानगरपालिकाका जनतालाई भत्ता खुवाउन काठमाडौंबासीले कर तिर्नेवाला छैनन् । काठमाडौंको जनतालाई भत्ता खुवाउन झापाका जनताले पनि कर तिर्दैनन् । त्यो त्यहीँका जनताले तिरेको करबाट बाँड्ने हो ।

सरकारले बजेट भाषणमार्फत स्थानीय तहलाई समपुरक र सशर्त अनुदान दिएको छ । तर, बजेट मात्र दिएको छैन, यसअघि सरकारले गर्दै आएको सडकदेखि १० कक्षा सञ्चालनसम्मका काम पनि स्थानीय तहलाई नै दिएको छ ।
स्थानीय तहले पाएको समपुरक र सशर्त अनुदान कुन-कुन क्षेत्रमा खर्च गर्ने भनेर तोकिएको छ ।

समपुरक अनुदान खर्च स्थानीय जनप्रतिनिधिले आफ्नो हिसावले खर्च गर्न सक्छन् तर, जथाभावी होइन । त्यसको उद्देश्यभित्र अहिले कार्यरत कर्मचारीको तलबभक्तादेखि पदाधिकारीको बैठक भत्ता, पूर्वाधार विकास सबै पर्नुपर्छ ।

‘१५/१६ कार्यक्रम काटिएको छ । सामान्य कार्यालय सञ्चालनदेखि विकास निर्माणका कामहरु नरोकियोस् भनेर दिने हो,’ स्थानीय विकास मन्त्रालयका प्रवक्ता तामाङ भन्छन्, ‘यो-यो क्षेत्रमा खर्च गर्ने भनेर तोकिदिएका छौं ।’

उनका अनुसार भोलिका दिनमा सडक विभाग गएर सडक बनाउनेवाला छैन, सबै स्थानीय तहले गर्नुपर्छ । यसका लागि स्रोत साधान जुटाउन सक्यो भने केन्द्रले केही भन्दैन । तर, माथिबाट जाने रकमबाट बाँड्न पाइँदैन ।

अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख मधु मरासिनीले पनि स्थानीय तहलाई बजेठ पठाउँदा पैसाको स्पष्ट निर्देशिका बनेर जाने बताए ।

स्थानीय विकास मन्त्रालयले अब बजेट कसरी विनियोजन गर्ने, कसरी काम गर्ने भनेर जनप्रतिनिधिहरुलाई तालिम नै दिने तयारी सुरु भएको छ ।

२०७४ जेठ १८ गते ऑनलाइन खबर मा  प्रकाशित

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...