संसदमा एमालेको अवरोध, देशले नयाँ प्रधानमन्त्री पाउन कति दिन लाग्ला ?
लहान खबैर/१८ जेठ–व्यबस्थापिका संसद्को बैठक प्रमुख प्रतिपक्षी दल एमालेले अवरुद्ध गरेपछि प्रधानमन्त्री चयन प्रक्रिया पर सर्ने भएको छ ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले बहुमतीय सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गरेपनि विपक्षीको अबरोधका कारण संसद्को बैठक आइतवारसम्मका लागि स्थगित भएको छ ।
सत्तारुढ दलहरुले जेठ २२ गतेसम्म नयाँ प्रधानमन्त्री निर्वाचित गर्ने भन्दै आफ्ना सांसद्लाई संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप जारी गरिसकेका छन् । संसद् बैठक २१ गतेसम्म स्थगित भएकोले प्रधामनन्त्री निर्वाचन प्रक्रिया त्यसपछि मात्र शुरु हुनेछ ।
प्रधामनन्त्री निर्वाचन प्रक्रिया अगाडि बढाउन संसद् बैठकमा सभामुखले दिन र समय तोक्ने संसद् नियमावलीमा व्यबस्था छ । संसद् नियमावलीको नियम ४९ को उपनियम २ मा सभामुखले तोकेको दिन र समयमा हुने व्यबस्था छ ।
२१ गते बस्ने संसद्को बैठक सुचारु भएमा सोही दिन सभामुखले प्रधानमन्त्रीको निर्वाचनको दिन तोक्ने सम्भावना छ । संसद् सचिवालय स्रोतका अनुसार २१ गते बैठक बसे २३ गतेका लागि प्रधानमन्त्रीको चुनाव हुन सक्छ ।
२१ गतेको बैठकमा मिति तोकेमा २२ गते उम्मेदवारको मनोनयन र २३ गते निर्वाचन हुन सक्ने संसद् सचिवालय स्रोतको भनाइ छ । प्रधानमन्त्रीको चुनावका लागि संसद्का महासचिवले कार्यक्रम प्रकाशित गर्ने नियमावलीमा व्यबस्था छ ।
नयाँ प्रधानमन्त्रीका लागि कांग्रेस माओवादी केन्दको्र गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने बताइसकेको छ ।
नेकपा एमाले लगायत प्रतिपक्षी दलले भने प्रधामनन्त्री उम्मेदवारको टुगों लगाएका छैनन् ।