सीधे मुख्य सामग्री पर जाएं

नेताको ध्यान मधेसतिर, बाबुराम पुगे पुनर्बास

नेताको ध्यान मधेसतिर, बाबुराम पुगे पुनर्बास

८ जेठ, काठमाडौं । पहिलो चरणको निर्वाचनमा हार व्यहोरेका डा. बाबुराम भट्टराई यतिबेला काठमाडौंमा छैनन् । उनी दोस्रो चरणको चुनावी मैदानमा जुटिसकेका छन् ।
सोमबार बिहानै पूर्वप्रधानमन्त्री डा. भट्टराई भारतीय सीमा जोडिएको कञ्चनपुर जिल्लाको पुनर्वासमा पुगे । उनले त्यहाँ भारतीय सुरक्षा फौजबाट मारिएका गोविन्द गौतमका परिवारजनसँग भेटघाट गरे


बाबू भट्टराईले त्यहाँ नेपाली सीमाको अवस्थाबारे अवलोकन गरे । सीमा अवलोकनका क्रममा स्थानीयबासीले डा. भट्टराईसँग २०० नम्बरको सीमास्तम्भ हराएको जानकारी गराउँदै सीमालाई व्यवस्थित बनाउनेबारे पहल गरिदिन आग्रह गरे । साथै सहीद परिवारले अहिलेसम्म केही नपाएको गुनासो गरे ।

सांसद गंगा चौधरी नयाँ शक्तिमा प्रवेश गरेपछि कैलाली, कञ्चनपुर, बर्दिया र दाङ लगायतका जिल्लाका थारु बस्तीमा नयाँशक्ति पार्टीले संगठन विस्तार गर्ने सुविधा पाएको छ । अहिले थारु बाहुल्य जिल्लामा डा. बाबुराम भट्टराईको साथमा सांसद गंगा चौधरी पनि छिन् ।
सीमा अवलोकन गर्नुभन्दा अघिल्लो दिन डा. भट्टराईले बर्दियामा नयाँ शक्ति पार्टीका तर्फबाट आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गरे । प्रचण्ड गर्मीमा सेतो कुर्ता र पाइन्ट लगाएर तराई झरेका डा. भट्टराईले बर्दियामा पार्टी प्रवेश कार्यक्रममा केही कार्यकर्तालाई अवीरसमेत लगाए ।
डा. बाबुराम भट्टराईको पार्टीले पहिलो चरणको चुनावमा उल्लेख्य प्रगति गर्न सकेन । तर, आफूले मधेसी, थारु र जनजातिको पक्षमा आवाज उठाएका कारण दोस्रो चरणको चुनावमा यी समुदायले पार्टीलाई सकारात्मक परिणाम दिने डा. भट्टराईमा आशा र भरोसा देखिन्छ ।
समानुपातिक चुनाव जितेर सांसद बन्न सफल गंगा चौधरी नयाँ शक्तिमा रहेकाले यसले पश्चिम तराईमा आफ्नो पार्टीलाई फाइदा पुग्ने अवस्था आएको नयाँ शक्ति पार्टीका नेताहरुको दाबी छ ।
बर्दिया पस्नुभन्दा अगाडि डा. भट्टराईको टोली दाङका केही विद्यालयमा बालबालिकासँग भेटघाट गर्न पुगेको थियो ।
टीकापुर प्रकरणः चुनावी एजेण्डा
त्यसो त यसपालिको चुनावमा विगतको टीकापुर काण्डले समेत चुनावी मुद्दाको आकार लिने संकेत देखिएको छ । विशेष गरी एमाले टीकापुरकाण्डमा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता लिइनुहुँदैन र उनीहरुलाई कारवाही गर्नुपर्छ भन्ने पक्षमा छ भने माओवादी नयाँशक्ति पार्टी थारुहरुमाथि लागेको मुद्दा राजनीतिक भएकाले फिर्ता लिनुपर्छ भन्ने पक्षमा छन् । यसले आगामी निर्वाचनमा प्रभाव पार्न सक्ने सम्भावना छ ।
प्रचण्ड नेतृत्वको सरकारले टीकापुर काण्डमा मुद्दा लागेका थारुहरुको मुद्दा फिर्ता लिने निर्णय यसै साता गरेको छ । एमालेले औपचारिकरुपमै यसको विरोध गरेको छ । डा. भट्टराईचाँहि एमालेलाई ‘थरुहट विरोधी’ रहेको आरोप लगाउँँदै पश्चिम तराईको थारुबस्तीमा पुगेका छन् ।
यसमा प्रधानमन्त्री प्रचण्डले के स्पष्ट पारिसकेका छन् भने टीकापुरकाण्डमा संलग्न सबैको मुद्दा फिर्ता लिइएको होइन, जो त्यो घटनामै संलग्न थिएनन् र उनीहरुमाथि झूठा मुद्दा लगाइएको थियो, तिनको मात्रै मुद्दा फिर्ता लिइएको हो, अरुको मुद्दालाई अदालतले नै टुंगो लगाउने छ ।
प्रचण्ड र मधेसी मोर्चाका नेता एउटै मञ्चमा
डा. बाबुराम भट्टराई पश्चिम तराईको थारु बस्तीमा पुगिरहँदा आइतबार प्रधानमन्त्री प्रचण्ड मध्य तराईमा एउटा दैनिक पत्रिका जनकपुर टुडेको वाषिर्कोत्सव कार्यक्रममा सहभागी हुन पुगे, जहाँ संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपाका नेता महेन्द्र राय यादव पनि सँगै थिए ।
मधेसको सांस्कृतिक केन्द्र जनकपुरमा एउटै मञ्चबाट प्रधानमन्त्री प्रचण्ड र मधेसी नेता उपेन्द्र यादवले आ-आफ्नै चुनावी रणनीति व्यक्त गरे ।
प्रधानमन्त्रीले मधेसको मुद्दा आफूले यहाँसम्म ल्याएको दाबी गर्दै मधेसी मोर्चासँग मिलेर चुनावमा अघि बढ्न प्रस्ताव गरे । उपेन्द्र यादवले चाहिँ राजाि लगायतका मधेसी मोर्चामा आवद्ध दलहरु एक भएर चुनाव लड्नुपर्ने प्रस्ताव अघि सारे ।
जनकपुर पुगेका प्रधानमन्त्रीले मधेसका मुद्दा ब्यालेटबाटै संस्थागत गर्न मधेस केन्दि्रत दल र मधेसी जनतालाई आग्रह गरे । उनले भने- मधेसकेन्दि्रत दल र मधेसी जनताको भावनाको मलाई गहिरो हेक्का छ, म आफैं १० प्रदेशसहितको संघीयताको पक्षधर हुँ, मधेसमा २ प्रदेश बनाउने मेरो पार्टीको पनि आधिकारिक निर्णय हो । अहिलेको संविधानमा मेरो पार्टीको पनि नोट अफ डिसेन्ट छ । तर, देशलाई निकास दिने, मधेस र मधेसी जनताका मुद्दा सम्बोधन गर्न गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धिहरु संस्थागत गर्नुको बिकल्प छैन । त्यसका लागि मधेश केन्दि्रत दलहरु पनि निर्वाचनमा आउनुपर्छ ।’
प्रधानमन्त्रीले मोर्चाका नेताहरुलाई सम्झाउँदै भने- ‘आन्दोलन र संघर्षको रुप सधैं एउटै हुँदैन, तपाईहरु पनि ब्यालेटको मोर्चामा आउनुस्, मधेसका मुद्दा ब्यालेटबाटै संस्थागत गरौं ।’
प्रचण्डले अगाडि भने- ‘म आफैं ३० दलीय गठबन्धनको नेतृत्व गरेको नेता हुँ, मधेसबाटै निर्वाचित जनप्रतिनिधि हुँ, मधेसमा माग सम्बोधन गर्न संविधान संशोधनको प्रक्रिया अगाडि बढेको छ, पारित हुने स्थिति देख्नेबित्तिकै यसलाई मतदानमा लगिनेछ, झुट्टा मुद्दा खारेजीका लागि प्रक्रिया सुरु गरिएको छ, घाइते र शहिदहरुको उपचार र राहतको निर्णय गरिएको छ, यो सरकार जत्तिकै नजिकको सरकार मधेसी दल र मधेसी जनताले पाउन केही वर्ष मुस्किल नै पर्छ ।’
तर, सरकारले चाहनेबित्तिकै अदालतमा विचाराधीन फिर्ता नहुने प्रधानमन्त्रीले स्पष्ट पारे । उपेन्द्य्र यादवसँग एउटै मञ्चमा बसेका प्रधानमन्त्रीले भने- ‘म आफैं प्रधानमन्त्री छु । तर, मेरो टाउकोमा अहिले पनि १५ वटा मुद्दा छन् । तर, मुद्दा फिर्ताको आफ्नो प्रक्रिया छ, मान्यता छ, हामीले चाहेर मात्रै हुँदैन ।’
कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपाका नेता महेन्द्र राय यादव, कांग्रेस नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
मधेसमा ठूला पार्टीको ध्यान, मोर्चाले अब के गर्ला ?
दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा मधेसी मोर्चाले निर्वाचनमा भाग लिन्छ कि लिँदैन भन्ने अन्यौल अझै सकिएको छैन । यद्यपि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले चुनावमा सहभागिता जनाउने सम्भावना बढी देखिएको छ । त्यस्तै राजपाले पनि निर्वाचनमा भाग लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।
तर, उपेन्द्र यादवले मधेसमा तालमेल गरेर चुनाव लड्न राजपा नेताहरुसँग प्रस्ताव राखेका छन् । पहाडमा पनि संगठन रहेको र नयाँशक्तिसँग सहकार्य गरिसकेको अवस्थामा मधेसीमा तालमेल गरिएको अवस्थामा कांग्रेस-एमालेलाई समेत जित्न सकिने दाबी यादवको देखिन्छ ।
तर, राजपाका नेताहरु उपेन्द्र यादवसँग तालमेल गर्न त्यति इच्छुक देखिँदैनन् ।
राजपा र फोरमवीच तालमेल भएन भने तराई मधेसमा एमाले, कांग्रेस र माओवादीलाई फाइदा पुग्ने र मधेसी मोर्चाको हालत राप्रपाको जस्तै बन्न सक्ने डर मधेसी नेताहरुमा देखिन थालेको छ ।
उता प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पनि मधेसमा मोर्चासित तालमेल गर्ने आशा लिएको प्रधानमन्त्रीको अभिव्यक्तिले देखाएको छ । तर, फोरमले नयाँशक्तिसँग तालमेल गरिसकेको अवस्थामा अब मधेस केन्दि्रत दलहरुले प्रचण्डसँग सहकार्य गदर्लान् या बाबुरामसँग ? यो पनि निकै रोचक प्रश्न बनेको छ ।
विशेषतः मधेस केन्द्रित दलहरुसँग तीन वटा विकल्प देखिन्छन्ः
एउटा- राजपा र फोरम एक्लाएक्लै चुनावमा लड्ने । दोस्रो- मधेसी मोर्चामा आवद्ध दलवीचमा मात्रै सहकार्य गर्ने । तेस्रो- एमाले र कांग्रेस बाहेकका दलहरुवीच तालमेल गर्ने ।
मधेसमा एमाले-मधेसी मोर्चा वा कांग्रेस-मोर्चा तालमेलको सम्भावना अलि कमै देखिन्छ ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...