सीधे मुख्य सामग्री पर जाएं

संघीय गठबन्धनले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

संघीय गठबन्धनले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम

फाइल फोटो 


लहान खबैर/ मधेस केन्द्रीत दलहरु आबद्ध संघीय गठबन्धनले जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको प्रक्रिया बिथोल्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। गठबन्धनले शुक्रबार पत्रकार सम्मेलन गरी जेठ १३ देखि १९ गते सम्मका लागि भन्दै पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

सरकारसँग भएका सहमतिको कार्यान्वय नभएको, संविधान संशोधन प्रस्ताव अघि नबढाएको तथा चुनावमा सहभागी हुन चुनाव चिन्ह नदिएको भन्दै राजपा नेपालको नेतृत्वमा रहेको संघीय गठबन्धनले आन्दोलनको घोषणा गरेको हो।

गठबन्धनले जेठ १३ गते जिल्लाका सवै उपमहानगरपालिका, नगरपालिका सदरमुकाममा मसाल जुलुस गर्ने, १४ गते जिल्ला सदरमुकाम नगरपालिका र गाउँपालिकामा लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ।

यस्तै जेठ १५ गते विभिन्न संघ संस्थाका प्रतिनिधि, उद्योगी–व्यापारी, बुद्धिजिवी, विभिन्न पेशाकर्मी, पत्रकार युवा, मजदुर आदिको बृहत अन्तक्रिया तथा साँझ गणतन्त्र दिवसको अवसरमा आन्दोलनका सहिदहरुको सम्झनामा सवै मुख्य चोकमा मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।

गठबन्धनले जेठ १६ गते जिल्लामा रहेका प्रत्येक नगरपालिका, गाउँपालिकाको निर्वाचन कार्यालयमा तालाबन्दी र घराउ गर्ने तथा जेठ १७ मा सवै जिल्ला सदरमुकाम, नगरपालिका था प्रमुख हाटबजारमा मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ। जेठ १८ र १९ गते मधेस–थरुहट– लिम्बुवान बन्द, आमहड्ताल तथा उम्मेदवारी प्रक्रियालाई सक्रियताका साथ अबरोध गर्ने गठबन्धनले जनाएको छ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...