सीधे मुख्य सामग्री पर जाएं

मलेठ गोलीकाण्डको छानबिन गरेर फर्कियो उच्चस्तरीय टोली

मलेठ गोलीकाण्डको छानबिन गरेर फर्कियो उच्चस्तरीय टोली 


,लहान खबैर/ जेठ १२, २०७४ /मलेठ गोलीकाण्डको छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगद्वारा गठित उच्चस्तरीय टोली घटनाको छानबिन गरेर फर्किएको छ। मलेठ गोलीकाण्डको छानबिनका लागि सर्वोच्च अदालतका पूर्व–न्यायाधीश ताहिर अली अन्सारीको संयोजकत्वमा रहेको चार सदस्यीय टोली छानबिनपछि शुक्रबार फर्किएको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए। उच्चस्तरीय टोली बुधबार र बिहीबार सदरमुकाम राजविराजबाट तीन किलोमिटर उत्तर पर्ने मलेठ गाउँमा प्रहरीको गोलीबाट पाँच जना मारिएको घटनास्थल पुगेर मृतकको परिवार, प्रत्यक्षदर्शी, नेकपा (एमाले) ले आयोजना गरेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र परिसरको कार्यक्रमस्थलको समेत अवलोकन गरेको प्रजिअ कटवालले बताए। टोलीले सप्तरीका प्रजिअ कटवालसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, राजनीतिक दलका प्रतिनिधि, 

मानवअधिकारकर्मी, कानुन व्यवयासी, पत्रकार, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध दलका अध्यक्षहरु, नागरिक समाजका अगुवा, घटनाका प्रत्यक्षदर्शीसँग घटनाको विषयमा छलफल गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगको गत चैत ३१ गतेको निर्णय अनुसार छानबिनका लागि अन्सारीको संयोजकत्वमा फोरेन्सिक विज्ञ डा. हरिहर वस्ती, आयोगका मानवअधिकार अधिकृतद्वय मञ्जु खतिवडा र जीवन न्यौपानेसहितको चार सदस्यीय टोली मलेठ घटना छानबिनका लागि आएको हो। त्यसअघि, व्यवस्थापिका संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिअन्तरत मलेठ घटना छानबिन उपसमितिका संयोजक मोख्तार अहमदको पाँच सदस्यीय छानबिन टोलीले पनि गत चैत १० र ११ गते मलेठ गोलीकाण्डको छानबिन गरी चैत १५ गते सरकारलाई छानबिन प्रतिवेदन बुझाएको थियो।

 नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियानअन्तरत गत फागुन २३ गते गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गरिएको जनसभा सुरक्षार्थ खटिएका प्रहरीको गोली लागेर मलेठ गाउँका २ का २४ वर्षका सञ्जन मेहता, प्रसवनी गाविस ४ टेङ्ग्रीका वर्ष ४२ का सिअहेव आनन्दकुमार साह, २ का वर्ष ४० का वीरेन्द्र महतो, मलेठ ४ जलहरीका वर्ष ४५ का पीताम्बर मण्डल, जमनी मध्यपुरा १ कटवीका करिब ५७ वर्षका इनर यादव मृत्यु भएको थियो।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...