शिक्षकका लोकप्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको निधन
धीरेन्द्र कुमार ,लहान खबैर / जेठ ११ गते-- शिक्षकका लोकप्रिय नेता तथा समाजसेवी सौखिलाल यादवको मङ्गलवार सांझ असामयिक निधन भएको छ।सिरहा सदरमुकाम स्थित लक्ष्मीनारायण प्रा वि का प्रधानाध्यापक यादवको मंगलवार सांझ 8 बजे ब्रेन ह्याम्रेजका कारण मृत्यु भएको परिवारजनले जनाएको छ ।
सिरहा नगरपालिका 9 ठेंगहिका 58 वर्षिय यादवको बुधवार बिहान मैनावती नदिमा अन्त्येष्टि गरिएको छ ।यादवको दुई छोरा र एक छोरी रहेका छन ।
यादवको मृत्युको खबरले बुधवार सिरहा शोकमय भएको थियो ।मृतक यादवको सम्मानमा चन्द्र मावि ,ब्र झ ज मावि माडर,सारस्वर मावि ,वाल मन्दिर मावि, प्रावि गुलरिया लगायतका विद्यालयले बुधबार विद्यालयमा शोक सभाको आयोजना गरि श्रद्धान्जली अर्पण गरेका छन ।शिक्षक यादवको निधनप्रति सिरहाका शिक्षा अधिकारी अरविन्दलाल कर्ण, रास्ट्रीय अभिभावक संघका अध्यक्ष धिरेन्द्र साह,शिक्षक संघका अध्यक्ष मनोज यादव , अधिवक्ता संघका सचिव बिरेन्द्र कर्ण ,बि नि भवानी कट्टेल,स्रोतब्यक्ती कासिन्दर यादव ,शिक्षक संगठनका संस्थापक अध्यक्ष बेचु साह, शिक्षक संगठनका अध्यक्ष शिवनन्दन यादव, शिक्षक संगठन क्रान्तिकारिका अध्यक्ष शिवराज यादवले सम्बेदना प्रकट गरेका छन ।यादवको सम्मानको लागि शिक्षकका पेसागत संघ ,संगठन एबम अभिभावक संघले१४ गते आइतवार जिल्लाभरिका विद्यालयमा शोक सभा गर्ने घोषणा गरेको छ ।
२०३८ सालमा उदयपुरको प्रावी लेखानिपोखरिबाट स्थायी सेवामा प्रवेश गरेका यादव २०३९ सालमा सिरहाको प्रावी ठेगहिमा सरुवा भै आएका थिए ।त्यसपछी यादव हालसम्म लक्ष्मिनारायण प्राविमा कार्यरत थिए ।
जागिरे अबधिमा नेपाल रास्ट्रीय शिक्षक संगठन सिरहाका सचिव,सगरमाथा अञ्चल समन्वय समितिका सचिब हुँदै संगठनका केन्द्रिय प्रतिनिधिसमेत भै सकेका थिए ।
शिक्षक संगठन भित्र गुटबन्दी हावी भएको भन्दै नेतृत्व प्रति आरोप लगाउदै २०७० सालमा आफ्नै अध्यक्षतामा संगठनका समानान्तरण समिती गठन गरेका थिए ।
नेकपा एमालेका सक्रिय कार्यकर्ता यादव पार्ट भित्रको गुट उप गुटले पनि आफुहरुलाइ समानान्तर समिती गठनका लागि बिबस बनाएको यादव बताउथे।।
![]() | ||
| श्री | साैखिलाल यादव ज्यु प्रति आज भावपूर्ण श्रद्धान्जली |