सीधे मुख्य सामग्री पर जाएं

यी हुन्, नयाँ थपिएका स्थानीय तहको गाउँपालिका र नगरपालिका (सूचीसहित )

यी हुन्, नयाँ थपिएका स्थानीय तहको गाउँपालिका र नगरपालिका (सूचीसहित )

लहान खबैर। सरकारले विराटनगर र वीरगञ्जलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप्ने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गरे पनि, स्थानीय तहको चुनाव हुन २० दिन बाँकी छँदा नयाँ स्थानीय तहबारे सबै बेखबर छन् ।. वीरगञ्ज बन्यो महानगर
सरकारले पर्साको वीरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरउन्नती गरेको छ ।
यस्तै सुवर्णपुर र सुगौली गाउँपालिकाको केही वडाहरु मिलाएर जिरा भवानी गाउँपालिका गठन गरेको छ । नयाँ गाउँपालिकाको केन्द्र सेढवा गाविसको कार्यालयलाई तोकेको छ ।
पोखरीया नगरपालिकालाई फुटाएर नयाँ कालिकामाई गाउँपालिका गठन गरेको छ । केन्द्र चाँही मुड्ली गाविसको कार्यालयलाई तोकेको छ । यस्तै सुवर्णपुर गाउँपालिकाको नाम परिवर्तन गरि ठोरी गाउँपालिका बनाएको छ । यस्तै बहुदरमाई गाउँपालिका र पर्सागढी गाउँपालिकालाई नगरपालिका बनाएको छ ।
. झापा गाउँपालिका बन्यो नगरपालिका
सरकारले झापाका ३ गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरेको छ । सरकारले झापाको कमल गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको हो । उक्त नगरपालिकाको केन्द्र साविक कमलामाई गाउँपालिका कार्यालय तोकिएको छ ।
बुद्धशान्ति गाउँपालिका पनि नगरपालिका भएको छ र साविकको झापा गाउँपालिका कार्यालयलाई केन्द्र तोकिएको छ । जिल्लाकै महत्वपूर्ण झापा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । यस्तै भद्रपुर नगरपालिकाको वडा संख्या बृद्धि गरेको छ । वडा नम्बर ५ र ६ लाई टुक्र्याएर वडा नम्बर ५, ६ र ११ कायम गरेको छ ।
. मोरङमा महानगर थप, वडाको हेरफेर
सरकारले मोरङको विराटनगर उपमहानगरपालिकालाई महानगरमा स्तरउन्नती गरेको छ । बुढीगंगा गाउँपालिकाको वडा नम्बर १, २ र ३ र जहदा गाउँपालिकाको वडा नम्बर १ लाई विराटनगर उपमहानगरमा गाभेर महानगर घोषणा गरिएको हो । यस्तै बुढीगंगा गाउँपालिकाको नाम परिवर्तन गरेर मोधा बुढिगंगा नामाकरण गरिएको छ । यसको केन्द्र साविक हातिमुढा गाविस कार्यालय छ ।
. सुनसरीमा २ गाउँपालिका थप, वडाहरुमा व्यापक हेरफेर
सरकारले इनरुवा नगरपालिकाको वडा नम्बर ६ लाई झिकेर गढी गाउँपालिकामा समावेश गरेको हो । यस्तै गढी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा इनरुवा नगरपालिकाको वडा नम्बर १० लाई हरिनगरा गाउँपालिकामा गाभेको छ । हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ५, ६ र ७ लाई मिलाएर नयाँ भुटाहा गाउँपालिका बनाएको छ । उत्त गाउँपालिकाको केन्द्र साविकको भुटाहा गाविसको कार्यालयलाई तोकिएको छ ।
यस्तै कोशी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा बराह नगरपालिकाको वडा नम्बर ११ लाई समावेश गरी लौकही गाउँपालिका थप गर्ने निर्णय गरेको छ । उक्त गाउँपालिकाको केन्द्रको रुपमा साविकको लौकही गाविस कार्यालयलाई तोकिएको छ ।
. सप्तरीमा एक गाउँपालिका थप
सप्तरीको वोदेवरसाइन नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११ र १६ लाई झिकेर नयाँ झिकी वलान(विहुल गाउँपालिका बनाइको छ । नयाँ बनेको गाउँपालिकाको केन्द्र साविकको मल्हनिया गाविसको कार्यालयलाई तोकिएको छ ।
यस्तै छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ झिकी वेल्हिचपेना गाउँपालिकाको वडा नम्बर ६ कायम गर्ने र छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर ८ लाई छिन्नमस्ता गाउँपालिकाको वडा नम्बर १ कायम गर्ने निर्णय गरेको छ ।
सरकारले कञ्चनरुप नगरपालिकाको वडा न। ११ लाई कृष्णसवरन गाउँपालिमा लगेर वडा नम्बर ६ बनाएको छ । र, कृष्णसवरन गाउँपालिकाको नाम परिवर्तन गरी अग्नीसाइर कृष्णसवरन गाउँपालिका बनाएको हो ।
यस्तै डाक्नेस्वरी नगरपालिकाको वडा नम्बर १० लाई शम्भुनाथ नगरपालिकामा गाभेको छ भने विष्ण्ुापुर गाउँपालिकाको वडा नम्बर ५ लाई राजविराज नगरपालिकामा समावेश गरेको छ ।
. सिराहामा सामान्य हेरफेर
जिल्लाको कर्जन्हा गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ । नगरपालिकाको केन्द्र कर्जन्हा बजारलाई तोकेको छ ।
. महोत्तरीमा ७ वटा नगरपालिका थपियो
सरकारले महोत्तरीमा ७ गाउँपालिकालाई नगरपालिका बनाएको छ । बलवा र लोहारपट्टी गाउँपालिका नगरपालिका भएका छन् । एकडारा गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई मनरा गाउँपालिकामा गाभेर नयाँ मनराशिसवा नगरपालिका बनाएको छ ।
यस्तै रामगोपालपुर गाउँपालिका, औरही गाउँपालिका, मटिहानी गाउँपालिका र भंगाहा गाउँपालिकालाई त्यही नाममा नगरपालिकामा स्तरउन्नती गरेको छ । यस्तै वर्दिवास नगरपालिकाको १ नम्बर वडालाई फुटाएर वडा संख्या बढाएको छ ।
. धनुषामा नगरपालिका थपियो
सरकारले धनुषामा नगरान नगरपालिकाको वडा नं ९, औरही गाउँपालिाकाको वडा नं ५, ६, ७ र ८ लाई मिसाएर नयाँ धनौजी गाउँपालिका सृजना गरेको । साविक धनौजी गाविस कार्यालयलाई उक्त गाउँपालिकाको केन्द्र तोकिएको छ । र, नगराइन वडा नम्बर १० लाई जनकपुर उपमहानगरपालिकामा गाभेर नगराइन नगरपालिकामा जम्मा ९ वटा मात्र वडा कायम गरेको छ ।
यस्तै सरकारले कमला सिद्धिदात्री गाउँपालिकालाई कमला नगरपालिका कायम गर्ने निर्णय गरेको छ । हंसपुर गाउँपालिकालाई हंसपुर नगरपालिका, मिथिला विहारी गाउँपालिकालाई मिथिला विराही नगरपालिका बनाउने निर्णय गरेको छ ।

. सर्लाहीमा ३ गाउँपालिका र एक नगर थपियो
सरकारले ब्रम्हपुरी गाउँपालिकको वडा नं ६ र ७ तथा हरिपुर्वा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ लाई गाभेर नयाँ पर्सा गाउँपालिका थप गरेको छ । यस्तै चक्रघट्टा गाउँपालिकाको ६, ५ र ७ वडा र विष्णु गाउँपालिकाको ९, १०, ११ र १२ वडालाई गाभेर नयाँ कौडेना गाउँपालिका बनाएको छ । यस्तै धनकौलीको ५ वटा वडा र चक्रघट्टा गाउँपालिकाको एउटा वडालाई मिलाएर छुट्टै नयाँ बसबरीया गाउँपालिका गठन गरेको छ ।
यस्तै कविलासी गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ । यता बलरा नगरपालिकाको वडा नम्बर ६ लाई गोडैटा नगरपालिकामा गाभेको छ । यस्तै रामनगर गाउँपालिकाको ३ वडालाई धनकौल गाउँपालिकामा लगेर राखेको छ ।
. रौतहटमा नगरै नगर
सरकारले रौतहटको गौर नगरपालिकाको ७ वटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका गठन गरेको छ । यसको केन्द्र राजदेवी गाविसको कार्यालयलाई तोकिएको छ ।
यस्तै गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका गठन गरिएको छ । गाउँपालिकाको केन्द्र सरुअठा गाविसको कार्यालयलाई तोकेको छ ।
यस्तै बौधीमाई गाउँपालिका, वृन्दावन गाउँपालिका, देवाही गोनाही गाउँपालिका र गढीमाइ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । गजुरा, कटहरीय, माधवनारायण, ईशनाथ, परोहा, राजपुर, फतुवा विजयपुर र मौलापुर गाउँपालिकालाई पनि नगरपालिकामा स्तर उन्नती गर्ने निर्णय गरेको हो ।
. बारामा पनि थपियो संख्या
फेटा र प्रसौनी गाउँपालिकाको केही वडाहरुलाई मिलाएर विश्रामपुर गाउँपालिका गठन भएको छ । पचरौता गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरेको छ ।

. रुपन्देहीमा नगर र गाउँ दुबै थपियो
रुपन्देहीको कञ्चनपुर गाउँपालिका, कोटइमाई गाउँपालिका, मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ । सम्मरीमाई गाउापालिकाको ५ वटा वडालाई मिलाएर छुट्टै नयाँ समयमाई गाउँपालिका बनाइएको छ ।
यस्तै देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको केही वडालाई मिलाएर नयाँ महाव गाउँपालिका बनाएको छ । यसैगरी गैडहवा गाउँपालिका, मायाँदेवी गाउँपालिकाको केही वडालाई मिसाएर नयाँ किसान गाउँपालिका गठन गरेको छ । त्यसको केन्द्र सूर्यपुरा गाविस कार्यालयलाई तोकेको छ ।
. कपिलवस्तुमा बन्यो गौतमबुद्ध गाउँपालिका
कपिलवस्तुमा विभिन्न गाउँपालिकाको वडालाई फुटाएर नयाँ गौतमबुद्ध गाउँपालिका थप गर्ने निर्णय गरेको छ । यसको केन्द्र साविकको हरनामपुर गाविसको कार्यालय तोकिएको छ ।
कृष्णनगर, अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, शिवराज नगरपालिका महाराजगञ्ज नगरपालिकाको केही वडाहरु मिलाएर नयाँ बहादुरगञ्ज गाउँपालिका बनेको छ । यस्तै अर्को एउटा कनकमुनी गाउँपालिका थप गर्ने निर्णय गरेको छ ।
कैलाली र बाँकेमा पनि गाउँपालिका थपियो
बाँकेको खजुरा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । यस्तै राप्ती गाउँपालिकाको केही वडा र साविकका केही गाविसलाई मिलाएर नयाँ सोनारी गाउँपालिका बनाइएको छ ।
यसैगरी कैलालीको जानकी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय भएको छ । यसैगरी कैलारी गाउँपालिकाको केही वडा र गौरीगंगा नगरपालिकाको केही वडालाई मिलाएर नयाँ मोहना गाउँपालिका बनाइएको छ ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...