सीधे मुख्य सामग्री पर जाएं

भरतपुरमा गणना बाँकी १२ वडाको यस्तो छ अवस्था, घटाउदै छीन मतान्तर रेणु दाहाल

भरतपुरमा गणना बाँकी १२ वडाको यस्तो छ अवस्था, घटाउदै छीन मतान्तर रेणु दाहाल




लहान खबैर/ चितवन, जेठ १० – भरतपुरको महानगरपालिकामा कस्को कति मत आयो ? मतअन्तर कति भयो ? अब गणना हुन बाँकी वडामा कस्को कति मत आउला ? सम्भावना के छ ? को विजयी होलान् ? यस्तै जिज्ञासा बढ्न थालेको छ । जति पछि भयो त्यती मतगणना उत्सुक्ताको बिषय बन्दै गएको छ । 

भरतपुर महानगरका बिषयमा देशैभरिको चासो बढेको छ । भरतपुरको वडा नम्वर २६ सम्मको मत गणना सकिदासम्म पछिल्लो मत परिणाम अनुसार भरतपुरमा एमालेका ज्ञवालीले २७ हजार नौ सय ५५ मत प्राप्त गर्नुभएको छ । माओवादीकी रेणु दाहालले २५ हजार दुई सय ३७ मत प्राप्त गर्नुभएको छ । भरतपुरको उपमेयर पदमा नेपाली कांग्रेसकी पार्वती शाहले २८ हजार ६ सय ६ र एमालेकी दिव्या शर्मा आचार्यले २५ हजार एकसय ९३ मत प्राप्त गर्नुभएको छ । 

अहिलेसम्म नेकपा एमालेका उम्मेद्वार देवी ज्ञवालीले आफ्नो अग्रता कायम राख्नुभएको छ । अहिलेसम्म १७ वटा वडाको मत गणना सकिएको छ । ज्ञावाली तीन हजार मत अन्तरले अगाडी हुनुहुन्छ । अब गन्न बाँकी १२ वटा वडा छ । एमालेको गण मानिएका वडाहरुबाट ज्ञवालीलाई अपेक्षाकृत मत नआए पनि उहाँले अतिरिक्त मत पनि पाइ नै रहनुभएको छ ।

पछिल्ला वडामा भएका मत गणनामा माओवादी केन्द्र र नेपाली कांग्रेसकी साझा उम्मेद्वार रेणु दाहालले मतान्तर घटाउँदै लानुभएको छ । १५ वटा वडाको गाणना हुने समयसम्म देवी ज्ञावालीले झण्डै चार हजारको अग्रता निकाल्नुभएको थियो । अब गणना हुने वडा कांग्रेस र माओवादीको गणको रुपमा रहेकाले त्यहाँ एमालेले मतान्तर जोगाउन सकेमात्र उसलाई सहज हुने छ । 

एमालेको प्रभाव राम्रो रहेको वडा नम्बर १५ मा ५ हजार ६ सय ४९ मत खसेको छ । वडा नम्बर १६, १७, १८, १९ र २० मा कांग्रेसको प्रभाव छ । यहाँको मतले रेणुले देवीसँगको मतान्तरलाई घटाई अग्रता लिनसक्ने अनुमान गरिएको छ । १६ मा ५ हजार ४ सय ४२, १७ मा ३ हजार १८, १८ मा ३ हजार ५ सय ८८, १९ मा २ हजार ८ सय ४८ र २० नम्बर वडामा ३ हजार २ सय ४६ को हाराहारीमा मत खसेको छ । यो कूल मतदाताको आधारमा ७५ प्रतिशत मत हो ।

४ हजार ५ सय ८७ कूल मतदाता रहेको वडा नम्बर २१ मा एमाले र कांग्रेसको उस्तै प्रभाव रहेकाले यहाँ तीव्र प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । २१ मा झण्डै ३ हजार ४ सय ४० मत खसेको छ । २२ मा माओवादीको राम्रो पकड छ । झण्डै २ हजार ६ सय ९१ मत खसेको भनिएको सो वडामा रेणुले राम्रो मत ल्याउने अनुमान गरिएको छ । वडा नम्बर २३ र २४ मा एमालेको प्रभाव बढी रहेको मानिन्छ  । २३ मा २ हजार ९ सय १६ र २४ मा १ हजार ६ सय ९० मत खसेको छ । ३ हजार ९ सय ९६ मत खसेको वडा नम्बर २५ मा माओवादीको प्रभाव राम्रै रहेको मानिन्छ ।  

भरतपुर महानगरमा सार्वजनिक भएको नतिजा अनुसार पाँचवटा वडामा नेपाली कांग्रेस विजयी भएको छ भने दशवटा वडामा एमाले विजयी बनेको छ । २९ वडा भएको भरतपुरमा प्रमुख उपप्रमुखसहित २९ जना वडाध्यक्ष चुनिनेछन् । यसैगरी भरतपुरमा २९ महिला सदस्य २९ दलित महिला सदस्य र ५८ खुल्ला सदस्य निर्वाचित हुनेछन् ।

महानगरमा माओवादी केन्द्र र कांग्रेसबीच चुनावी तालमेल भएपछि महानगर कसले हाँक्ला भन्ने विषयमा अझै कौतुहल नै छ । कांग्रेस र माओवादी केन्द्रबीच भरतपुर महानगरमा मेयर र उपमेयरकाबीच मात्रै तालमेल भएको हो । वडाहरुमा दुबै पार्टीका फरक फरक उम्मेदवार थिए । गठबन्धनकै हिसाब अनुसार अहिलेसम्म मेयरमा रेणु दाहालले पनि कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहकै हाराहारीमा मत पाउनुपर्ने अनुमान गरिएको थियो । तर दाहालले शाहले जसरी नै मत पाउनुभएको छैन ।

चितवनका सात स्थानीय तहमध्ये छवटाको नतिजा सार्वजनिक भएको छ । ईच्छाकामना गाउँपालिकासहित माडी, राप्ती, रत्ननगर, कालिका र खैरहनीको मतगणना सम्पन्न भई नतिजा आईसकेको छ । घोषित नतिजा अनुसार राप्ती, खैरहनी, रत्ननगर र कालिकाको मेयर उपमेयर पदमा एमाले निर्वाचित भएको छ । माडीको उपमेयरमा एमालेले विजय हासिल गरेको हो । 

ईच्छाकामना गाउँपालिकामा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्रमुख उपप्रमुख विजयी भएका हुन् । माओवादीले माडी नगरपालिकाको प्रमुखमा विजय हात पारेको छ । राप्रपाले भने हालसम्म एक खुल्ला सदस्यमा मात्रै विजय हासिल गरेको छ । माडी नगरपालिकाको वडा नं. १ बाट मात्रै राप्रपाका अमितकुमार लामा सदस्यमा निर्वाचित भएका हुन् । 

अहिले भरतपुर वडा नं. १४ को गणना भईरहेको छ । महानगरमा जम्मा १५०२७४ मतदाता छन् । यसमध्ये खसेको मत ११३०४१ रहेको छ । चितवनका गाउँपालिका, नगरपालिका र महानगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्यका विभिन्न ५०४ पदका लागि चितवनमा निर्वाचन भएको हो । 

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...