जनकपुर उपमहानगरपालिकाको उपमेयरमा महिला उम्मेदवारको चर्चा
सुजीतकुमार झा ,लहान खबैर/ जनकपुरधाम, जेठ ९ स्थानीय तहको निर्वाचनमा यसपाली महिला नेतृहरुको नाउँ पनि निकै चर्चाका साथ उठीरहेको छ । अधिकांश राजनीतिक दलले जनकपुरमा उपमेयर पदका लागि महिलालाई उम्मेदवार बनाउँने तयारी गरिरहेका छन ।
उपमेयरका लागि दर्जनौँ महिलाको नाउँ चर्चामा रहेको छ । मेयरको उम्मेदवार जस्तै उपमेयरमा पनि अहिले सम्म उम्मेदवारको नाउँमा अडकलहरु चलिरहेको छ ।
नेपाली कांग्रेसबाट सम्झना वर्मा र निलम कर्णको नाउँ अग्रस्थानमा रहेको छ । दूई नेतृ मध्ये नै कुनै एक जनालाई कांग्रेसले उठाउने चर्चा रहेको छ । हुनत नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले उपमेयरको सम्बन्धमा जनकपुरस्थित कोर कमिटीको बैठकमा छलफल पनि गर्नु भएको छ । छलफलको क्रममा निधि ब्राह्मण र भूमिहारबाट पनि उपमेयरका लागि नाउँ सुझाउन भनेको बैठकमा सहभागी एकजना नेताले बताए ।
ब्राह्मण र भूमिहारको जनकपुर उपमहानगरपालिकामा निकै मत रहेको छ । साह, यादव, मुस्लिम पछि सबैभन्दा बढी मत ब्राह्मण भूमिहारकै रहेको छ । स्रोतका अनुसार निजि विद्यालयमा पढाउने झा थरका एकजना शिक्षिकाको नाउँमा पनि सो पार्टीमा विचार भईरहेको छ ।
नेकपा एमालेबाट पनि एकजना शिक्षिकाकै नाउँ चर्चामा रहेको छ । मिथिलाञ्चलका प्रसिद्ध गायक नविन मिश्रकको श्रीमती रहेकी पुनम मिश्रलाई उम्मेदवार बनाउने एमालेका बरिष्ठ नेताहरुले सल्लाह गरिरहेका छन । पुनम सामाजिक क्षेत्रसंग पनि आवद्ध रहेकी छिन ।
संविधान संशोधन नभए निर्वाचनमा सहभागी नहुने भनिरहेको राष्ट्रिय जनता पार्टीमा पनि केही महिलाको नाउँ उपमेयरका लागि चर्चामा रहेको छ । राजपा बाट पुनम झा मैथिली, विभा ठाकुर, रिता झा, विन्दु ठाकुर, सरिता शर्माको नाउँ अगाडी आईरहेको छ ।
संघिय समाजवादी फोरमले पनि महिलालाई नै उम्मेदवार बनाउने चर्चा रहेको छ । सो पार्टीबाट विमला देवी यादव र ममता मण्डलको नाउँ चर्चामा रहेको छ ।
आधा दर्जनभन्दा बढी महिला स्वतन्त्रबाट पनि उठ्ने चर्चा रहेको छ ।

साभार - सुजीत कुमार झा जी