सीधे मुख्य सामग्री पर जाएं

प्रधानमन्त्रीको राजीनामा रोकियो, भोलि ११ बजेसम्म संसद बैठक स्थगित

प्रधानमन्त्रीको राजीनामा रोकियो, भोलि ११ बजेसम्म संसद बैठक स्थगित।

लहान खबैर/ जेठ ९–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिन लागेको राजिनामा रोकिएको छ । ब्यवस्थापिका संसदको बैठक चल्न नसकेपछि प्रधानमन्त्री प्रचण्डको राजिनामा रोकिएको हो ।

संसद बैठक मंगलबार तेस्रो पटक स्थगित भएपछि प्रधानमन्त्रीको राजिनामा नआउने भएको हो । पटक पटक स्थगित भएको बैठक मंगलबार बेलुका सूचना टाँस गरी बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

दिउँसो १ बजेका लागि तय भएको संसदको बैठक मन्त्रिपरिषद्को बैठकका कारण ३ बजेका लागि सारिएकको थियो । तर सो बैठकलाई एमालेले चल्न नदिने चेतावनी दिएपछि छलफल शुरु भएको थियो । र, ३ बजेको बैठकलाई ५ बजेदेखि ७ वजेसम्मका लागि सारिएको थियो ।

यद्यपी साँझ ७ वजेसम्म तीन दलको बीचमा कुरा नमिलेपछि बैठक भोलि बुधबार विहान ११ बजेसम्कामका लागि स्थगित गरिएको हो ।

मंगलबार प्रधानमन्त्री प्रचण्डको सम्बोधन थियो । र, सम्बोधनपछि राजिनामा दिने कुरा थियो तर एमालेको कारण प्रधानमन्त्री प्रचण्डले संसदलाई सम्बोधन गर्न पाएनन् ।

स्थानीय तहको सँख्या बढाउने निर्णय सरकारले गरेपछि नेकपा एमालेले त्यसको विरोध गरेको छ । त्यसैको विरोधमा संसद चल्न नदिने चेतावनी दिएको थियो ।

नेपाली काँग्रेसका नेता डा.प्रकाशशरण महतले स्थानीय तहको संख्या थप गरेको निहुँमा एमाले संसद अवरोध गर्नु खेदजनक रहेको प्रतिक्रिया दिए । प्रधानमन्त्री प्रचण्डले बुधबार ११ वजे संसदलाई सम्बोधन गरी आफ्नो पदबाट राजिनामा दिने पनि महतले जानकारी गराए ।
उनले तीन दलको बीचमा छलफल चलिरहेकै अवस्थामा एमालेले पत्रकार सम्मेलन गरी आफ्ना दलका सभापति शेरबहादुर देउवालाई गालीगलौज गरेकोप्रति पनि खेद प्रकट गरेका छन् ।

दलहरुको बीचमा सहमति बनाउनका लागि संसद बैठक बस्नुअघि विहान ९ बजे प्रधानमन्त्री प्रचण्डले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...