सिरहामा कानूनविपरितका निजी स्कूलमाथि कार्बाही शुरु
शम्भु यादव,लहान खबैर /लहान,जेष्ठ ९ गते । सिरहामा नियम विपरित अवैध रुपमा वर्षौदेखि सञ्चालनमा रहेका निजी विद्यालयमाथि जिल्ला शिक्षा कार्यालयले छानबिन गरी कार्बाही प्रक्रिया बढाएको छ । कतिपय नाम चलेका निजी विद्यालयहरुले तल्लो कक्षाको अनुमति लिएर माथिल्लो तहसम्म सञ्चालन गरिरहेको तथ्य पनि खुलेको छ ।
दर्ताविनै विद्यालय सञ्चालन गर्नेहरुले अर्को कुनै निजी वा सामुदायिक स्कूलबाट विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आएको भेटिएको छ । अनुमतिविना सञ्चालनमा रहेका कक्षामा पढ्ने विद्यार्थीलाई ‘कोचिङ्गमा पढाउँदै गरेको’ भनेर झुक्याउने प्रयास पनि निजी विद्यालयहरुले गर्दै आइरहेका छन् । उनीहरुका लागि विद्यालयहरुले छुट्टै रजिष्टर राखेको पनि भेटिएको छ ।
लहान रेन्बो इन्टरनेशनल बोर्डिङ्ग स्कूल कक्षा १० सम्म सञ्चालनमा रहेको छ । तर यो शिक्षा कार्यालयमा दर्ता छैन । यस्तै, सिरहा नगरपालिका भुलावहीका शुभकामना स्कूल कक्षा ५ सम्म, लक्ष्मीपुर प्र.म.का जीवन ज्योति, गोल्डेन फ्युचर कक्षा १० सम्म दर्ता विना नै सञ्चालनमा रहेको भेटिएका छन् । फ्रेन्ड्स एजुकेशनल सिरहा कक्षा ३, मेरी चिल्ड्रेन सुकचैना कक्षा ५, क्रिएटिभ स्कूल छपराडी कक्षा ८, न्यू सगरमाथा स्कूल मौवाही शिक्षा कार्यालयमा दर्ता रहेका छैनन् ।
अनुगमनका क्रममा दर्ताविना सञ्चालनमा भेटिएका विद्यालयहरुलाई विद्यार्थी हाजिरी रजिष्टर, खातापाता कब्जा लिइएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले बताउनुभयो । उहाँले अवैध भेटिएका विद्यालयहरुलाई तुरुन्त बन्द गर्ने निर्देशन दिएको जानकारी दिनुभयो । शिक्षा कार्यालयका तथ्यांक अनुसार सिरहामा २ सय ८३ विद्यालय दर्तामा रहेका छन् । दर्ताविना सयौं विद्यालय यहाँ सञ्चालनमा छन् ।
यस्ता विद्यालयहरुले पहिलो पटकको निर्देशन अटेर गरे स्थानीय प्रशासन ऐनअन्तर्गत २५ हजार जरिवाना हुनेछ । दोस्रो पटकमा १ लाख जरिवाना र ६ महिना कैद तथा तेस्रो पटकमा सम्पति जफतसम्म हुनसक्ने शिक्षा अधिकारी कर्णले स्पष्ट पार्नुभयो ।
अनुमतिविना थप कक्षामा विद्यार्थी
लहानका आस्था पाठशालाले कक्षा २ सम्मको अनुमति लिएर कक्षा ९ सम्म पढाउँदै आएको छ । यस्तै, सिरहा इन्टरनेशनल कक्षा २ का लागि अनुमति प्राप्त हो कक्षा ९ सम्म सञ्चालन भइरहेको छ ।
सुखीपुर नगरपालिकाका आदर्श पाठशालाले कक्षा ५ सम्म अनुमति पाएको हो तर सो विद्यालयमा कक्षा १० सम्मै शिक्षण गरिन्छ । ब्राइट फ्युचर सिक्रौनले कक्षा ३ सम्म अनुमति लिएर कक्षा ५ सम्म चलाउँदै आएको छ । यस्ता विद्यालय सिरहामा धेरै छन् ।
श्रीराम जानकी बोर्डिङ्ग स्कूल कक्षा २ सम्म अनुमति प्राप्त छ तर त्यहाँ कक्षा ६ सम्म पढाइ भइरहेको छ । कक्षा ३ का लागि शिक्षा कार्यालयमा अनुमति माग गरिएको अवस्था छ । शिक्षा कार्यालयले सबै निजी विद्यालयहरुको विवरण मागेका थियो । त्यसका लागि यो विद्यालयले कक्षा ४, ५ र ६ का विद्यार्थीलाई ब्राइट फ्युचर स्कूल लहानबाट विवरण भरेर पेश गरेको विद्यालयका एक शिक्षकले जानकारी दिएका छन् ।
आस्था पाठशालाले यस वर्ष कक्षा ८ को जिल्लास्तरीय परीक्षामा राम महन्थी यादव जनता माध्यमिक विद्यालय सीतापुर प्र।ध।बाट सहभागी गराएको छ । निजी स्कूलका प्रिन्सिपलहरुले सामुदायिक विद्यालयका प्रअलाई रकम दिएर आफ्ना विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै आइरहेका छन् ।
स्रोतका अनुसार यस वर्ष कक्षा ८ को परीक्षामा आस्था पाठशालाका शिवराम यादव, रुपेश यादव, मन्दिप यादव, रामपुकार दास, राजाराम यादव, संजय महरा, राखी दास, रेखा महरा, हरेकृष्ण यादव तथा शंकरलगायतका विद्यार्थीलाई सहभागी गराइएको छ ।
यता, राम महन्थी विद्यालयका प्रधानाध्यापक सन्नउल्ला खाँ आफ्नो विद्यालयमा कुनै निजी विद्यालयको विद्यार्थीलाई परीक्षामा सहभागी नगराएको दाबी गर्नुहुन्छ । यस वर्षको कक्षा ८ को परीक्षामा १ सय ३५ विद्यार्थी आफ्नो विद्यालयको रहेको उहाँको दाबी छ ।
यही ७ जेठका दिन शिक्षा अधिकारी कर्ण यो विद्यालय पुग्दा कक्षा ८ को रजिष्टरमा १ सय ३० विद्यार्थीको नामाङ्कन भएका देखिएको थियो भने ७३ जना विद्यार्थी पढ्न आएका थिए ।
दर्तावालालाई अफ्ठ्यारो
दर्ता भई नियम कानून अनुसार सञ्चालनमा रहेका निजी विद्यालयहरुलाई अवैध विद्यालयमा विद्यार्थीहरु पढ्न गइरहँदा अफ्ठ्यारो हुने गरेका छ । दर्तावाला विद्यालयले प्रत्येक तीन महिनामा आम्दानीको एक प्रतिशत कर तिर्नु पर्छ । साथै, सेवा शुल्क, पारिश्रमिक शुल्कलगायत तिर्नु परेको न्यू मनकामना बोर्डिङ्ग स्कूलका प्रिन्सिपल तथा प्याब्सन सिरहाका सचिव उमेश यादवले सुनाउनुभयो । दर्तामा नरहेका विद्यालयले यस्तो रकमहरु तिर्नु पर्दैन । त्यसैले, शिक्षा कार्यालयले थालेको कार्बाही प्रशंसनीय रहेको यादव बताउनुहुन्छ ।
दर्ताविनाका विद्यालयका प्रिन्सिपलहरुले एकात