प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन गर्ने आजै पदबाट राजीनामा दिने संभावना
लहान खबैर/ जेठ ९, । प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार व्यवस्थापिका संसदमा विशेष सम्बोधन गर्ने भएका छन् । अपराह्न ३ बजे संसद् बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताएका हुन् ।
संसद बैठकको विशेष सम्बोधनमा प्रधानमन्त्रीले पदबाट राजीनामा दिने संभावना देखिएको छ । काङ्ग्रेस र माओवादी केन्द्रको नयाँ गठबन्धन बनेसँगै प्रचण्ड प्रधानमन्त्री बनेका थिए । त्यतिबेला, काङ्ग्रेससँग भएको भद्र सहमति अनुसार उनले सत्ता हस्तान्तरण गर्न लागेका हुन् । उनले अब नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवालाई नयाँ प्रधानमन्त्रीको रुपमा समर्थन गर्नेछन् ।