सीधे मुख्य सामग्री पर जाएं

स्थानीय तहको संख्या थपियो, विराटनगर र वीरगन्ज महानगरपालिका, कहाँ कति थपियो

स्थानीय तहको संख्या थपियो, विराटनगर र वीरगन्ज महानगरपालिका, कहाँ कति थपियो

लहान खबैर/ २०७४ जेठ ९ -सरकारले स्थानीय तहको  संख्या बढाएको छ । दोस्रो निर्वाचनलाई ध्यानमा राख्दै सरकारले स्थानीय तहको संख्या बढाएको हो ।
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने निर्णय भएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
उनले केही गाउँपालिकालाई नगरपालिकामा बनाउने र केही गाउँपालिका थप गर्ने निर्णय भएको पनि बताए । तराईका सबैजसो जिल्लामा जनसंख्याका आधारमा संख्या बढाउने निर्णय सरकारले गरेको हो । त्यसैगरी सरकारले भलिबललाई राष्ट्रिय खेल बनाउने निर्णय गरेको छ ।
यो निर्णय सँगै महानगरपालिकाको सङ्ख्या ६ पुगेको छ । पहिला काठमाडौँ मात्र महानगरपालिका रहेकोमा स्थानीय तह पुर्नसंरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगरपालिका भएका थिए । 
बैठकले सुनसरीमा दुई, सप्तरीमा एक, धनुषामा एक, सर्लाहीमा तीन, रौतहटमा दुई, पर्सामा एक, बारामा एक, नवलपरासीमा तीन, रुपन्देहीमा तीन, कपिलवस्तुमा तीन, कैलालीमा एक र बाँकेमा एक स्थानीय तह थपिएको छ । 
यसैगरी झापामा दुई नगरपालिका थपिएको छ भने सिरहामा एक, रौतहटमा ११, धनुषामा एक, बारामा एक, रुपन्देहीमा दुई, बाँकेमा दुई, कैलालीमा एक र महोत्तरीमा तीन नगरपालिका थपिएका छन् ।  जनसङ्ख्याका आधारमा उक्त नगरपालिका थपिएको सरकारका प्रवक्तसमेत रहेका  सूचना तथा सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।

त्यसैगरी बैठकले पहिलो चरणको स्थानीय तहका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई दोस्रो चरणको निर्वाचनमा पनि खटाउने गरी म्याद थप गरेको छ । 
सरकारले संयुक्त राष्ट्रसङ्घ सुरक्षापरिषद् प्रस्ताव नम्बर २२५० अर्थात् युवा शान्ति र सुरक्षासम्बन्धी प्रस्तावको राष्ट्रिय कार्ययोजना तर्जुमाको अवधारणालाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । 
बैठकले पञ्चेश्वर विकास प्राधिकरणको कार्यकारी निर्देशकमा कानुन मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदीलाई नियुक्त गर्ने, नेपाल पशुचिकित्सा परिषद्का अध्यक्षमा डा सीताराम अर्याल, सदस्यमा डा स्वयम्प्रसाद श्रेष्ठ र रजिस्टारमा डा नारायणप्रसाद घिमिरेलाई नियुक्त गरिएको छ । 
दुग्ध विकास संस्थानको सञ्चालक समितिको अध्यक्षतामा रघुनाथ गौतमलाई नियुक्त गरिएको छ । सरकारले भलिबल खेललाई राष्ट्रिय खेलका रुपमा मान्यता प्रदान गर्ने निर्णय समेत गरिएको छ । 

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...