सीधे मुख्य सामग्री पर जाएं

हराई रहेको नेपालीलाई मिलेर खोजौं

हराई रहेको नेपालीलाई मिलेर खोजौं 




✍👤सरोज रॉय ,लहान खबैर/ कतारको Al Bandary Engineering, Trading and Contracting कम्पनीले निर्माण गर्दै गरेको भवनमा यही May १६ मा दुर्घटना भै ठूलो संख्यामा नेपाली कामदारहरु हताहत भएको भनी विभिन्न सामाजिक संजाल एवम् अनलाईन मिडिया संस्करणहरुमा प्रेषित समाचार प्रति हाम्रो ध्यान आकर्षण भएको छ। यहि बिच नेपाली राजदुतावास (दोहा कतार) द्वारा निकालियो विज्ञप्तिम अनुसार जम्मा ३ जना कामदारको मृत्यु भएको जसमा मृत्यु हुनेमा १ जना रुपन्देही जिल्ला निवासी चिनक मल्लाह रहेको जनाइएको छ।

तर, कतारमा बस्ने केहि नेपाली साथीहरुले घटना भएको दिन देखि धेरै जना साथी हराई रहेको हुनाले मृत्यु हुनेको संख्या बढी हुनसक्ने आशंका व्यक्त गरेका छन्। रौतहटको घमरिया गाउँको केहि कामदारहरु उक्त घटना पछि हराइरहेका छन् समेत जानकारी आएको छ।

यस्तोमा, सत्य-तथ्य पता लगाउन हामी नेपालबाट नै प्रयाश गर्न सक्छौ। यसको लागी तपाई सबैको साथ चाहिन्छ। कतारमा घटना भएको दिनदेखि यदि तपाइको आफन्त, साथी, गाउँले वा कोइ चिनेको हराई रहेको छ भने कृपया हामीलाई जानकारी गराउनुस। 

र यो खबर सबैलाई जानकारी गराउनुस। जानकारी फोन न. 9841202025 मा वा ईमेल pahalteam@gmail.com मा वा यहि फोन न. मा whatsaApp गर्न सक्नुहुन्छ।

PLEASE SHARE THIS POST AS MUCH AS POSSIBLE.

#SRSocialPost #QatarAccident2017

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...