नवलपरासीमा सपथ खाइसकेकी महिला सदस्य यसरी भइन् पराजित !
लहान खबैर/परासी, जेठ ७ –नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिकामा स्थानीय चुनावमा विजेता घोषित भई सपथ नै खाइसकेकी एक महिला सदस्यलाई फेरि पराजित बनाइएको छ ।
गाउँपालिकाको वडा नंं २ मा नेपाली कांग्रसका तर्फबाट महिला सदस्य पदमा निर्वाचित भएकी बिन्दा नेपाललाई निर्वाचन अधिकृत र नेकपा एमालेको मिलोमतोमा पराजित बनाइएको कांग्रेसको आरोप छ । मुख्य निर्वाचन अधिकृतले भने कप्युटर टाइपिङमा मिस्टेक हुँदा भुलबस यस्तो हुन पुगेको स्पष्टिकरण दिएका छन् ।
गत बैशाख ३१ गते मतदान सम्पन्न भएको सो वडाको मतगणनाको नतिजा जेठ २ गते नै सार्वजनिक भएको थियो ।
वडा नंं २ को नतिजा सार्वजनिक भएपछि निर्वाचन अधिकृतले बिन्दा नेपाललाई निर्वाचित घोषित गरेका थिए । बिन्दाले जेठ ४ गते सपथ ग्रहण गर्दै प्रमाणपत्र समेत बुझेकी थिईन् । प्रमाणपत्र लिइसकेकी नेपालले दुम्किीबासको एक फोटो स्टुडियोमा प्रमाण पत्र लेमिनेसन गर्न पठाइन् । तर, जेठ ५ गते बिन्दाको प्रमाणपत्रमा केहि त्रुटि भएको र सच्याउनुपर्ने भनेर उनको प्रमाणपत्र निर्वाचन अधिकृतको कार्यालय लगियो ।
तर, उनको प्रमाणपत्र सच्चाउनुको साटोे प्रमाणपत्र च्यातेर फालियो र एमाले पार्टीका महिला सदस्यकी उम्मेदवार पुष्पा आलेलाई बिजेता घोषणा गरिएको थियाे ।
घटनापछि कांग्रेसले निर्वाचन अधिकृत र नेकपा एमाललेलाई आरोप लगाउदै यो काम यी दुईटैको मिलोमतोमा भएको सञ्चार माध्यमलाई बताएकोे छ ।
त्यतिबेला सार्वजनिक नतिजाअनुसार बिन्दाले १ हजार ६५ मत प्राप्त गरेकी थिइन् भने उनको प्रतिस्पर्धी एमालेकी उम्मेदवार पुष्पा आलेले १ हजार ४५ मत प्राप्त गरेकी थिइन् ।
जसमा बिन्दा २० मतले बिजयी भएको देखिएको थियो । जेष्ठ ४ गते आफूले सपथ ग्रहण गर्दै प्रमाण पत्र बुझेको बताउँदै उनले भनिन्, ‘ प्रमाणपत्र लेमिनेश गर्न दुम्किीबास पठाएको थिएँ । घरमा गाउँपालिकाका कार्यालय सहयोगी सन्तु बहादुर गुरुङ्ग आएर प्रमाणपत्रमा निर्वाचन अधिकृतको सिगनेचर छुटेको छ भनि फिर्ता मागे । प्रमाण पत्र गुरुङ्ग माफर्त निर्वाचन अधिकृत कहाँ पठाएँ । भोली पल्ट त मलाई पराजित बनाई पुष्पा आलेलाई बिजेता बनाइएछ ।’
नेपालले अदालतमा मानहानीको मुद्दा हाल्ने तयारीमा पार्टी र अधिवक्ताहरु संग छलफल गरिरहेको बताइन् ।
निर्वाचन अधिकृतको प्रतिक्रिया
यसविषयमा बुझ्दा मुख्य निर्वाचन अधिकृत कैलाश केसीले भने, मेरो र बिनयी त्रिवेणी गाउँपालिकाको निर्वाचन अधिकृत हरिलाल पुरीसंग फोनमा कुरा हुँदा पुरीले कम्पुटर मिस्टेक भएर बिन्दाको भोट बढि भएको बताउनु भएको छ । कम्प्युटरमा १ सय १० टाईप हुनु पर्ने १० मात्र टाईप भएर पुष्पा आलेको मत घट्यो र बिन्दाको बढि देखिएर हामी झुक्किएका हाैं ।’
पछि रजिष्टरमा हेर्दा पुष्पा असली बिजेता रहेको पाइएपछि बिन्दालाई पराजित घोषित गर्दै पुष्पा आलेलाई निर्वाचित गराइएको उनले दाबी गरे ।
हरीलाल पुरी भने मिडियको सम्पर्कमा आउन चाहेनन् ।
साभार - रातोपाटी, हुसेन अन्सारी