सीधे मुख्य सामग्री पर जाएं

चुनावको अपडेट :- अब २६ स्थानको मात्रै परिणाम आउन बाँकी (सूचीसहित) २५५ स्थानको मतगणना सकियो, महानगरको गणना सुस्त

चुनावको अपडेट :-  अब २६ स्थानको मात्रै परिणाम आउन बाँकी (सूचीसहित) २५५ स्थानको मतगणना सकियो, महानगरको गणना सुस्त

लहान खबैर/६ जेठ  । पहिलो चरणको निर्वाचनको मतगणना मैझारो हुन लागेको छ । शनिबार बिहानसम्म २८४ मध्ये २५५ स्थानको नतिजा आइसकेको छ भने अब २८ स्थानमा मात्रै स्थानीय जनप्रतिनिधिहरु चुनिन बाँकी छ ।

देशका चारवटै महानगरपालिका काठमाडौं, ललितपुर, पोखरा र भरतपुरको नतिजा आउन बाँकी छ । एमालेले काठमाडौं, भरतपुर र पोखरामा अग्रता लिइरहेको छ । काठमाडौंमा ठूलो मतान्तरले एमाले अगाडि छ भने अन्य तीनवटामा तीव्र प्रतिस्पर्धा भइहरेको छ ।


ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसले एमालेलाई पछि पारिरहेको छ । पहिलो चरणमा परेको एकमात्र उपमहानगरपालिका हेटौडामा पनि मतगणना जारी छ । हेटौंडामा पनि एमालेले नै अग्रता लिइरहेको छ ।

नगरपालिकातर्फ नतिजा आउन बाँकी रहेका ठाउँहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, काभ्रेको नमोबुद्ध र धुलीखेल नगरपालिका छन् । वीरेन्द्रनगरमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने काभ्रेको बनेपामा एमालेले अग्रता लिइरहेको छ ।

काठमाडौं जिल्ला अन्तरगतका १० नगरपालिकामध्ये ६ वटाको नतिजा आइसकेको छ भने ४ वटाको मतगणना जारी छ । मतगणना जारी रहेका मध्ये कागेश्वरी र चन्द्रागिरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ भने बूढानीलकण्ठ र तार्केश्वरमा एमालेले अग्रता लिएको छ ।

परिणाम आइसकेका काठमाडौंका ६ वटा नगरपालिकामध्ये नागार्जुन, दक्षिणकाली र गोकर्णेश्वरमा कांग्रेसले जितेको छ भने टोखा, शंखरापुर र कीर्तिपुर एमालेले जितेको छ ।

भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका र चाँगुनारायण नगरपालिकाको परिणाम आएको छैन । यी तीनवटै नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । भक्तपुर नगरपालिकामा भने ५२ वटै सीटमा नेमकिपाका उम्मेदवार विजयी भएका छन् ।

ललितपुर जिल्लाको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाको परिणाम आउन बाँकी छ । महानगरमा कांग्रेसको अग्रता छ भने महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

चितवन जिल्लाबाट भरतपुर महानगरपालिका, रत्न नगर नगरपालिका र कालिका नगरपालिकाको पनि अहिलेसम्म परिणाम आएको छैन । भरतपुर र रत्ननगरमा एमालेले अग्रता लिइरहेको छ भने कालिकामा जेठ दुई गते मात्रै चुनाव भएकाले मतगणनामा ढिलाइ भएको छ ।

सिन्धुपाल्चोकको इन्द्रावतीमा पनि परिणाम आउन बाँकी छ ।  दोलखाको मेलुङ, कालीकोटका नरहरीनाथ र कालिका गाउँपालिकामा चुनाव स्थगित भएको छ ।

विभिन्न कारणले नतिजा आउन बाँकी रहेका स्थानीय तह (दलकाे नामः अग्रता)
१. काठमाडौं महानगरपालिका- एमाले
२. ललितपुर महानगरपालिका- कांग्रेस
३. भरतपुर महानगरपालिका, चितवन- एमाले
४. पोखरा महानगरपालिका,कास्की- एमाले
५. हेटौंडा उपमहानगरपालिका,मकवानपुर – एमाले
६. वीरेन्द्रनगर नगरपालिका, सुर्खेत – कांग्रेस
७. धुलिखेल नगरपालिका, काभ्रे- एमाले
८. नमोबुद्ध नगरपालिका, काभ्रे – एमाले
९. रत्ननगर नगरपालिका, चितवन  – एमाले
१० कालिका नगरपालिका, चितवन- एमाले
११ तार्केश्वर नगरपालिका, कठमाडौं- एमाले
१२. बूढानीलकण्ठ नगरपालिका, काठमाडौं- एमाले
१३. चन्द्रागिरी नगरपालिका, काठमाडौं- कांग्रेस
१४. कागेश्वरी-मनहरा नगरपालिका, काठमाडौं-कांग्रस
१५. शारदा नगरपालिका, सल्यान- कांग्रेस
१६.इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोक- कांग्रेस
१५. नरहरीनाथ गाउँपालिका, कालीकोट- स्थगित
१६. कालिका गाउँपाकिला कालीकोट- स्थगित
१७. मेलुङ गाउँपालिका, दोलखा- स्थगित
१८. खैरहनी नगरपालिका,चितवन-एमाले
१९. राप्ती नगरपालिका चितवन-एमाले
२०. महालक्ष्मी नगरपालिका, ललितपुर
२१ चाँगुनारायण नगरपालिका, भक्तपुर-एमाले
२२. मध्यपुर थिमी नगरपालिका, भक्तपुर-एमाले
२३. सूर्यविनायक नगरपालिका-एमाले
२४. बेलकोटगढी गाउँपालिका नुवाकोट-एमाले
२५. सोरा गाउँपालिका, मुगु
२६.खार्पुनाथ गाउँपालिका,हुम्ला

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...