सीधे मुख्य सामग्री पर जाएं

संघीय फोरमद्वारा उम्मेदवार छनोट गर्न पत्राचार , १४ गतेसम्म उम्मेदवार छनोट गरिसक्ने

संघीय फोरमद्वारा उम्मेदवार छनोट गर्न पत्राचार , १४ गतेसम्म उम्मेदवार छनोट गरिसक्ने




उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनको उम्मेदवार छनोट गर्न जिल्ला कमिटीलाई पत्राचार गरेको छ । प्रदेश–३, ४ र ६ मा भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सहभागी फोरम नेपालले दोस्रो चरणको निर्वाचनमा पनि सहभागी हुने निर्णयबमोजिम जिल्लाजिल्लामा पत्राचार गरेको हो ।

३१ जेठमा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि प्रदेश–१, २, ५ र ७ का जिल्लामा फोरम नेपालले उम्मेदवार छनोट गर्न पत्राचार गरेको हो । १४ जेठभित्र उम्मेदवार छनोट गरिसक्नुपर्ने पत्रमा उल्लेख छ ।

तराई मधेसका एक जिल्ला अध्यक्षले १४ जेठभित्रमा उम्मेदवार छनोट गरिसक्नुपर्ने फोरम नेपालको केन्द्रीय कमिटीको निर्देशनात्मक पत्र प्राप्त भएको बताए ।

संघीय फोरमले उम्मेदवार छनोटको मापदण्डसमेत तोकेर जिल्ला कमिटीलाई पत्राचार गरेको छ । फोरम नेपालले उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी सम्बन्धित नगर कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको छ । जसअनुसार वडा अध्यक्ष र सदस्यको उम्मेदवार छनोट गाउँपालिका र नगरपालिका कमिटीले गर्नेछ । त्यस्तै, गाउँपालिका, नगरपालिका प्रमुख र उपप्रमुख सम्बन्धित कमिटीको सिफारिसमा जिल्ला कमिटीले तय गर्नेछ । त्यसैगरी उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार सम्बन्धित कमिटीको सिफारिसमा प्रदेश कमिटीले अन्तिम टुंगो लगाउने फोरम नेपालका एक पदाधिकारीले लहान खबैर लाई बताए ।

१४ गतेसम्म उम्मेदवार छनोट गरिसक्ने

सम्बन्धित कमिटीले उम्मेदवारको सिफारिस गर्दा सर्वसम्मत नभएको अवस्थामा तीनजना आकांक्षीको नाम सिफारिस गर्नुपर्नेछ । गाउँपालिका र नगरपालिका कमिटीले कहिलेसम्ममा उम्मेदवार छनोट गर्ने भन्ने मापदण्ड बनाउने अधिकार जिल्ला कमिटीले पाएको छ । जिल्ला कमिटीको तोकेको समयसीमाभित्र सम्बन्धित कमिटीले उम्मेदवार छनोट गरिसक्नुपर्ने हुन्छ । फोरम नेपालको पदाधिकारी मात्रै रहने कार्यसम्पदान समितिको बसेको बैठकको निर्णयअनुसार उम्मेदवार छनोट गर्न जिल्ला जिल्लामा पत्राचार गरिएको हो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनमा आबद्ध दलहरूले संविधान संशोधन नभई मधेसमा कुनै पनि निर्वाचन हुन नदिने, निर्वाचनमा सहभागी नहुने र जबर्जस्ती गर्न खोजिने निर्वाचन बिथोल्ने चेतावनी दिँदै आएको छ  ।

तर केही दिनअघि मात्र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले ‘बुलेटको जवाफ ब्यालेट’बाट दिने भन्दै निर्वाचनमा जाने संकेत गरेका थिए ।

यता फोरम नेपालले संविधान संशोधन, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निधारण गर्नुपर्ने विषयमा प्रमुख राजनीतिक दलसँग छलफलसमेत गरिरहेको छ ।

उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार नेतृत्वको स्थानीय तहको संख्या बढाउन गठन गरिएको अध्ययन समितिसँग शुक्रबार सिंहदरबारमा छलफल भएको छ । छलफलमा सहभागी फोरम नेपालका अध्यक्ष यादव, राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरलगायत नेताले जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या निर्धारण गर्नुपर्ने सुझाव दिएका छन् ।

छलफलमा समितिका सदस्य समेत रहेका कानुनमन्त्री अजयशंकर नायक, रक्षामन्त्री बालकृष्ण खाँ, फोरम नेपालका वरिष्ठ नेता अशोक राई, उपाध्यक्ष लालबाबु राउत, राजपा नेपालका नेता सर्वेन्द्रनाथ शुक्लालगायत नेताहरू सहभागी रहेका थिए ।

साभार - सुभाष साह 


इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...