सीधे मुख्य सामग्री पर जाएं

भरतपुरमा मतगणना अनिश्चित : पञ्चायतकालको निर्वाचन पनि यस्तो थिएन- कांग्रेस, राप्रपाले पनि उठायो पारदर्शिताको प्रश्न

भरतपुरमा मतगणना अनिश्चित : पञ्चायतकालको निर्वाचन पनि यस्तो थिएन- कांग्रेस, राप्रपाले पनि उठायो पारदर्शिताको प्रश्न


लहान खबैर /चितवन : मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेले अपारदर्शी रवैया अपनाएको, सदर मत र बदर मत बारे जानकारी नदिएको जस्ता आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र, राप्रपा मतगणना प्रक्रियाबाट बाहिरिएपछि शुक्रबार साँझबाट भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ। 

मतगणना रोकिएपछि एमालेले पत्रकार सम्मेलन गर्‍यो जसमा सांसद कृष्णभक्त पोखरेलले कुनै दल मतगणनामा नबस्दैमा कानुनमा गणना रोक्नु पर्ने प्रावधान नरहेको बताए। 'तर उहाँहरुलाई पनि सहमतिमा ल्याउनु पर्छ', उनले भने।

किन विवाद?
मतगणनामा किन विवाद भयो भन्ने बारे नेपाली कांग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ र राप्रपाका मेयर उम्मेदवार बद्री तिमल्सिनाले पत्रकारहरुलाई मुख्य निर्वाचन अधिकृतको अपारदर्शी रवैया नै मुख्य कारण रहेको बताए। 
पञ्चायत कालको निर्वाचन पनि यो ढंगको थिएन 
जितनारायण श्रेष्ठ, जिल्ला सभापति, नेपाली कांग्रेस

जसले मतदान गरेको छ, हरेक मतदाताले थाहा पाउनु पर्छ कि कति मत बदर भएको छ, कति मत सदर भए? सबै सञ्चारकर्मी मित्रहरुलाई थाहा छ, तपाईँहरुले समेत जानकारी पाउनु भएको छैन कि भरतपुर महानगरपालिकाको अहिलेसम्म गनेको मतमध्ये कति मत बदर भयो?  कति मत सदर भयो? 

भरतपुर महानगरपालिकाको हरेक मतदाताले थाहा पाउनु पर्‍यो कि कति मत बदर भएको छ कुन वडामा। बदर मतबारे यहाँको पत्रकारहरुले जानकारी पाउनु पर्ने कि नपर्ने? महानगरपालिका जस्तो ठाउँमा थाहा पाउनु पर्दैन? हामीले पञ्चायतकालको निर्वाचन पनि हेर्‍यौँ। राजा ज्ञानेन्द्रले गराएको निर्वाचन पनि हेर्‍यौँ। यो ढंगको थिएन। यो ढंगले गरिएको मतगणनाप्रति हामीलाई विश्वास छैन।' 

म कालिका नगरपालिका, रत्ननगर नगरपालिका सबैतिर पुगेको छु। सबै ठाउँमा सदर मत यति भयो बदर मत यति भयो भनेर जानकारी गराएको छ भने जुन ढंगले यहाँ मतगणना गरिएको छ, यो अपारदर्शी छ। हामीले निर्वाचन अधिकृतलाई भन्यौँ कि यसलाई पारदर्शी बनाउनुस्। यसका लागि सबै दलले के सहयोग गर्नुपर्‍यो, हामी तयार छौँ भनेर आग्रह गर्दागर्दै पनि जुन ढंगले यहाँ जबर्जस्त मत मात्रै गन्ने र मत गनिसकेपछि एजेन्टले पनि कति मत भयो भनेर थाहा नपाउने,  एकैचोटी कम्प्युटरबाट यति मत आयो भनेर भन्ने जुन ढंगको एउटा प्रवृत्ति देखियो, त्यो कारणले अहिले नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपा तथा अन्य दलका साथीहरु पनि पारदर्शी ढंगबाट मतगणना हुनुपर्छ भन्नेमा सहमत भई मतगणना कार्यलाई रोकेका छौँ। यो प्रक्रिया नसुध्रिएसम्म भरतपुर महानगरपालिकाको मतगणना कार्यलाई हामी अगाडि बढ्न दिँदैनौँ। 

अपारदर्शी ढंगले सूचनाको हकलाई लुकाइएको छ। एकैचोटी भित्रबाट दुई वटा पत्र आउँछ। एउटामा एक किसिमको अर्कोमा अर्कै किसिमको मत आउँछ। योभन्दा अराजक के हुनसक्छ? निर्वाचन अधिकृतकै क्षमतामाथि प्रश्न चिह्न खडा भएको छ। यसलाई सुधार गर्नुस् भनेर हामी सबै दलहरुले पटक पटक सुझाव दियौँ तर जुन ढंगले उहाँ चलिरहनुभएको छ, लाद्न खोजिरहनुभएको छ….

(वडामा) एक पटक एक जनालाई विजयी भयो भन्ने, अर्को पटक अर्कैलाई भन्नेसमेत भए। यी कुराहरुमा उहाँहरुबाट पारदर्शी जवाफ नआएसम्म मतगणना प्रक्रिया अघि बढ्दैन, हामी सहभागी हुँदैनौँ।  

सदर मत र बदर मतको हिसाब अरु ठाउँमा हुने यहाँ किन नहुने?
बद्री तिमल्सिना, राप्रपाका मेयर उम्मेदवार

मेघौलीबाट साथीहरु आएर होटलमा बसेका छन् आज पाँच दिन भइसक्यो। मैले १० चोटी भनेँ न्यायाधीश (निर्वाचन अधिकृत) लाई – एक नम्बर वडा यहाँ गन्नुस्, २९ गन्नुस्। २ गन्नुस्, २८ गन्नुस्। हामी यहाँ होटलमा सुतौँला। उहाँहरु पनि विजय जुलुस मनाउनु पर्‍यो। हामी पनि हिँड्नु पर्‍यो। एक बजेसम्म कोही लाश कुर्‍या जस्तो कुरेर बस्छ भनेर भन्दा यो बाकस कहाँ कहाँ छ भनेर हेलचक्र्याइँको कुरा गर्नुभयो।

कति मत बदर भयो भनेर हामीलाई भन्नुभा छ? मलाई भन्न सक्नुहुन्छ? मैले सोधेको छु, श्रीमान् कति बदर भयो? थाहा छैन। सदर कति? त्यो थाहा छैन। बाकसमा मुचुल्कामा कति मत थियो? त्यो पनि थाहा छैन। बढी भयो कि घटी भयो? त्यो पनि थाहा छैन। यो कहाँको चुनाव हो यो? राजा महाराजाले गराएको चुनाव भएन भनेर विरोध गर्ने उहाँहरु नै हुनुहुन्छ। आज त्योभन्दा चौपट भयो। म अझ पनि भन्छु सहमति र सहकार्यमा बस्नुपर्छ हामी। हामी मिटिङ बस्नैपर्छ। यसलाई छोड्नु हुन्न तर सुध्रिनु पर्छ। 

हामी प्रजातन्त्रवादी मान्छे। मैले यसले जित्छ उसले जित्छ ठोकुवा गर्न सक्दिनँ। म पनि जित्न सक्छु। रेणुले पनि जित्न सक्छ। एमालेले पनि जित्न सक्छ। तर जनताले २० वर्षपछि हालेको मत, मेरो मत यति बदर भएछ, मेरो पार्टीले यति मत पायो, मेरो वडाले यति मत पायो भन्ने अधिकारबाट म वञ्चित भएँ। 

सदर मत यति, बदर मत यति भन्ने अहिलेसम्म दिइएन। अरु ठाउँमा छ यहाँ किन भएन?  

न्यूज साभार - पहिलो पोस्ट ,राजेन्द्र आचार्य

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...