सीधे मुख्य सामग्री पर जाएं

सिटी एक्सप्रेसले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २९ लाख रुपैयाँ जापानबाट १४ लाख संकलित, सिटी एक्सप्रेसले थपिदियो १५ लाख

सिटी एक्सप्रेसले धुर्मुस सुन्तली फाउन्डेसनलाई दियो २९ लाख रुपैयाँ जापानबाट १४ लाख संकलित, सिटी एक्सप्रेसले थपिदियो १५ लाख
फाइल फोटो

लहान खबैर । रेमिट्यान्स सेवा प्रदायक कम्पनी सिटी एक्स्प्रेस मनी ट्रान्सफरले धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग राशी स्वरुप रु २९ लाख हस्तान्तरण गरेको छ ।

सिटी एक्सप्रेसद्वारा जापानको नाकानो जिरो हलमा आयोजित ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमका दौरान धुर्मुस सुन्तली अर्थात् लोकपि्रय हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल र कुञ्जना घिमिरेलाई सो रकम हस्तान्तरण गरिएको हो । कम्पनीका तर्फबाट सिटी एक्स्प्रेसका अध्यक्ष महेशकुुुमार श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

च्यारिटी कार्यक्रमका रुपमा आयोजित धुर्मुस-सुन्तली साँझमा उपस्थित दर्शकहरुबाट रु. १४ लाख संकलन भएको जानकारी दिइएको छ । यसरी संकलित रु. १४ लाखमा सिटी एक्स्पे्रसले थप रु १५ लाख थपेर धुर्मुस सुन्तली फाउन्डेशनलाई एक मुस्ट नगद रु २९ लाख प्रदान गरेको हो ।

धुर्मुस सन्तली फाउन्डेशन भुकम्प पिडितहरुको राहतका लागि बासस्थान निर्माण लगायत कार्यमा सक्रिय भएर लागि परेको संस्था हो । संस्था मार्फत थप पिडितलाई राहत प्रदान गर्न सघाउने सोंचका साथ उक्त रकम हस्तान्तरण गरिएको सिटी एक्सप्रेसले जनाएको छ ।


कार्यक्रम स्थलमा सिटी एक्सपे्रसद्वारा लक्की ड्र कार्यक्रमको आयोजनापनि गरिएको थियो । लक्की ड्र मार्फत छनोटमा परेका ३० जना भाग्यशाली विजेताहरुलाई कम्पनीका तर्फबाट १२ पटक सम्म नेपालमा पैसा पठाउन निःशुल्क सेवा उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।

गोलाप्रथा मार्फत सिटी ट्राभल एण्ड सिटी एक्सप्रेसको तर्फबाट एक जना भाग्यशाली विजेतालाई नेपाल जाने र आउने दूईतर्फी टिकट प्रदान गरिएको छ । विजेता छनोट भएका रमेश केसीले सो टिकट हात पारेका छन् । उनले नेपाल जाने आउने दुइतर्फी हवाई टिकट जितेका छन् । विजेता केसीलाई सिताराम कट्टेल -धुर्मुस) , सिटी एक्सपे्रस जापानका अध्यक्ष महेशकुुुमार श्रेष्ठ तथा सिटी ट्राभलका म्यानेजर दिनेश केसीले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका हुन् ।

सिटी एक्सप्रेस -जापान)ले विशेषगरी भारत, पाकिस्तान, फिलिपिन्स, बङ्गलादेश, कतार, साउदी अरब, दुबई, मलेशिया, अमेरिका, जोर्डन, बेलायत लगायत रेमिटान्स पठाउने कार्य गर्दै आएको छ । साथै, सो कार्यक्रममा सहभागी सबैलाई टिकट लिएर आएमा १ पटक जापान बाट नेपाल पैसा पठाउन निःशुल्क सेवा प्रदान गर्ने जानकारी प्राप्त भएको छ ।।

इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...