सीधे मुख्य सामग्री पर जाएं

मधेश–थरुहट आन्दोलनको सबै मुद्दा फिर्ता नहुने

मधेश–थरुहट आन्दोलनको सबै मुद्दा फिर्ता नहुने


लहान खबैर /  । विहीबार बसेको मन्त्रिपरिषद् बैठकबाट मधेश–थरुहट आन्दोलनका सम्पूर्ण मुद्दा फिर्ता लिने भनिए पनि सबै मुद्दा फिर्ता हुने छैन ।

मन्त्रिपरिषद् बैठकले मुद्दा फिर्ताको प्रक्रिया अगाडि बढाउन प्रस्ताव तयारीको जिम्मेबारी कानुन मन्त्रालयलाई दिएको छ । तर सरकारले मुद्दा नै फिर्ता लिएको छैन । अदालतमा अगाडि बढी सकेको मुद्दा फिर्ताका लागि कार्यविधिहरु संशोधन गर्न आवश्यक छ ।

अर्कोतर्फ टिकापुर विद्रोहको मुद्दा फिर्ता गर्न नमिल्ने भन्दै सुरक्षा संयन्त्रले दबाब दिदै आएको छ । जसकारण गृहमन्त्रालयमा मुद्दा फिर्ता सम्बन्धी सम्पूर्ण फाईलहरु अड्किएको छ ।

हुलाकी न्यूजसँग कानुन मन्त्री अजय शंकर नायकले भने,‘मन्त्रिपरिषद्बाट मुद्दा फिर्ता लिने निर्णय भएको हो तर अहिले नै मुद्दा फिर्ता हुने सम्भावना छैन । केही कार्यविधि संशोधन गर्नु पर्ने हुन्छ । आन्तरिक जटिलता पनि छ । अहिले नै सबै मुद्दा फिर्ता हुने सम्भावना छैन ।’

नायकका अनुसार मुद्दाको प्रकृतिको आधारमा फिर्ताको प्रक्रिया अगाडि बढ्नेछ ।

रोचक कुरा के हो भने मन्त्रिपरिषद्ले मधेश आन्दोलनको सबै मुद्दा फिर्ता लिएको भन्दै सरकारको विरोध पनि सुरु भएको छ ।

यसअघि पनि गृहमन्त्री विमलेन्द्र निधिले मधेश–थरुहट आन्दोलनको मुद्दा फिर्ता लिएको मधेशी मोर्चालाई जानकारी गराएको थियो । तर त्यसबारे विस्तृत जानकारी दिइएको थिइएन । जरिवाना पाइसकेका र अदालतले तोकेको सजाय भोगी सकेका व्यक्तिहरुको मुद्दा फिर्ता लिइएको थियो ।

यता मधेश–थरुहट आन्दोलनको छानविनका लागि पूर्वन्यायाधीश गिरीस चन्द्र लालको संयोजकत्वमा छानविन समिति बनाइए पनि त्यसलाई खासै अधिकार दिइएको छैन ।

मुद्दा फिर्ताका सवालमा हुलाकी न्यूजसँग कुराकानी गर्दै संयोजक लालले भने,‘मुद्दा फिर्ताको सवाल हाम्रो आयोगको अधिकार बाहिरको विषय हो । यसमा सुझाव मात्र दिन सक्छौं ।’

साभार - हुलाकी न्यूज



इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...