संसद अधिवेशन अन्त्य, जेठ ८ देखि बजेट अधिवेशन
लहान खबैर / ४ जेठ,-- सरकारले चालु संसद अधिवशेन अन्त्य गर्ने निर्णय गरेको छ ।
साथै संसदको बजेट अधिवेशन जेठ ८ गतेदेखि सुरु हुने भएको छ ।
विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।
संसद अधिवेशन स्थगनसँगै प्रधानन्ययाधीश सुशीला कार्कीमाथि लागेको महाअभियोग अन्यौलमा परेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले जारी हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । साथै बैठकले थरुहट आन्दोलनमा संलग्न विभिन्न व्यक्तिहरुविरुद्ध लगाइएको मुद्दा पनि फिर्ता लिने निर्णय गरेको छ ।
बैठकले प्रेस काउन्सिलको अध्यक्षमा भवानी बराललाई नियुक्त गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
।
