काठमाडौँले पायो दोस्रो मेयर, दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत विजयी
लहान खबैर/ ३ जेठ २०७४
काठमाडौँले पायो दोस्रो मेयर, दक्षिणकाली नगरपालिकाको मेयरमा कांग्रेसका मोहन बस्नेत विजयी
काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका मोहन बस्नेत मेयरमा निर्वाचित भएका छन्। नेकपा एमालेका लोकप्रिय नेता शशी शर्मा अर्याललाई हराउँदै पार्दै टल्कु डुडेचौर गाउँ विकास समितिका पूर्व अध्यक्षसमेत रहेका बस्नेतले नगरपालिकाको मेयरमा जित हासिल गरेका हुन्।
बस्नेत ४ हजार ६ सय ९८ मत प्राप्त भई विजयी भएका हुन्। अर्यालले भने ४ हजार २ सय ६८ मत पाएका थिए।
काठमाडौं जिल्लाभित्र रहेका १० नगरपालिकामा भएको निर्वाचनमध्ये यो कांग्रेसले जित हासिल गरेको पहिलो नगरपालिका हो भने मेयर चयन भइसकेको दोस्रो नगरपालिका। यसअघि शंखरापुर नगरपालिकामा नेकपा एमालेले विजयी झन्डा फहराइसकेको छ।
मोहन बस्नेत २०३२ सालबाट कांग्रेस राजनीतिमा सक्रिय छन्। २०४९ र २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन टल्कु डुडेचौर गाविसका अध्यक्ष निर्वाचित उनी हाल कांग्रेस नगर सभापति हुन्।।
