पहिलो महिला मेयर जुम्लाबाट निर्वाचित, को हुन् कान्तिका ?
लहान खबैर /३ जेठ, जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको मेयरमा कांग्रेसकी कान्तिका सेजुवाल निर्वाचित भएकी छन् । उनी २० वर्षपछि भएको स्थानीय तह चुनावमा निर्वाचित पहिलो महिला मेयर बन्न सफल भएकी छन् ।
उनी २ हजार ७७७ मतसहित विजयी भइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार शान्तिलाल महतको पक्षमा २ हजार ६६ मत परेको छ ।
को हुन् कान्तिका ?
कान्तिका सेजुवाल जुम्लाको सामुदायिक स्कुलकी शिक्षिका पनि हुन् । ४५ बसन्त पार गरेकी उनले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छन् । उनी समाजसेवामा समेत सक्रिय छिन् ।
नेपाली कांग्रेस जुम्ला जिल्ला कार्यसमितिले नगर प्रमुखमा राजुसिंह कठायतलाई सिफारिस गरेपनि कांग्रेस केन्द्रीय कार्यालयले कान्तिका सेजुवाललाई टिकट दिएको थियो । त्यसविरुद्ध जुम्लामा विरोध प्रदर्शन भएको थियो ।
कान्तिका सेजुवाल जुम्लाका पूर्वसभापति मानव सेजुवालकी श्रीमती हुन् । मानव सेजुवालको २०७१ सालमा विमान दुर्घटनामा निधन भएको थियो ।