सीधे मुख्य सामग्री पर जाएं

संविधान संशोधन नभएपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने घोषणा

संविधान संशोधन नभएपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुने घोषणा 


अशोक कुमार सहनी ,लहान खबैर / मंगलवार, जेठ २, २०७४ / नेपालगन्ज आयोजित सभामा फोरमका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु
चुनावको उपयोग गर्दै सडक र सदनबाट संघर्ष गर्छौ : फोरम अध्यक्ष यादव
 
नेपालगन्ज :संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय निर्वाचन सहभागी भएर संविधान संशोधनको पक्षमा सघर्ष गर्ने बताउनु भएको छ । 
नेपालगन्जमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष यादवले भन्नुभयो,‘चुनावमा पनि लडछौ,सडक र संसदबाट संघर्ष पनि गर्छौ, यही हो अहिलेको हाम्रो लाइन ।’ पहिलो चरण निर्वाचनपछि सरकारले संविधान संशोधन गर्ने अग्रसरता देखाएका आधारमा निर्वाचनमा सहभागी भएको बताउदै नेता यादवले भन्नुभयो,‘पहिलो चरणको निर्वाचनपछि संशोधन गर्ने सर्तमा हामी चुनावमा भाग लिएकाछौ तर सरकारसँग दुई तिहाइ संख्या नै छैन, कसरी गर्ला संशोधन?’ उहाँले संविधान संशोधन नभएपनि दोस्रो चरणको निर्वाचनमा समेत आफनो पार्टी भाग लिने बताउनुभयो । उहाँले भन्नुभयो,‘संविधान संशोधनको सर्तमा हामी निर्वाचन भाग लिएका हौ तर सरकारले त्यो इमान्दारिता देखाउँछ भन्ने सम्भावना एकदमै न्युन छ, दुई तिहाई छैन भन्ने वाहना बनाउँछ,यसअघि पनि त्यस्तै बहाना बनायो, जनताले उनीहरुलाई चुनावबाट नै झापड दिने छन् ।’ उहाँले सरकारद्धारा पटक पटक मधेश लगायतका उत्पीडित जनता विरुद्ध बन्दुक चलाएको स्मरण गराउदै भन्नुभयो, ‘हामी विरुद्ध सरकारले पटक पटक बुलेट चलाएको छ,अब त्यसको उत्तर व्यालेटबाट दिने बेला आएको छ ।’ 
उहाँले संविधान संशोधनले मधेशी, मुस्लिम, आदिवासी जनजातिहरुको माग सम्बोधन गर्न नसक्ने दोहोरयाउदै भन्नुभयो,‘संशोधन प्रस्ताव पास भएपनि हामीलाई केही मिल्ने छैन, तर पनि बाटो खोलिदिन मात्रै हामीले संशोधनलाई स्वीकार गरेका हौ,हाम्रो माग त संविधान पुर्नलेखन नै हो ।’
उहाँले मधेशी, मुस्लिमलाई भोट दिएर जिताउन समेत आह्वान गर्नुभयो । उहाँले स्थानीय तहमा आफु मात्रै चुनाव लडेर कब्जा गर्न खोज्ने काँग्रेस,एमाले र माओवादीको केन्द्रको सपना पुरा हुन नदिन समेत फोरम निर्वाचनमा गएको बताउनुभयो । 
उहाँले रामजान महिनामा चुनाव गरेर सरकारले गलत गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘तिहोर अर्थात चाडपर्वमा चुनाव नै गरिदैन,तर यो सरकारले जानी जानी रामजानमा चुनाव राखेको छ ।’ 
उहाँले नारायणी पश्चिमको तराई भुभागको मात्रै स्वायत्त प्रदेश हुनु पर्ने बताउनुभयो । फोरमका बरिष्ठ नेता अशोक राई ठुलो दलले मधेशी, मुस्लिम लगायतका उत्पीडित जातिको उत्थान गर्न नसक्ने बताउनुभयो । सो प्रवेश सभामा पुर्व सासद एव नेपाली काँग्रेसका नेता मेराज अहमद साह र महासमिति सदस्य रिजवान अहमद साह,सत्यनारायण वर्मा,दिपक लखेर लगायत ठुलो सख्यामा काँग्रेस छोडेर फोरम प्रवेश गरेका छन ।
सोही प्रवेश कार्यक्रममा एमाले,माओवादी र राप्रपाका स्थानिय नेताहरु पार्टी परित्याग गरि फोरममा प्रवेश गरेको फोरमका केन्द्रीय सदस्य एव पुर्वमन्त्री मो.इस्तियाक राइले बताउनुभयो । 


इस ब्लॉग से लोकप्रिय पोस्ट

बोलेरोको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु

बोलेरोको ठक्करबाट  एकजना पैदलयात्रीको मृत्यु लहान खबैर/ ११ गते ,राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–५ स्थित खर्चुइयामा बोलेरो गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री सोही ठाउँका अन्दाजी ५० वर्षीय मनिलाल चौधरी रहेको प्रहरीले जनाएको छ । शनिबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को १ च ९८५४ नंको बोलेरोले बाटो काट्नेक्रममा चौधरीलाई ठक्कर दिएको थियो । सो ठक्करबाट चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।  यता ठक्कर दिने बोलेरो र चालकलाई इलाका प्रहरी कार्यालय कडोरवनाले नियन्त्रणमा लिएको छ ।

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)

प्रेस विज्ञप्ति तराई मधेश राष्ट्रिय परिषद (Tarai Madhesh National Council)  लहान खबैर/ हिजो नेपाल सरकारले मधेशमा केहि स्थानीय निकाय थप्ने गरेको निर्णय माथी सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रोक लगाएका छ्न । यो आदेश आफैमा दुर्भाग्यपूर्ण र बदनियतपुर्ण भए पनि अनपेक्षित भने थिएन । इतिहास साक्षी छ जब जब नेपालका उत्पीडित समुदायको न्याय र समानताको हकमा कुनै निर्णय लिइन्छ तब तब सर्बोच्च अदालतले बडो निर्लज्जपूर्ण  तवर बाट न्याय संपादन र संविधानको संरक्षण गर्ने नाममा आफ्नो आदेश द्वारा निस्तेज पार्ने षड्यन्त्र गरेका छ्न । हिजो को निर्णय त्यही षड्यन्त्र को निरन्तरता हो ।  नेपाल राज्यका प्रमुख तिन अंग: सरकारले मधेसी जनताको मांगलाई बन्दुक को बलमा कुल्चिने, संसदले मधेशको पक्षमा संबिधान संसोधन हुन नदिने र अदालतले मधेशी जनता को आन्दोलन र बलिदानी को बलमा प्राप्त हुन लागेको केहि सामान्य उपलब्धिलाई समेत पचाउन नसकि कानूनी दाउपेचमा अल्झाएर समाप्त गर्ने प्रयासको रुपमा अदालतले मधेशमा थपिएका स्थानीय तहलाई कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई लिन सकिन्छ । मनन योग्य कुरा के छ भन...

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा

चुनावी सरगर्मी वढयो, उम्मेदवार टुङगो नलाग्दै दलहरु प्रचार प्रसारमा जिबछ उदाशी लहान खबैर /लहान, बैशाख १२ गते । वढदो गर्मीसंगै सिरहा जिल्लामा चुनावी सरगर्मी वढन थालेको छ । नेपाली काँग्रेस , नेकपा एमाले , माओवादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल आफनो पक्षमा चुनावी परिणाम पार्न उम्मेदवारको टुङगो नलागे पनि प्रचार प्रसारलाई निकै तिव्रता दिएको छ । चिया पसल , चौतारा , पान पसल लगायत सार्वजानकि ठाँउहरुमा जहाँ मानिसहरु भेला हुन्छ , त्यहाँ यतिवेला चुनावी चर्चा मात्रै सुनिन्छ । स्मग्रमा सिरहा जिल्लाको आठ नगरपालिका र नौ गाँउपालिका रहेको सिरहाको लहान नगरपालिकामा नेकपा एमाले , नेपाली काँग्रेस र संघिय समाजवादी फोरमविच त्रिकोणात्मक प्रतिस्पर्धा हुने अवाज सर्वत्र उठन थालेको छ ।  आफनो पक्षमा परिणाम ल्याउन नेपाली काँग्रेस र नेकपा एमाले लहान नगरपालिकाको २४ वटै वाडाहरुमा घरदैलो कार्यक्रमलाई तिव्रता दिदै मतदातालाई आकर्षित वनाउन लागि परेको छ । दुवै दलले मोटरसायकल रयाली गरि आफनो शक्ति प्रदर्शनमा लागेको छ  । नेकपा एमालेवाट प्रस्तावित मेयरका उम्मेदवार मुनि साह , विनोद साह र रामरति राम संगै...